धरान । झापाको दमक नगरपालिका १० स्थित भित्रि सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा दमक नगरपालिका ८ घर भएका २३ बर्षीय विकास ताजपुरिया रहेका छन् ।
बुधबार बेलुकी साँढे ५ बजे सिमेन्ट बोकेको मे १ त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रीत भई पल्टदा ईन्जिनको भागले किची घाईते भएका सोहि ट्याक्टरमा सहयोगीको रुपमा काम गर्ने ताजपुरियाको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।