धरान/ लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ अमरलाल श्रेष्ठ र लेडिज सिंगलतर्फ दीक्षा दाहाल प्रथम भएका छन् ।धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद समितिको संयोजनमा धरान १३ अमरहाटस्थित कभर्ड हलमा आयोजित प्रतियोगितामा मेन्स सिंगलतर्फ बोद्धित डिसी दोस्रो भए भने राजेश भट्टराई र महाविर चौधरी तेस्रो भए । यस्तै, लेडिज सिंगलतर्फ गीता भुजेल दोस्रो भइन् भने मारिया थापामगर र प्रकृति राना तेस्रो भइन् । मेन्स र लेडिज सिंगलतर्फ प्रथम हुनेलाई ट्रफी र मेडलसहित नगद २०÷२० हजार रुपैयाँ पुरस्कार प्रदान ग रिएको छ । यस्तै दोस्रो हुनेले नगद १०÷१० हजार, तेस्रो
इलाम / चियाको राजधानी भनेर चिनिने इलाममा अर्गानिक चिया कृषकलाई मल र मूल्यमै समस्या भएको कारण कृषक मार्कामा परेको कृषकको गुनासो छ । हरियो चिया पत्ती बेच्ने किसानलाई कारखानाले आफू खुसी मूल्य तोकिदिने गरेको कारण समस्या भएको हो । चियालाई आवश्यक पर्ने अर्गानिक मलको अभाव र हरियो चियापतिको मूल्यमा अन्तर भएको हो । उचित मूल्य नपाएकै कारण पछिल्लो समयमा कृषकले चिया विस्तार नगरेको सरोकारवाला बताउँछन् । कारखानाले बजारमा लाने चियाको मूल्य अनुमान गर्न मात्र सक्छन् । कारखानाले बेच्ने वास्तविक बजार मूल्य कृषकले कहिल्यैं थाहा पाउँदैनन् । चिया प्रशोधन कारखाना भने बजार मूल्य भएकै कारण बढिरहेपनि कृषकले भने च
धरान/ धरानमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका छन् ।धरान ८ दुर्गापथमा साझ ५ बजे तिलबहादुर माझीले कुखुरी प्रहार गरी श्रीमति ३१ बर्षीय सम्झना बाझीको हत्या गरेका हुन् । घाटीमा खुकुरी प्रहार पछि सख्त घाइते भएकी श्रीमति सम्झनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटैमा मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिएका छन् । डिस्सपी बस्नेतले हत्याको कारण नखुले पनि विगत ५÷६ दिनदेखि श्रीमान माझी अस्वभाविक गतिविधि गर्दै आएको बुझिएको बताए । श्रीमतिको हत्या गर्ने तिलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी बस्नेतले बताए । हत्या गरेको खबर
धरान/ गत माघको पहिलो साता धरान उपमहानगरपालिकाको वडा नम्बर ५ ले छैठौं तहको अधिकृत नभएकाले सेवा दिन नसकिएको भन्दै एक साता कार्यालयको सेवा ठप्प पारे । वडाको भुक्तानी देखि सेवाग्राहीलाई दिनुपर्ने प्रशासनिक कामहरु गर्न नसकेको भन्दै वडाअध्यक्षले नै वडा कार्यालय बन्द गर्न निर्देशन दिए पछि अधिकृत तहको कर्मचारी धरान उपमहानगरपालिकाले पठाएको थियो । अहिले धरान उपमहानगरपालिका वडा नम्बर ४ दुई साता देखि सचिव विहिन भएको छ । वडा सचिव नहुँदा अहिले सेवाग्राहीलाई सेवा दिन र सम्पन्न भएका योजना तथा कार्यक्रमको भुक्तानी सबै रोकिएको छ ।धरान उपमहानगरपालिकाले आर्थिक कारोबारको अधिकार वडालाई नै दिएको छ । छैठौं तहको
धरान । धरान स्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले तालिममा रहेका चार जना विद्यार्थीलाई अनुशासनको कारबाही गरी निस्काशन गरेपछि उत्पन्न विवादमा सेन्टरबाट कुनै पनि गलत काम नभएको स्पष्ट पारेको छ । गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले बुधबार पत्रकार सम्मेलन गर्दै अनुशासन र सेन्टरको नियम अनुसार नबस्ने विद्यार्थीहरुलाई निष्काशन गरिएको स्पष्ट पारेको हो । नेपाल सरकारको नियमअनुसार कम्पनी दर्ता गरी प्रशिक्षण केन्द्र सञ्चालन गरेकाले विद्यार्थीलाई कुनै पनि अन्याय नगरेको र नियमअनुसार कारबाही गरेको सेन्टरका संचालक प्रेम मुकारुङ राईले स्पष्ट पारे । अनुशासनको कारबाहीमा परी निष्काशित विद्यार्थीको एक पक्षीय कुरा सुनेर स
इटहरी/ पत्रकारको परिचयपत्र बोकेर ठगी धन्दा गर्दै आएका एक जना सहित इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न आरोपमा संलग्न रहेका ५ जना पक्राउ गरेको छ । सुनसरी पोष्ट नामको अनलाईन पत्रिकाबाट निकालिएको परिचय पत्र र भिजिटिङ कार्ड सहित जग्गा दलाली गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सहित पछिल्लो एक साता यता प्रहरीले बिभिन्न अपराधमा संलग्न ५ जनालाइ पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो । त्यस्तै स्कुटर चोरीको अभियोगमा २ जनालाइ पक्राउ गरेको छ । गत चैत ८ गते इटहरीस्थित हिमालय बैंक परिषरमा पार्कीङ गरि राखिएको को ३७ प ८१०५ को स्कुटी चोरी भएको थियो । स्कुटी चोरी गरेको अभियोगमा प्रहरीले मोरङ
धरान / कोरोना संक्रमणको असर एक बर्षपछि विस्तारै सहज बन्दै गएको जनजीवन फेरि त्रसित बन्न थालेको छ । छिमेकी मुलुकमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि देशमा पनि आम नागरिकमा त्रास उत्पान्न हुन थालेको छ । सरकारले सुरक्षा मापदण्ड अपनाउन आग्रह गरे सँगै आम नागरिक सहित आर्थिक गतिविधिमा संलग्न रहेका व्यवसायीहरु आफ्नो व्यवसाय धरासायी बन्ने हो कि भन्ने चिन्तामा छन् । सरकारले भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गर्दै कोरोनाको जोखिम कम गर्न विदेशबाट भित्रिने व्यक्तिहरुका लागि सातै प्रदेशमा हेल्पडेस्क सञ्चालनमा ल्याएपछि अब फेरि सरकारले लकडाउन गर्ने हो कि भन्ने शंका व्यवसायीहरुमा परेको छ । उनी
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले होली पर्व मनाउन बन्देज र रोक नलगाईने बताएका छन् । विराटनगरका गायक सुमित खड्का र कलाकार दीपाश्री निरौलाको धनियाँ के होली नामक गीति संग्रहको बुधबार विमोचन गर्दै लगाउन वा बन्देज नलगाईने बताए । भने,“होलीको आफ्नै सांस्कृतिक महत्व छ । यसलाई मनाउन रोक लगाईने छैन ।“ कार्कीले प्रमुख जिल्ला अधिकारीले जागिर खानको लागि मात्र होली मनाउन रोक्ने निर्णय गर्न नहुने स्पष्ट गरे । काठमाडौंबाट आउने सूचनालाई मात्र सर्कुलर गर्दा नागरिकमा त्रास छाउने मन्त्री कार्कीले बताए । कोरोनाको दोस्रो लहर आउने संभावनाबीच सभा सम्मेलन, जमघट र भि
धरान । स्थानीय तहले तेस्रो चौमासिक शुरु हुँदासम्ममा करिब ५० प्रतिशतभन्दा बढी खर्च गरिसक्नुपर्ने हुन्छ । आर्थिक वर्ष समाप्त हुँदासम्म ८० प्रतिशत बजेट कार्यान्यवन भएका स्थानीय तहलाई उत्कृष्ठ मानिन्छ । सोही आधारमा संघीय सरकारबाट आउने बजेटको पनि निर्धारण हुने गर्दछ । स्थानीय तहको निर्वाचन हुनु अघिसम्म कर्मचारीबाट चलेको स्थानीय तह जनप्रतिनिधी आए पछि विकाश र बजेट कार्यान्यवनले गति लिने विश्वास गरिएको थियो । तर विगत ४ वर्ष यता जनप्रतिनिधी आए पछिको बजेट कार्यान्यवन वर्षेनी निराशाजनक नै बन्दै गएको छ । निर्वाचन भएको पहिलो वर्ष र दोस्रो वर्ष बजेट कार्यान्यवनमा नितिगत अफ्ठयाराहरु देखाए पनि चौथो वर्षको बज
विराटनगर । पछिल्लो पटक प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका शहरहरुमा भेटिएका संक्रमितहरुमा कोरोनाको नयाँ ‘भेरिएन्ट्स’ हुन सक्ने देखिएको छ । ट्राभल हिस्ट्री हेर्दा भारत पुगेको देखिएकोले पछिल्लो पाँच दिन यताका संक्रमितमा नयाँ भाईरसको संक्रमण भएको हुनसक्ने स्वास्थ्य विज्ञको अनुमान छ । कोरोनाको नयाँ भेरिएन्ट्स पहिलेको तुलनामा निकै संक्रामक मानिन्छ । विराटनगरमा मंगलबार थपिएका एक सहित पाँच दिनयता ७ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार मंगलबार झापा, मोरङ र सुनसरीमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश बाहिरका एक जना, सुनसरीको धरान उपमहानगरपालि