समाचार

    Showing 6,381-6,390 of 10,036 items.
  • पानीमा डुबेर बालिकाको मृत्यु

    धरान । झापाको अर्जुनधारा नगरपालिका ४ दहीझोडा स्थित पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । शनिबार बेलुका साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ बर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा रहेको भनि स्थानियले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराउना साथ प्रहरी टोली खटेर कानुनी प्रकृया पुरा गरी उद्धार गरेको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 641 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘समाजवादको आधार निर्माण गर्न सक्नेले टिकट पाउँछन्’

    धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आंकाक्षी उम्मेदवारहरु नामावली पार्टीको माथिल्लो तहमा सिफारिस गर्न थालिएको छ । को उम्मेदवार बन्ने कौतुहलता पनि बढ्दै गएको छ । प्रदेश एककास्थानीय तहबाट नेकपा एमालेका आकांक्षीहरुको नामावली प्रदेश कमिटीमा पठाईसकेको छ । उम्मेदवारहरु लबिङमा लागेका छन् । यसै बिच नेकपा एमाले स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेश ईञ्चार्ज देवराज घिमिरेले समृद्ध नेपाल सुखी नेपालीको समाजवादको आधार निर्माण गर्न सक्ने उम्मेदवारले मात्रै टिकट पाउने बताएका छन् । शनिबार १ नम्बर प्रदेश प्रचार विभाग कमिटीले आयोजना गरेको प्रचार भेलामा जनताको बहुदलीय जनवादको निति लिएर

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 943 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युनियन सुनसरीद्वारा ५ लाखको अक्षयकोष

    धरान । नेपाल प्रेस युनियन सुनसरीले एस जी अर्गनाइजेसनसंगको समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको छ । इटहरीमा शनिवार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । सुनसरी युनियनले अक्षयकोष मार्फत प्रत्येक वर्ष जनही एकाउन्न हजार एक सय रुपैयाँका दरले एक जना पत्रकारलाई पुरस्कार दिने भएको छ । त्यसैगरी, संस्थासंगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रिय स्तरमा कार्यरत एक पत्रकारलाई एक लाख एक हजार राशिको गोविन्द खेम कुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने कार्यक्रम

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय निर्वाचन: गठबन्धनको चुनावी तालमेल मिलेन

    धरान । अघिल्लो निर्वाचनमा जित हात पारेका स्थानीय तहहरुमा कांग्रेसले दाबी नछाडे पछि मोरङमा चुनावी तालमेल गर्ने विषयमा सत्ता साझेदार दलबीच सहमति जुट्न सकेको छैन् । शुक्रबार र शनिबार लगातार बैठक र छलफल गरिरहेका चार दलबीच जिल्लाका पालिकाहरुमा गठबन्धन गर्ने विषयमा सहमति जुट्न नसकेको हो । नेपाली कांग्रेसका उपसभापति भक्ति माझीका अनुसार कांग्रेसको उम्मेदवारका अनुसार पहिले जितेका पालिकाहरु नछाड्ने भन्ने नीतिअनुरुप आफ्ना कुरा राखेको बताउँदै भने, “सत्तासाझेदार दलका अन्य प्रतिनिधिहरुले आफ्नो दाबी प्रस्तुत गर्नुभयो । मैले आफ्नो पार्टीको बटम लाइन भने तर यसै गर्ने भन्ने विषयमा सहमति हुन सकेन् ।&rdqu

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 1,186 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुजुकीको स्कुटर किन्दा ५० हजार उपहार

     धरान । बराहक्षेत्र ८ चकरघट्टीकी गीता तामाङ शनिवार नवदुर्गा अटो प्यालेसमा प्रफुल्ल मुद्रामा भेटिइन् ।  कारण थियो उनले सोच्दै नसोचेको कुरा अकास्मात पाउदा उनी प्रफुल्ल भएकी हुन् । उनले नया बर्षमा एउटा स्कुटर किन्ने योजना बनाएकी थिइन । अन्य स्कुटर भन्दा सुजुकीकै स्कुटर उनलाई पहिलादेखि नै चलाउने रहर थियो । त्यही भएर उनी नवदुर्गामा स्कुटर किन्न पुगेकी थिइन । स्कुटरको नया मोडल एक्सेस, विएससिक्स, एफआई १२५ सिसिको स्कुटर रोजिन् । सुजुकीको नया बर्षको अफर अनुसार स्क्र्याच कार्ड कोर्दा उनलाई उपहार स्वरुप ५० हजार हात लाग्यो । उनलाई नवदुर्गा अटो प्यालेस धरानका सञ्चालक दुर्गा भुजेलले तत्काल ५० प्र

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 1,198 पटक पढिएको
    • "फणिन्द्र तिम्सिना"
  • सुकेटार विमानस्थलमा उडान अनियमित

    धरान । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक सातादेखि जहाज उडान अनियमित भएको छ । एक हप्तामा तीन उडान हुँदै आए पनि बाक्लो तुँवालोका कारण शुक्रवार, शनिवार र सोमवार पनि उडान अवरुद्ध भएको हो । प्रतिकूल मौसमकै कारण निरन्तर एक सातादेखि नेपाल वायु सेवा निगमको उडान अवरुद्ध भएको हो । गत शुक्रवार र शनिवार मौसममा सुधार नआएकाले उडान रद्द भएको थियो । सोमवार पनि मौसममा सुधार नआएपछि उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । लगातार उडान अवरुद्ध भएपछि काठमाडौंका लागि टिकट लिएका यात्रु रोकिएका थिए । त्यस्तै काठमाडौंदेखि ताप्लेजुङ आउन लागेका यात्रु पनि उतै रोकिएका इ

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 1,335 पटक पढिएको
    • "रासस"
  • उद्योग क्षेत्रको हितमा बजेट ल्याउन सरकारलाई सुझाव

    धरान । उद्योग व्यवसाय क्षेत्रको हकहितका लागि आगामी बजेटमा सम्बोधन गरिनु पर्ने माग सहित मोरङ व्यापार संघले अर्थमन्त्रीलाई सुझावपत्र बुझाएको छ । मंगलबार संघका अध्यक्ष नवीन रिजाल सहितको टोलिले अर्थमन्त्री जनार्दन शर्मा लाई आगामी बजेटका लागि सुझाव बुझाएको हो । सुझावपत्र मार्फत संघले कतिपय उद्योगका लागि कच्चापदार्थको रुपमा प्रयोग हुने वस्तुलाई कवाडीमा परिभाषित गर्न नहुने, चेक बाउन्स हुँदा कालो सूचीमा राख्ने प्रावधान अन्तरगत कालोसूचिमा परेका व्यक्तिको एकासगोलका सबै परिवारका सदस्यहरुलाई समेत कालोसूचिमा राख्ने व्यवस्था गरिनु पर्ने उल्लेख गरेको छ । बजेट वक्तव्यको समय बाहेक भन्सार सम्बन्धी संसदीय सम

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 1,003 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिंसा न्युनिकरण गर्न कानुनको माग

    धरान । समाजमा रहेको असमान शक्तिको सम्बन्धमा परिवर्तन गर्नका लागि सरकारको भूमिका महत्वपूर्ण हुनुपर्ने भएकाले हिंसा न्यूनीकरण गर्नका लागि कानुन निर्माणमा जोड दिनुपर्ने महिलावादी संघसंस्थाहरुले माग गरेका छन् । महिला अधिकार सुनिश्चितको माग गर्दै प्रदेश नम्बर एकमा क्रियाशिल महिला संघसंस्थाहरुले प्रदेश १ का आन्तरिक मामिला तथा कानूममन्त्री केदार कार्कीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । उनीहरुले पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गरेका गरेका छन् । उनीहरूले विद्यालयमै महिलाहरू असुरक्षित रहेको बताउँदै समतामूलक समाज निर्माण गर्न माग गरेका छन् । ज्ञापन पत्र बुझ्दै मन्त्री कार्कीले सामाजिक न्याय र

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि उत्पादन बजार पुर्‍याउनु पर्दैन

    धरान । सुनसरीको गढी पाउपालिकाकाका कृषकहरुलाई अन्नबाली विक्री गर्न बजार नै पुग्नुपर्ने झन्झट सकिएको छ । विगतमा किसानले उब्जाएको अन्नबाली विक्रीका लागि उनीहरुले बजार नै नपु¥याई धरै थिएन तर अब भने उनीहरुलाई बजारको कुनै आवश्यकता नरहने भएको छ । गढी गाउँपालिकामा अन्न भण्डारण गृह सञ्चालनमा आएसँगै उनीहरुलाई विक्री गर्न बजारको समस्याबाट मुक्त भएका हुन् । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले गढीको औराबनीमा भण्डारण गृह सञ्चालन गरी व्यावसायिक कारोबार थालनी गरेसँगै कृषकहरु लाभान्वित भएका छन् । स्थानीय कृषकहरु भण्डारण गृह सञ्चालनमा आएपछि कृषकहरुले उब्जाएको कृषि सामाग्री कहाँ लगेर विक्री गर्ने भन्ने झन्झ

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 1,494 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रथम हाम्रो धरान भेट्रान कप वैशाख ३ देखि

    धरान । फुटबलमा धरानमा गुम्दै गएको शाखलाई पुनः चलायमान बनाउन धरानका पूर्व खेलाडीहरु लागिपरेका छन् । मिन ब्राजिलको रुपमा परिचित धरानको फुटबल क्रेजलाई जीवन्तता दिन ३५ बर्ष पूरा गरेका र विगतमा राष्ट्रिय तथा नेपालका ख्यातिप्राप्त क्लबका खेलिसकेकाहरु क्लब गठन गरेर नै लागिपरेका हुन् । ५ महिना अगाडि दर्ता ‘हाम्रो धरान भेट्रान फुटबल क्लब’ गठन गर्दै फुटबल प्रतियोगिता समेत गर्न थालेको छ । क्लबले धरान १६ रंगशालामा प्रथम हाम्रो धरान भेट्रान कप २०७९ को आयोजना समेत गर्दैछ । खेलको माध्यमबाट समाजसेवा गर्ने, भेट्रान खेलाडीलाई खेलको माध्यमबाट स्वास्थ राख्ने तथा फुटबल खेलको माध्यमबाट सामाजिक विकृति

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • 1,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved