स्थानीय निर्वाचन: गठबन्धनको चुनावी तालमेल मिलेन

  • वैशाख ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अघिल्लो निर्वाचनमा जित हात पारेका स्थानीय तहहरुमा कांग्रेसले दाबी नछाडे पछि मोरङमा चुनावी तालमेल गर्ने विषयमा सत्ता साझेदार दलबीच सहमति जुट्न सकेको छैन् ।

शुक्रबार र शनिबार लगातार बैठक र छलफल गरिरहेका चार दलबीच जिल्लाका पालिकाहरुमा गठबन्धन गर्ने विषयमा सहमति जुट्न नसकेको हो ।

नेपाली कांग्रेसका उपसभापति भक्ति माझीका अनुसार कांग्रेसको उम्मेदवारका अनुसार पहिले जितेका पालिकाहरु नछाड्ने भन्ने नीतिअनुरुप आफ्ना कुरा राखेको बताउँदै भने, “सत्तासाझेदार दलका अन्य प्रतिनिधिहरुले आफ्नो दाबी प्रस्तुत गर्नुभयो । मैले आफ्नो पार्टीको बटम लाइन भने तर यसै गर्ने भन्ने विषयमा सहमति हुन सकेन् ।” नेपाली कांग्रेसले १७ मध्ये मोरङका ९ स्थानीय पालिकामा २०७४ को स्थानीय निर्वाचनमा जितेको थियो ।

फोरम लोकतान्त्रिक समेत कांग्रेसमा मिलेपछि अहिले १० वटा पालिकामा कांग्रेसको वहुमत छ । छलफलमा माओवादी, संघीय समाजवादी र जसपाको तर्फबाट पालिकामा गरिएको दाबी अनुसार कुन पालिका दिने वा लिने भन्नेमा सहमति जुट्न नसकेको माझीले बताए । “अब जिल्लाको मूल गठबन्धनको फेरि छलफल गर्ने तयारी थालिएको छ,” उनले सुनाए । छलफलमा माओवादी केन्द्रका मोरङ संयोजक विजय विश्वास, जसपाका उद्धव पोखरेल र जसपाका जिल्ला अध्यक्ष राजकुमार यादव सहभागी थिए । उनीहरुले तालमेलको विषयमा सहमति जुटाउने प्रयास गरेका हुन ।

नेपाली कांग्रेसले ११ वटा पालिकामा दाबी गरेको छ भने नेकपा एकिकृत समाजवादी पार्टीले पथरीशनिश्चरे, उर्लाबारीमध्ये एउटा पालिका पाउनुपर्ने दाबी गरेको छ । यस्तै जसपाले धनपालथान, जहदा गाउँपालिका र सुनबर्सी नगरपालिकामा दाबी प्रस्तुत गरेको छ । माओवादी केन्द्रले ६ वटा पालिकामा दाबी प्रस्तुत गरेको छ ।

मोरङमा एक महानगर ८ नगरपालिका र ८ गाउँपालिका गरी १७ स्थानीय तह छन् । विराटनगर महानगरपालिका, नगरपालिकातर्फ रतुवामाई, लेटाङ, सुनवर्षी, उर्लाबारी र सुन्दरहरैंचामा कांग्रेसले जितेको थियो । यसैगरी गाउँपालिकातर्फ कटहरी, केराबारी र धनपालथानमा विजयी भएको थियो । बुढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक विजयी बनेको थियो । अहिले त्यो पार्टी कांग्रेसमा मिलिसकेको छ । एमालेले बेलबारी र पथरीशनिश्चरे नगरपालिका, मिक्लाजुङ, ग्रामथान र कानेपोखरी गाउँपालिकामा जितेको थियो । रंगेली नगरपालिकामा माओवादी केन्द्र विजयी बनेको थियो । जहदामा भने उपेन्द्र यादवको जसपा विजयी भएको थियो ।

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved