‘समाजवादको आधार निर्माण गर्न सक्नेले टिकट पाउँछन्’

  • वैशाख ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आंकाक्षी उम्मेदवारहरु नामावली पार्टीको माथिल्लो तहमा सिफारिस गर्न थालिएको छ । को उम्मेदवार बन्ने कौतुहलता पनि बढ्दै गएको छ ।

प्रदेश एककास्थानीय तहबाट नेकपा एमालेका आकांक्षीहरुको नामावली प्रदेश कमिटीमा पठाईसकेको छ । उम्मेदवारहरु लबिङमा लागेका छन् । यसै बिच नेकपा एमाले स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेश ईञ्चार्ज देवराज घिमिरेले समृद्ध नेपाल सुखी नेपालीको समाजवादको आधार निर्माण गर्न सक्ने उम्मेदवारले मात्रै टिकट पाउने बताएका छन् ।

शनिबार १ नम्बर प्रदेश प्रचार विभाग कमिटीले आयोजना गरेको प्रचार भेलामा जनताको बहुदलीय जनवादको निति लिएर प्रतिस्पर्धाबाट जनताको विश्वास जितेर निर्वाचन जित्ने उम्मेदवारले टिकट पाउने बताए । उनले पार्टीको विधि विधान अनुसार स्थानीय स्तरमा रहेको कमिटीहरुले राम्रो, सक्षम र योग्य उम्मेदवारलाई  सर्वसम्मत चयन गर्न र जिताउन आग्रह गरे ।

उनले माक्र्सवाद र लेनिनवादको सिद्धान्तलाई नेपाली भुमिका प्रयोग गर्ने सन्दर्भमा जनताको बहुदलीय जनवादलाई कार्यान्वयन गर्दै संविधानमा आधारित रहेर व्यवहारमा प्रमाणित गरेको बताए । उनले ७२ वर्षदेखि कम्युनिस्टको प्रचार प्रसार गर्दै आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली काँग्रेसको अगाडि खुट्टा टेकेको उल्लेख गर्दै संविधानको धारा २२५ को अपव्याख्या झुठो कुरा गर्दै जमात परिचालन गरेर स्थानीय तहको निर्वाचनलाई एकवर्ष पछि धकेल्ने प्रयास गरेको आरोप लगाए । नेकपा एमालेको सरकारले गरेका कामहरुको बारेमा समाजमा प्रचार प्रसार गर्दै एमालेको उम्मेदवारहरुलाई विजयी गराउन प्रेस चौतारीका सदस्यहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा प्रचार प्रसार विभाग कमिटीका उप–प्रमुख विष्णु रिजालले नेकपा एमाले नेतृत्वको स्थानीय देखि केन्द्रसम्मका सरकारले गरेका कामहरु बारेमा जनतालाई सुसुचित गराउनु पर्ने बताए । उनले पार्टीले गरेका काम र पार्टीका उम्मेदवारले बोलेका कुराहरुलाई मिडिया मार्फत जनसमुदायमा जानकारी गराउन प्रेस चौतारीका सदस्यहरुलाई आग्रह गरे ।

उनले एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको शिलान्यासलाई आज परमादेशी प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकप्टरमा गएर उद्घाटन गर्न बाहेक अन्य कुनै किसिमका विकास निर्माणका कामलाई अगाडि बढाउन नसकेको बताए । उनले भने, ‘ओली सरकारको नेतृत्वमा अगाडि बढेको विकास निर्माण तथा परियोजनाहरुलाई गठबन्धनका सरकारले कटौती गरेको कुराहरु स्थानीय स्तरमा जनतालाई जानकारी गराउन आग्रह गरे ।

निर्वाचन आयोगलाई समेत काँग्रेसले कब्जामा राख्ने कोसिस भएको उल्लेख गर्दै कहिले निर्वाचन मतपत्रको रंग परिवर्तन गर्ने कहिले उम्मेदवारी दर्ता गराउन दुईदिन सम्मको बढी समय उपलब्ध गराउने, पहिला अर्को निर्णय गर्ने पÞmेरि गठबन्धनको इसारामा अर्को निर्णय गर्दै आएकोले संवैधानिक आयोगको सिमा नाघेको बताए ।

एमाले १ नम्बर प्रदेश प्रचार विभाग कमिटीले स्थानीय तह निर्वाचन केन्द्रित प्रदेश प्रचार भेला सम्पन्न गरेको हो । प्रदेश प्रचार विभाग कमिटीले प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीसँग स्थानीय तह निर्वाचन केन्द्रितको विषयमा छलफल गरेको हो । प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश कमिटीको पदाधिकारी तथा सदस्यहरुसँग स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाएर चुनाव जित्न सक्ने भन्ने विषयमा केन्द्रित भएर छलफल गरेको छ ।

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved