मोरङ । कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनहरु बजारीकरण नगरपालिकाले गरीदिन थालेपछि कृषि प्रति आकर्षण बढ्न थालेको छ । मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रका कृषकले उत्पादन गरेको अन्नबालि, तरकारी, फलफुललगायतका उत्पादनहरु बजारीकरण गरीदिए पछि कृषकहरु कृषि प्रति हौसिएका हुन् । नगरपालिकाले निषेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउँ बितरण गरेको छ । २० हजार किलो धानको विउँ ५० प्रतिशत अनुदानमा बितरण गरेको हो । बितरण गरीएको बिउँले करीब ५ सय बिगाहा क्षेत्रफलमा खेतिगर्न सकिने कृषि शाखाका प्राविधिक बताउँछन । राधा १२, कान्छी मन्सुली, बहुगुणि, स्वर्णसव १, रंजित लगायतका प्रजातिका धानका विउँ बितरण गरीएको छ
सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ६ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । सडक निर्माणको लागी मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर आज बिहान पौने ९ बजेको समयमा अचानक रोडबाट २० मिटर जती तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका खोटाङ रावावेशी – ४ का २५ बर्षीय नेत्र बहादुर गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा परी ट्याक्टरका चालक र सह–चालक घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल खोटाङ पठाईएको छ भने घटना सम्बन्धमा प्रहरीले
सुनसरी । जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनले विभिन्न हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको भन्दै उनलाई प्रदेश नम्बर १ प्रहरी कार्यालयले सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मालाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल बैशाख ‘महिनाको सर्वोत्कृष्ट
पथरी । कोरोनाको संक्रमण बढ्न थालेसँगै पालिका सरकारहरूको आ–आफ्नो कार्यक्षेत्राधिकार भित्र सक्रियता बढाउनै गएका छन् । पूर्वोत्तर मोरङको लेटाङ नगरपालिकाले आफ्ना नागरिकलाई संक्रमण हुन नदिन, संक्रमित भएकालाई व्यवस्थापन सहितको उपचारमा ध्यान दिन र मानवीय जनधनको क्षति हुन नदिन जिल्लामै पृथक निर्णय गरेको छ । नगर प्रमुख शंकर राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले दैनिक श्रम गरेर खाने कुराको जोहो गर्दै आएका नागरिकहरूको लागि खाद्यवस्तुको व्यवस्था सहित मंगलबार रातिदेखि लागू हुने गरी कडा लकडाउन कार्यान्वयनमा ल्याएको उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले बताईन् । उपप्रमुख पोखरेलका अनुसार स्वास्थ
धरान । धरान ९ पुतली लाईन स्थित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल विहिबार देखि सञ्चालनमा ल्याउने भएको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विजयपुर हस्पिटलमा कोभिड अस्पताल बनाउने निर्णय गरिएको हो । देशका प्रत्येक अस्पतालहरुलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारले निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम धरान उपमहानगरपालिकाले विजयपुर अस्पतालमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनका लागि सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय गरिदिने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । अस्पताल सँग अनौपचारिक रुपमा धरान उपमहानगरपालिका बिच पटक पटक छलफल गरिएको थियो ।
विराटनगर । कोरोना संक्रमणको जोखिम झन् बढ्न थालेपछि मोरङका बैंक तथा वित्तीय संस्था साता भरका लागि बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले मोरङ जिल्लाका सबै बैंक तथा वित्तीय संस्थाहरु जेठ ११ गतेसम्मका बन्द गर्न पत्राचार गरेको छ । राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम अत्यावश्यक बैंकिङ सेवा बाहेक अन्य सबै बैंकिङ क्रियाकलाप बन्द गर्न भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरुसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालय
बराहक्षेत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्बाचन क्षेत्रमा स्वास्थ्य साम्रागी उपलब्ध गराएका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीका अगुवा कार्यक्रतालाई घर– घर गएर जनताको स्वास्थ्य अवस्था बुझ्न निर्देशन दिएको दुई दिन पछि मङलबार नै केन्द्रीय सदस्य कार्कीले आफ्नो क्षेत्रमा क्षेत्रीय समिति मार्फत वडा –वडामा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति बनाएका थिए । समिती मार्फत उनले स्वास्थ्य सामग्री बितरण गर्न आग्रह गरेका छन् । सुनसरी क्षेत्र नं ४ बाट निर्वाचित पुर्ब अर्थमन्त्री समेत रहेका कार्कीले पहिलो चरणमा १५ सय मास्क र ८ सय पिस सेनिटाइजर
बेलबारी । दोस्रो चरणको कोरोना भाइरसको प्रकोप बढे सँगै बेलबारी नगरपालिकाले संक्रमितहरुको घर घरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी बितरण गरेको छ । नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधि सहित उनीहरुको स्वास्थ्य अबस्था बुझ्न थालेको छ । आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जाेचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि वितरण गरिएको बेलबारी आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले बताए । औषधीसँगै स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी गराएका थिए । औषधि बेलबारी
धरान । कोरोना भाइरस महामारी र नियन्त्रणका लागि नर्सहरुले स्वतस्फूर्त ‘कोभिड विशेष नर्स समूह’ बनाएर निःशुल्क परामर्श दिन शुरु गरेका छन् । देशका सातै वटा प्रदेशमा समुहले अभियान संचालन गरेको छ । कोरोना शुरु भएदेखि नै नर्सहरुले उचित परामर्श दिने काम गर्दै आएपनि अहिले समूह नै बनाएर काम शुरु गरेका हुन् । कतिपय बिरामी कोभिड संक्रमण भएपछि स्वास्थ्य सामान्य हुँदा पनि आत्तिएर अस्पताल पुग्दा अस्पतालले धान्न नसक्ने स्थिति आएको र अस्पताल जानुपर्ने गम्भीर बिरामी सूचनाको अभावले घरमै बस्दा ज्यान जोखिममा परिरहेको भन्दै ‘कोभिड विरुद्ध नर्स समूह’ बनाएर परामर्श दिन थालिएको प्रदेश १ की संयो
विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको लागि प्रयोग हुने किट तथा रिएजेन्ट अभाव हुन थालेको छ । अभावकै कारण एन्टीजेन टेष्ट बन्द भएको छ । खासगरी भारतीय नाका हुँदै प्रवेश गर्ने नागरिकहरुको एन्टीजेन परीक्षण गरी सम्बन्धित पालिका पठाइने गरेको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले प्रदेशका अस्पतालहरुमा किट अभावमा परीक्षण प्रभावित बनेको बताएका छन । कार्कीले भने,“एक दुई दिनभित्रै किट र रिएजेन्ट प्राप्त नभए कोरोना परीक्षण नै स्थगन हुने अवस्था भईसकेको छ ।” अहिले प्रदेश १ मा दैनिक २ हजार २ सय जनाको पीसीआर परीक्षण हुँदै आएको छ । सचिव कार्कीका अनुसार प्रदेश सरका