दलहरुको प्रमुख एजेन्डा खानेपानी समस्या समाधान: सर्वसाधारण भने किनेरै खानेपानी खान बाध्य

  • जेठ १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा दिनप्रतिदिन खानेपानी समस्या चुलिदै गएको छ । सुख्खा मौसमआएसँगै धरानम खानेपानीको हाहाकार हुने गरेको हो ।

बषौदेखिको खानेपानी समस्या समाधानमा कसैले गम्भीरतापूर्वक लिएको भने देखिदैन । विगतमा खानेपानी संस्थान हुदाभन्दा अहिले धरान खानेपानी व्यवस्थापन बोर्ड बनिसक्दा पनि धरानेहरुको अवस्था खानेपानी समस्या त्यो भन्दा भयावह बनेको छ । राजनतिक दलहरुल चुनावताका धरानको खानेपानी समस्या समाधानलाई घोषणापत्रमा प्राथमिकतामा राखे पनि समाधान नगरिदिदा सर्वसाधारणले खानेपानी समस्या भएको समयमा पानी खरिद गरेर खानुपर्ने अवस्था छ ।

शुक्रबार देशैभरका स्थानीय तहको निर्वाचन सकिएको छ । सुनसरीको धरानमा पनि स्थानीय निर्वाचनको तयारी निर्वाचन सम्पन्न भएको छ । राजनीतिक दलहरु पनि चुनाव कसको पोल्टामा पर्ने हो भनेर आतुर छन् । निर्वाचनका समयमा मतदातालाई आफ्नो पक्षमा पार्न धरानको खानेपानी समस्या समाधान गर्छु भनेर प्रतिबद्धता जनाउदै आएका छन् । तर शनिवार भने धरान ३ मा पाच दिनदेखि खानेपानी धारामा चुहिएन । सबै दलले धरानको खानेपानी समस्या गर्छु भनेको पनि बर्षौभयो, यो एजेण्डा लिएर दलहरु आएको पनि बीसौ बर्ष भयो तर पानी नआएर खरिद गरेर नै उनीहरुले पानी खान बाध्य भए ।

धरान ३ की कुसुुम लिम्बु धारामा खानेपानी नआएपछि आफैले खरिद गरेर खानुपर्ने अवस्था आएको बताइन् । उनले नेताहरुले खानेपानीलाई भोट बैंक बनाउने, जनताबाट भोट लिएर जितिसकेपछि सबै कुरा विर्सिने गरेका कारण यो समस्या आएको बताइन् । उनले भनिन्–‘ दलहरुले जनतालाई सधै टाट्ने काम मात्र गरे जनताको दुःख हेरेनन आफ्नै दुःख मात्र हेरे ।’

कुसुममात्र हैन धरान ३ भानुमार्गका स्थानीयहरुले चार पाँचदिनदेखि धारामा पानी नै नआएको बताउछन् । धारामा पानी नआएपछि स्थानीय कालुराम लिम्बुले आफ्नै लगानीमा खानेपानी खरिद गरि त्यहाका स्थानीयलाई वितरण गर्दा आफूहरुलाई राहत मिलेको स्थानीय विक्रम गुरुङ बताउछन् ।

खानेपानीको चरम समस्या भएपछि धरान खानेपानी व्यवस्थापन बोर्डमा खानेपानी दिन आग्रह गर्दा पनि नसुनेपछि निःस्वार्थ सेवाको भावले खानेपानी खरिद गरेर टोलबासीलाई खानेपानी वितरण गरेको कालुराम लिम्बुले बताए ।

उनले अहिलेसम्म तीन पटक पानी खरिद गरेर स्थानीयलाई खानेपानी वितरण गरेको बताए । उनले भने–‘खानेपानी समस्याका विषयमा मैले पटक धरान खानेपानी व्यवस्थापन बोर्डमा सम्पर्क गरे, तर कहिल्यै सुनुवाई भएन, यहा सबै खानेपानी खान नपाएर तड्पिएर बस्ने बेला भयो, त्यही भएर मैले आफ्नै लगानीमा टोलबासीलाई खरिद गरेर खानेपानी वितरण गरेको हुँ ।’ विगतमा सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण तथा अनुदानबाट आएको खानेपानी परियोजनाले समेत धरानमा खानेपानी समस्या समधान हुन सकेको छैन । ०७४ सालको स्थानी निर्वाचन, ०७६ सालको उप निर्वाचनमा धरानको खानेपानी समस्या समाधानलाई दलहरुले मुख्य एजेन्डा बनाएका थिए भने ०७९ को स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको नेतृत्वमा उठेका दलहरुको मुख्य एजेण्डा खानेपानी समस्यालाई नै बनाएका छन् । दलहरुको आश्वासनले अवाक बनेका धरानेहरुले अब दलहरुको प्रतिबद्धताप्रति विश्वास नै गर्न छाडिसकेका छन् ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved