नेपाल भारत सिमा नाका बन्द

  • वैशाख २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैसाख ३० हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमानाका शिल गरिनुपूर्व भारतमा बसोबास गरेका नेपालीहरु ध्माधम नेपाल भित्रिएका छन् ।

वैसाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी मंगलबार मध्यरातिदेखि भारतसँगको खुला नाका ७२ घण्टाका लागि सिल गरिएको छ । नाका ठप्प हुदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । नेपाल–भारत सीमा सहर काँकडभिट्टा नाकामा बिहीबार अपराह्नसम्म भारतबाट आउने यात्रु र भारततिर जाने यात्रु तथा सर्वसाधारणको बाक्लो भीड लाग्यो ।

चुनावबाट हुने अवाञ्छित गतिविधिलाई राक्ने नेपाल भारत दुवै देशको प्रशासनले पश्चिमम बंगाल र विहारसम्मको नाका ७२ घण्टा सिल गरेको हो ।

मोरङ प्रहरीका अनुसार बिहीबार करिब ४ हजार प्रवासी नेपाली यो नाकाबाट प्रवेश गरेका छन् । एक हजारभन्दा बढीत भारतीय पारि गएका छन् । प्रहरीका अनुसार भारतबाट आउने अधिकांश नेपाली मतदाता छन् भने भारत जानेमा सेनाका जागिरे, विद्यार्थीलगाययत छन् । धेरैजसो भारतीयहरु घर फर्किएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार महतोले नेपाली परिचयपत्र वाहक यात्रुहरुलाई मात्रै प्रवेश गर्न दिइएको बताए । उनले भने ‘नेपाल आउनेलाई नेपाली नागरिकता तथा परिचय खुल्ने कागजातका आधारमा प्रवेश गर्न दिइएको छ’ भारततिर जानेलाई त्यतैको परिचय पत्रका आधारमा पठाइएको छ । ’प्रशासनले खासगरी भारतवाट आउने यात्रुलाई विशेष निगरानी गरेको छ । नाका बन्दका कारण मेची भन्सार र भद्रपुर भन्सार कार्यालयको आयात निर्यातसमेत ठप्प छ । नेपाली तथा भारतीय बजारसमेत निर्वाचनका कारण सुनसान छन् ।

मोरङका प्रजिअ काशीराज दाकालले चुनावका समयमा अवाञ्छित गतिविधि हुन नदिन नेपाल र भारतसीमानाका शिल गरिएको बताए । उनले भने–‘यस बीचमा चुनावलाई शान्तिपूर्ण ढंगमा सम्पन्न गर्नकै लागि नाकाहरु ीशल गरिएको हो । 

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved