साहित्यकार पोखरेलको स्मृतिमा कविगोष्ठी

  • वैशाख २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा बुधबार विराटनगरमा कविगोष्ठी सम्पन्न भएको छ ।

साहित्यकार कविराज पोखरेलको स्मृतिमा कविगोष्ठी र श्रद्धासुमन कार्यक्रम सम्पन्न भएको हो । विराटनगरस्थित हिमाल दर्शन कलेजमा आयोजित कार्यक्रममा साहित्यकार कविराज पोखरेलले नेपाली गजल, कविता र खण्डकाव्यमा पु¥याएको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीले पोखरेलको गजल लेखनमा छुट्टै पहिचान स्थापित भएको उल्लेख गरे । उनले विराटनगरमा बसेर काठमाडौंलाई चुनौती दिन सक्ने क्षमता साहित्यकार पोखरेलमा रहेको बताए । त्यस्तै अग्रज साहित्यकार बलराम पोखरेलले आफ्ना गहकिलो कृतिमार्फत कविराज पोखरेल नेपाली साहित्यकाशमा बाँचिरहने बताए । प्राज्ञ गंगा सुवेदीले सरल स्वभावका पोखरेलका सिर्जना अत्यन्तै शक्तिशाली हुने गरेको उल्लेख गरे ।

कार्यक्रममा प्रा.डा. मेदिनीप्रसाद शर्मा, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, उपाध्यक्ष भूषण ढुंगेल, सचिव गोकुल अधिकारी, कवि भेषराज पोखरेललगायतले साहित्यकार पोखरेलले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरेका थिए । सोही अवसरमा आयोजित कवि गोष्ठीमा सुमन पोखरेल, मञ्जुश्री गिरी, ममता मृदुल, प्रमोद ढकाल, रोहिणी रसिक, विनोद विवश, स्वयम्भूनाथ कार्की, राधा भट्टराईलगायतले साहित्यकार पोखरेलको स्मृतिमा कविता वाचन गर्नुभएको थियो ।

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved