विराटनगरः प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । मंगलबारदेखि १४ वटै जिल्लामा खोप लगाईने छ । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु साहले जानकारी दिए । खोप कार्यक्रमका लागि सोमबार प्रदेश १ का सवै जिल्लामा खोप पुगिसक्ने र मैगलबारबाट खोप लगाउने काम शुरु हुने साहले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका
विराटनगर । लगातारको निषेधाज्ञाले गर्दा समस्यामा परेका विराटनगरका विपन्न परिवारलाई फुडबैंक संचालन गरी खाद्यान्न वितरण गर्न थालिएको छ । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवारलाई शिखर अर्गनाइजेसनले विराटनगर ५ बरगाछी चौकमा फुड बैंक संचालन गरी आइतबारबाट खाद्यान्न वितरण गर्न शुरु गरेको हो । दैनिक दुई सय जनलाई खाद्यान्न वितरण गर्ने योजनासाथ शिखर अर्गनाइजेसनअन्तर्गतको नटराज एग्रो प्रा.लिका म्यानेजर सीताराम बर्तौलाका अनुसार ‘हुनेले दिने, नहुनेले लिएर जाने’ नारासहित फुड बैंक सञ्चालन गरेको हो । सता दिनसम्म बिहान ७ बजेदेखि १० बजेसम्म एक जनालाई दुई किलो चामल, आधा किलो दाल
विराटनगर । मोरङको विराटनगरमा अवस्थित बाल सुधार गृहमा रहेका बालकमा कोरोनाको संक्रमण पाइएको छ । गृहमा ५० जना बालकमा कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो । गत जेठ २ गते एक बालकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका अधारमा अन्यको समेत पीसीआर परीक्षण भएको थियो । कोरोना देखिएका बालकलाई महानगरको आईसेलेसनमा ‘आइसोलेट’ गरेर राखिएको र सुधार गृहका बालकहरुमा लक्ष्यण नदेखिएको गृहका प्रमुख मिलन चौहानले जानकारी दिएका छन् । बालबिझ्याईं सम्बन्धी मुद्दामा अदालतले फैसला गरी सजाय सुनाएका बालकलाई बाल सुधार गृहमा राख्ने गरिन्छ ।
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाल कुनै पनि हालतमा वहुराष्ट्रिय देश हुन नसक्ने बताएका छन् । नेपाल वहुलजातीय, वहुभाषी, वहुसांस्कृतिक देश हो भन्दै दनले राजपा सरकारमा जानसाथ उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादास्पद र स्विकार गर्नै नसकिने बताए । कोइराला निवास विराटनगरमा सोमबार पत्रकारहरुसंग कुराकानी गर्दै नेता शेखरले भने,“संविधान बन्ने क्रममा उग्र प्रतिरक्षा गर्ने केपी ओली र उग्र रुपले संविधानको विरोध गर्ने राजपा अहिले के बाध्यता पर्यो अहिले एकै ठाउँमा आउनु परेको छ । यो विषय विचारयोग्य विषय पनि छ । तर, अहिले हिजो विरोध गरेको
वराहक्षेत्र / कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभावले खाद्यनको जोह गर्न सकस परिरहेको वराहक्षेत्र धामका जोगी तथा संन्यासीहरुलाई नेपाली कांग्रेस वराहक्षेत्रले सहयो गरेको छ । नेपाली कांग्रेस बराहक्षेत्रले गठन गरेको कोरोना भाइरस नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिले खाद्यन सहयोग गरेको हो । विगत २० दिनदेखि नियमित रुपमा संक्रमितको घरमा सेनिटाइज, पोष्टिक तत्व र बिरामिकालागि निःशुल्क एम्बुलेन्स सेबा दिई रहेको कांग्रेसले शनिवार वराहक्षेत्र मन्दिरमै पुगेर २१ जना जोगी तथा संन्यासीहरुलाई खाद्यन सहयोग गरेको हो । वराहक्षेत्र मन्दिर दर्शन गर्न आउने तिर्थालु र भक्तजनले दिएको दानवाट जिबिको पा
सुनसरी । सुनसरी गढी गाऊपालिका २ औरावनी काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागी मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट प्रहरी टोली घटना स्थलमा गई थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले भनेका थिए, ‘वीपीमा जब सम्म राजनितिक हस्तक्षेप र राजनिति बन्द हुँदैन, वीपी सुधार्न भगवाननै आउनु पर्छ ।’ उनले आफ्नो कार्यकाल बिताउँदै गर्दा थुप्रै राजनितिक अवरोधले पुर्याएको व्यवधानहरु व्यहोरेका थिए । तर उनी धरानकै भएर पनि हुनुपर्छ, त्यती धेरै विवादमा आएनन् । उनैलाई शिक्षाध्यक्ष बनाउन सिफारिस गर्ने तत्कालिन उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दास, त्यस पछि बनेका अर्का शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनाल, दास पछिका उपकुलपति प्रा.डा. राजकुमार रौनियार, अहिले आएका डा. ज्ञानेन्द गिरी
विराटनगर । मोटसाइकल चोरी गरेको आरोपमा मोरङको बेलाबारीबाट सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार चोरीमा संलग्न सात जनलाई पक्राउ परेका हुन । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका २० का ३८ वर्षीय कोप बलराम गुरूङ, ३९ वर्षीय भवेस भन्ने सुवास लिम्बू, ३० वर्षीय मचिन राई, २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियारलाई पक्राउ गरिएको जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने,“जेठ २ गते राति मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बलियास्थित मिना कुमारी विकको घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नामको मोटरसाइकल
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतमा सामन्तीहरुको विरोधमा लाग्ने भनेर विश्वास गरिएको कम्युनिष्ट पार्टी अहिले सत्ताको आयु लम्ब्याउन नयाँ सामन्तवादी चरित्रसाथ जनताको दमन र शोषण गर्न उद्दत देखिएको बताएका छन् । भ्रष्टाचारमार्फत देशको दोहन गर्ने अनि दमन र शोषणको नयाँ ढंगले गर्दै सामन्तवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । लोकतान्त्रिक विमर्शका लागि साझा सवाल, साझा मंचले आज आयोजना गरेको संविधानको आलोकमा वर्तमान राष्ट्रिय राजनीतिक र कांग्रेसको महाधिवेशन विषययक जुम छलफलमा बोल्दै भने,“परम्परागत परम्परागत सामन्तीहरुको विरोध गर्ने कम्युनिष्ट पार्टीको सरकार अहिले त्यही दिशम
धरान । पछिल्लो समय स्वास्थ्य उपचारमा विसंगती र विकृति बढ्दै गए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाबमुलक अभियान संचालन गर्न धरान नागरिक दबाब संजाल गठन गरिएको छ । प्रतिष्ठानमा बढ्दै गएको विकृतिले स्वास्थ्य उपचारमा समस्या आउन थाले पछि केही दिन देखि राजनितिक दलहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा धर्ना समेत दिएका थिए । शनिबार राजनितिक दलहरुको छलफलले संजाल गठन गरेको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको उपस्थितीमा भएको छलफलले प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा १७ सदस्यीय संजाल गठन गरेको छ । डा. कमल तिगे