प्रदेश एकको नीति कार्यक्रम : कृषि तथा स्थानीय उत्पादन उच्च प्राथमिकतामा

  • जेठ २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश एक सरकारले आर्थिक बर्ष ०७९÷८० का लागि पेश गरेको नीति तथा कार्यक्रममा कृषि तथा स्थानीय उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ ।

सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि तथा स्थानीय उत्पादनमा बढी प्राथमिकता राखेको बताएका हुन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख छ । यस्तै दिगो कृषि विकासका लागि माटो परीक्षण र माटो सुधार कार्यक्रम ल्याउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसानलाई मौसम सम्बन्धित नियमित सूचना दिने व्यवस्था गर्ने, किसान परिचयपत्रलाई अनिवार्य गर्दै लाने, स्थानीय तह, कृषि सहकारी र नीजि क्षेत्रको सहकार्यमा एक पालिका एक उत्पादन कार्यक्रम लागू गर्ने लगायत उल्लेख छ । यस्तै प्रदेश सरकारले किसानलाई सोझै अनुदान दिने योजना ल्याएको छ । खापुङले उत्पादनका आधारमा किसानलाई सोझै अनुदान दिने बताएका हुन् ।

पशु र माछाको नस्ल सुधार अभियान सञ्चालन गर्ने नीति प्रदेश सरकारले ल्याएको छ । आत्मनिर्भरता बढाउन तराकारी खेती र उन्नत बीउ विजनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

यसैगरी नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने योजना अगाडि सारेको छ प्रदेश १ मा नेपाली कोदोको रक्सीलाई ‘ब्राण्डिङ’ गरी बिक्री वितरण गर्न कानूनी र व्यवहारिक पक्षको अध्ययन भने पूर्व सामाजिक विकास मन्त्री उषाकला राईको कार्यकालमा भएका थियो । सोही कार्यक्रमलाई राजेन्द्र राईको सरकारले समेत निरन्तरता दिँदै नीति तथा कार्यक्रममा समेटेका छन् ।

रक्सी ब्राण्डिङ गर्ने विषयमा नीति तथा कार्यक्रम वाचन गर्दै प्रदेश प्रमुख खापुङले संघीय सरकारको समन्वयमा प्रदेशका नागरिकको आय आर्जन र रोजगारी सिर्जना गर्न घरेलु मदिरा ब्रान्डिङ गरिने जनाएका हुन् ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved