धरान । मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ ।
विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विहीबार बेलुका बिराटनगर महानगरपालिका–१२ स्थितबाट अबैधरुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा बरामद गरिएका हो । अन्दाजी १ लाख ९४ हजार मुल्य बरावरको बिभिन्न प्रकारका लत्ता कपडाहरु र बिराटनगर– ६ स्थित केसलिया रोडबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै ना.४ख १६७८ नम्वरको ट्रकमा अन्दाजी मुल्य २३ लाख ७५ हजार मुल्य बरावरको ५ सय बोरा मकै अवैध रूपमा भन्सार छलि भारतबाट नेपाल ल्याउदै गरेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएका छ । बरामद गरिएका सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ l