समाचार

    Showing 5,931-5,940 of 8,609 items.
  • २ अर्ब बढिको बजेट ल्याउँदै इटहरी उपमहानगर

    इटहरी । नयाँ आर्थिक वर्ष २०७८÷८९का लागि इटहरी उपमहानगरले २ अर्ब बढिको बजेट ल्याउने तयारी थालेको छ । चालु आर्थिक वर्षको लागि एक अर्ब ७८ करोडको बजेट बिनियोजन गरेको उपमहानगरले आउँदो वर्षका लागि आकार बढाएर २ अर्ब ३० करोडको हाराहारीमा नयाँ बजेट ल्याउने तयारी थालेको हो । चालु वर्षमा बिनियोजन गरिएको बजेट मध्ये करीब ३० करोड रूपैया कोरोना कहर बिच खर्च हुन नपाएको कारण आर्थिक वर्ष २०७८÷७९ मा बजेटको आकार बढेर २ अर्ब ३० करोडको हाराहारीमा पुग्ने उपमहानगरले जनाएको छ । असार १० गते सम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवश्था भएकोले तयारी थालिएको इटहरी उमहानगरकी उपमेयर लक्ष्मी गौतमले

    • प्रकाशित मितिः असार ८, २०७८
    • 1,087 पटक पढिएको
    • "तेजबहादुर बन"
  • प्रदेश १ मा जोरविजोर लागु गर्दै सार्वजनिक सवारी चलाउने व्यवस्था मिलाउन व्यवसायीको माग

    धरान । कोरोनाको संक्रमणबाट सबै भन्दा बढि सार्वजनिक यातायात व्यवसायीहरु मारमा परि व्यवसायबाटै पलायत हुने अवश्था आएकाले जोरविजोर प्रणाली लागु गर्दै सवारी साधन संचालन गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायीले माग गरेका छन् । प्रदेश १ मा स्वास्थ्य मापदण्ड पुरा गरेर जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायातका सवारीसाधन चलाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल याततायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने अभियान अन्तर्गत सोमबार झापा र सुनसरीमा ज्ञापन पत्र बुझाएका हुन् । महासंघ प्रदेश

    • प्रकाशित मितिः असार ८, २०७८
    • 1,330 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्याक्टरबाट लडेर सहचालकको मृत्यु

    उदयपुर। उदयपुर रौतामाई गाँउपालिका १ टाट्नेमा ट्याक्टरबाट लडेर सहचालक रौतामाई ७ का ३२ बर्षीय तुल बहादुर केप्छाकी मगरको मृत्यु भएको छ । सोमबार दिउसो १ बजे नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर जाँदै गरेको स१त ६८५८नम्बरको ट्याक्टरबाट अचानक लडेर गम्भिर घाईते भएका उनको बेलुका पौने ५ बजे जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालक रौतामाई ७ का २५ बर्षीय चेतु दमाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ ।

    • प्रकाशित मितिः असार ८, २०७८
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को बजेटमाथि छलफल शुरु, अघिल्ला जस्तै गरी फेल हुने सांसदको टिप्पणी

    विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ल्याएको बजेटमाथिको छलफल शुरु भएको छ । सांसदहरुले प्रदेश सरकारले यथार्थपरक र स्रोतको सुनिश्चितताबिना गरिने विनियोजनका कारण यो पटक पनि बजेट फेल हुने भन्दै चर्को टिप्पणी गरेका छन् । प्रदेशसभामा सोमबारबाट शुरु भएको बजेटमाथिको छलफलमा सत्तापक्षकै सांसदले बजेटको आलोचना गर्दै कार्यान्वयनमाथि आशंका व्यक्त गरेका छन् । एमालेका सांसद राजेन्द्र कुमार राईले पटक पटकको बजेट फेल भएको भन्दै मुख्यमन्त्री शेरधन राईले संसदमै सरेन्डर गरेर बोलेकोले अर्थतन्त्रको घोडचडी रित्तो फर्किसकेको भन्दै कटाक्ष गरे । भने,“अघिल्लो वर्षको बजेटको विनियोजनक

    • प्रकाशित मितिः असार ८, २०७८
    • 649 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चारै पदाधिकारी सहित मात्रै वार्ता अघि बढ्ने, कुलपति वा सहकुलपतिलाई पनि वार्तामा सहभागी गराउन माग

    धरान । एक साता देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामुहिक राजीनामा दिने चेतावनी दिए पछि प्रतिष्ठानको तर्फबाट वार्ताको पहल शुरु भएको छ । चिकित्सक सहित विद्यार्थीहरुले आन्दोलनलाई थप कडा पार्ने निर्णय गर्दै सामुहिक राजीनाको चेतावनी दिए पछि प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनालको संयोजकत्वमा रजिष्टार र निर्देशक सदस्य रहने गरिको वार्ता टोलि गठन गरेको थियो । टोलिले आजै संघर्ष समितीलाई वार्ताको लागि आव्हान गरेको थियो । उपकुलपति सहित वार्तामा मात्रै बस्ने बताउँदै आएको संयुक्त संघर्ष समितीले वार्ताको पहल सकारात्मक रहेको जनाएको छ । संघर्ष समिती

    • प्रकाशित मितिः असार ७, २०७८
    • 820 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चालू आर्थिक वर्षको बजेट यथार्थपरक थिएन ः मन्त्री आङबुहाङ

    विराटनगर । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले चालू आर्थिक वर्षको बजेट अति नै महत्वकांक्षी रुपमा आएकोले कार्यान्वयन हुन नसकेको बताएका छन् । महत्वाकांक्षी भएकै कारणले अन्तिम चौमासिक अवधिसम्म आई पुग्दा पचास प्रतिशतमा सीमित हुनु परेको जिकिर गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन) प्रदेश १ का आर्थिक पत्रकारहरुको लागि आयोजना गरेको आर्थिक पत्रकारिता सम्बन्धी तालिम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आङबुहाङले भने,“अन्तिम चौमासिकमा पचास प्रतिशतमा बसेर काम गर्नुपर्ने अवस्था आयो ।” चालू आर्थिक वर्षको लागि प्रदेश १ सरकारले ४२ अर्बको बजेट ल्याएको थियो । मन्त्री आ

    • प्रकाशित मितिः असार ७, २०७८
    • 752 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छिमेकीको कुटाईबाट मानसिक संन्तुलन गुमाएकी गर्भवती महिलालाई धरान महिला संजालको सहयोग

    धरान । छिमेकीको कुटाईबाट मानसिक संन्तुलन गुमाएकी ३ महिने गर्भवती महिलालाई महिला संजाल धरानले औषधी सहित नगद सहयोग गरेको छ । संजालको पहलमा बिर्तामोड मेडिकल हलले १० हजार रुपैया बराबरको औषधी निशुल्क उपलब्ध गराउने भएको छ भने अध्यक्ष चेतना श्रेङले ५ हजार रुपैया आर्थिक सहयोग गरेकी छिन् । थप उपचारका लागि पनि सहयोगहरु उपलब्ध गराउने तथा पिडकलाई कारवाहीका लागि थप अभियान संचालन गरिने बताइन् । विगत १५ दिन देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा उपचार गराइरहेकी कानेपोखरी गाउँपालिका ५ चिसाङबस्तीकी शोभा दर्जीको उपचारमा आर्थिक अभाव हुन थालेको समाचार आए पछि संजालकी अध्यक्ष श

    • प्रकाशित मितिः असार ७, २०७८
    • 1,142 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानका चिकित्सकद्वारा सामुहिक राजीनामा दिने चेतावनी (भिडियो सहित)

    धरान । विगत एक साता देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामुहिक राजिनामा दिने चेतावनी दिएका छन् । प्रतिष्ठानमा बढ्दै गएको अनियमितताका विरुद्ध आवाज उठाइरहेका चिकित्सकहरुको आन्दोलन एक साता सम्म पुग्दा पनि उपकुलपति काठमाण्डौंमा बसेर आन्दोलन दबाउन खोजिरहेको आरोप लगाउँदै उनीहरुले सामुहित राजिनामा दिने चेतावनी दिएका छन् । आज सातौं दिन प्रतिष्ठानमा क्षेत्रमा विरोध र्याली प्रदर्शन पछि उपकुलपति कार्यालय अघि विरोध सभा गर्दै संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले दुई वटा कार्यक्रमको घोषणा गरेका छन् । उनले भने, ‘संयुक्त संघर्ष समितीले छलफल गरेर अल

    • प्रकाशित मितिः असार ७, २०७८
    • 2,793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोहित मास्केको “चिसो चिसो हावा चल्यो” सार्वजनिक

    धरान । धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत “चिसो चिसो हावा चल्यो” विश्व संगीत दिवसको अवसर पारेर सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानल मार्फत “लिरिकल भिडियो” को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द –संगीत समेत रहेको छ । जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो । धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाईपछि बिगत ५ बर्ष देखि आफ्नो व्यवसायसंगै फुर्सदको क्षणमा संगीतमा समेत समय दिने गर्दछन् । धरानमा हुने बिभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिईरहने गयाक मास्केले “चिसो चिसो

    • प्रकाशित मितिः असार ७, २०७८
    • 773 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेफ्टीटेङकीमा खसेर २ जनाको मृत्यु

    सुनसरी । संखुवासभा खादबारी नगरपालिका ४ सेखा मा नयाँ ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्दा अचानक सेफ्टीटेङकीमा खसेर २ जना मजदुरको मृत्यु भएको छ । नरेश गुरुंङको घरमा बनाइएको सेफ्टीटेङकीमा खसेर मृत्यु हुनेमा खादबारी ५ का ३७ बर्षीय ताराबिर गुरुङ र सोही स्थान ४ का २४ बर्षीय ईश्वर बहादुर राई रहेका छन् । आइतबार राती सेफ्टीटङकी खसेर बेहोस भएका उनिहरुको तत्काललै उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल खादबारीमा लगिएको थियो । उपचारकै क्रममा पौने ८ बजे दुवै जनाको मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 625 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved