ट्याक्टर दुर्घटनाहुदाँ २ जनाको मृत्यु ४२ जना घाईते

  • असार २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

धरान । संखुवासभाको चैनपुर नगरपालिका(१० स्थित लेगुवा खाँदबारी सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४२ जना घाईते भएका छन् ।

शुक्रबार दिउँसो १ बजे मलामी बोकी पिलुवा खोलामा गई दाहा सस्कार गरी फर्कदै गरेको को २ त ३९६१ नम्बरको ट्रयाक्टर सडक साईडमा पल्टी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार ४४ जना घाईते भएका थिए ।

दुर्घटनाबाट घाईते भएकाहरुलाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा चैनपुर १० का २४ बर्षीय गंगा बहादुर तामाङ र चैनपुर ९ का ४६ बर्षीय केशब कार्कीको मृत्यू भएको हो ।

ट्रयाक्टर चालक मोहन कुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved