धरान । र्याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित एस.इ इ.स्पिकरका उत्कृष्ट १० जना सहभागिलाई बुधबार नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण दिइएको छ ।
युनिभर्सल पिस फेडरेसनका १ नम्बर प्रदेसका संयोजक एवम समाजसेवी राम बहादुर लिम्बुले विद्यार्थीहरुलाई नेतृत्व विकास सम्बन्धि सहजीकरण गरेका थिए । असल शिक्षाबाट निर्देसित भएर काम गर्न लिम्बुले विद्यार्थीहरुलाई सुझाए । देशमा विद्यमान बढ्दो विकृति र विसङ्गतिलाई त्यागेर सामाजिक कार्यमा अग्रसर गर्ने उत्प्रेरणा मिल्ने खालका तालिम दिइएका सहजकर्ता लिम्बुले जानकारी दिए । मङ्गलबार भएको दोश्रो चरणको प्रतियोगीताबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेस गरेका थिए । विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि बिभिन्न बिषय सम्बन्धि अभिमुखिकरण गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । फाईनल प्रतियोगीता असार–२७ गते सोमबार हुने उनले बताए ।