राजनीतिक हस्तक्षेपले विश्वविद्यालयको स्तर खस्किएको वक्ताहरूको धारणा

  • असार २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । यहाँ आयोजित विचार गोष्ठीका वक्ताहरूले बढ्दो राजनीतिक हस्तक्षेपका कारण त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्तर दिनदिनै खस्कँदै गएको धारणा व्यक्त गरेका छन् ।

त्रिवि प्राध्यापक सङ्घको महेन्द्र बहुमुखी एकाइ समितिले ६४ औँ त्रिवि दिवसको अवसरमा शुक्रबार आयोजना गरेको विचार गोष्ठीका वक्ताहरूले यस्तो धारणा राखेका हुन् । प्राज्ञिक स्तर जोगाउन विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा सबै वक्ताहरूको जोड थियो ।

प्राध्यापकहरूको नियुक्ति र बढुवाको आधार अध्ययन–अनुसन्धानलाई बनाइनुपर्ने धारणा राख्दै वक्ताहरूले राजनीतिक हस्तक्षेपकै कारण विश्वविद्यालयको प्राज्ञिक उन्नयन हुन नसकेको विचार राखेका थिए । वक्ताहरूले विश्वविद्यालयमा अध्ययन–अनुसन्धानको संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

‘त्रिभुवन विश्वविद्यालयको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक विचार गोष्ठीमा डा दीपक न्यौपाने र डा गोपीकृष्ण खतिवडाले संयुक्तरूपमा तयार पारेको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र प्रस्तुत गर्दै डा न्यौपानेले ४६ सालको राजनीतिक परिवर्तनपछि विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप र भागबण्डाको संस्कृति प्ररम्भ भएको चर्चा गरेका थिए । ६२÷६३ को परिवर्तनपछि यो संस्कृतिले अझ विकृत रूप लिएको उनको विचार थियो ।

कार्यक्रममा बोल्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले योग्यता र क्षमताका आधारमा नभई राजनीतिक आधारमा पदाधिकारी र प्राध्यापाकहरूको नियुक्ति र बढुवाको संस्कृतिले विश्वविद्यालयको स्तर खस्कँदै गएको बताएका थिए । उनले योग्य र दक्ष व्यक्तिलाई पदाधिकारी बनाएर काम गर्ने स्वतन्त्रता प्रदान गरिएमा मात्र विश्वविद्यालयको प्रगति हुने धारणा राखेका थिए । कार्यपत्रमा टिप्पणी गर्दै प्राडा टङ्कप्रसाद न्यौपाने र प्राडा गोपाल भण्डारीले पनि राजनीतिक हस्तक्षेपको अन्त्य नभएसम्म विश्वविद्यालयको उन्नति नहुने धारणा राखेका थिए ।

त्यसै क्रममा सहप्राध्यापक गणेश कार्कीले विश्वविद्यालयका अधिकारलाई विकेन्द्रित गरिनुपर्ने धारणा राख्दै एम्फिल् र पीएच्डीको पठनपाठन पनि कम्तीमा प्रदेश तहसम्म लैजानुपर्ने सुझाव दिएका थिए । वक्ताहरूले आंशिक र करारको समस्यालाई उपयुक्त विधिबाट तत्काल हल गरेर सेवा आयोगमार्पmत् वर्षैपिच्छे नयाँ भर्नाको व्यववस्था मिलाइनुपर्ने सुझाव पनि दिएका थिए ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख लड्डुप्रसाद शाही, क्याम्पस प्रमुख दामोदर भण्डारी, प्राध्यापक सङ्घका केन्द्रीय सदस्य बद्री तामाङ, एकाइ सभापति चन्द्र राई, उपसभापति बालजित राई, सचिव ईश्वर ताम्राकारलगायतले बोलेका थिए ।

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved