समाचार

    Showing 5,901-5,910 of 8,609 items.
  • आफ्नै बुबाको हत्या गर्नै छोरा पक्राउ

    खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको हुन् । घटनाको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 559 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारबाट सोलुखुम्बुलाई ३५ करोड

    सोलुखुम्बुः प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई ३५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी वर्षमा खर्च गर्नेगरी जिल्लाका आठवटा स्थानीय तहका लागी प्रदेश सरकारबाट ३५ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । अघिल्लो बिहीबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्रदेश सभा (क) अन्तरगत पर्ने स्थानीय तहका लागि २३ करोड १८ लाख र प्रदेश सभा (ख) अन्तरगत पर्ने स्थानीय तहका लागि १२ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन भएको प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले जानकारी दिए । प्राप्त जानकारी अनुसार सोलु दूधकुण्ड नगरपालिकालाई पाँच करो

    • प्रकाशित मितिः असार १२, २०७८
    • 566 पटक पढिएको
    • "रासस"
  • तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ

    तेह्रथुम । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्केबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । शुक्रबार दिउसो सँवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बन्दुक बोकेर हिडिरहेको अबस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार १२, २०७८
    • 940 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिकित्सकको अभावमा रामधुनीको कोभिड अस्पताल सञ्चालनमा आउन सकेन

    धरान/ चिकित्सकको अभावमा सुनसरीको रामधुनीको कोभिड अस्पताल सञ्चालनमाआउन सकेको छैन । सुनसरीको रामधुनीनगरपालिकाले निर्माण गरेको कोभिड अस्पताल अहिलेसम्म सञ्चालनमाआउन सकेको छैन । नगरपालिकालेपहिलो चरणको कोरोना फैलिएकै समयमानिर्माण सुरु गरेको अस्थायी कोभिड अस्पताल चिकित्सकनभएकै कारण अझै सञ्चालनमाआउननसकेको हो । प्रदेश सरकारको १० लाख रुपैयाँको लागतमा एक एम.बी.बी.एस डाक्टरको सुविधासहितको सेवा सञ्चालनगर्ने भन्दै निर्माण गरिएको १० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमाआउननसकेको हो् । केही समयअगाडि धुमधामकासाथ उदघाटन गरिएको सो अस्थायी अस्पतालमा अन्यकर्मचारी भएपनि डाक्टर नआएकाले अस्पताल सञ्चालनहुननसकेकोे नगर

    • प्रकाशित मितिः असार ११, २०७८
    • 734 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • इटहरीको बजेट २ अरब १७ करोड, कार्यकाल सकिनै लाग्दा मेयरले भने इटहरीलाइ नमुना शहर बनायौ (पूर्णपाठ सहित)

    इटहरी / आगामि आर्थिक वर्ष ०७८।७९का लागि इटहरी उपमहानगरले २ अर्ब १७ करोड ४५ लाखको बजेट प्रस्तुत गरेको छ । अघिल्लो वर्ष सम्पन्न नभएका बिकासका आयोजनाहरूलाइ प्राथमिकतामा राख्दै इटहरी उपमहानगरकी उप प्रमुख लक्ष्मी गौतमले सो बजेट प्रस्तुत गरेकी हुन । अहिले समुदाय स्तरमा फैलिएको नयाँ भेरियन्टको कोरोना नियन्त्रणलाइ मुख्य प्राथमिकतामा राख्दै उप प्रमुखले बजेट प्रस्तुत गरेकी हुन । उपमहानगरको नवांै नगरसभा मार्फत जारी गरिएको बजेटको आकार गत वर्ष भन्दा फराकिलो देखिएको छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले नवौ नगरसभाको सुभारम्भ सभालाइ समबोधन गर्दै जारि गरिएको बजेट स्थानीय तह अन्तरगत आफ्नो कार्यकालको अन्तिम

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,214 पटक पढिएको
    • "तेजबहादुर बन"
  • दमकमा निर्माणाधीन नेपालकै अग्लो ‘भ्यूटावर’को निर्माण कार्य ४०% सम्पन्न

    झापा । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । १०० मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताए । चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् । कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्र गतिमा निर्माण कार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको इञ्जीनि

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,064 पटक पढिएको
    • " रासस"
  • सूर्योदय नगरपालिकाको बजेट एक अर्ब २९ करोड

    इलाम/ सूर्योदय नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि १ अर्ब २९ करोड रुपैया भन्दा बढिको बजेट ल्याएको छ । नगरसभाबाट सूर्योदयले १ अर्ब २९ करोड ९१ लाख ३३ हजार ८ सय रुपैयाको बजेट ल्याएको हो । नगरको कुल बजेट मध्ये चालु तर्फ ६५ करोड २७ लाख ८ सय र पुँजीगत तर्फ ६४ करोड ६४ लाख ३३ हजार रहेको छ । क्षेत्रगत रुपमा सूर्योदयले आर्थिक विकासमा १७ करोड २८ लाख ६० हजार बजेट ल्याएको छ । जसमा कृषि तर्फ ८ करोड ७ लाख ८ हजार, उद्योग ५४ लाख, पर्यटन १ करोड ९६ लाख, सहकारी १ करोड ५ लाख, वित्तिय क्षेत्र ९ लाख २५ हजार रहेको छ । जलश्रोत तथा सिचाई तर्फ ४ करोड ३० लाख ६२ हजार, वन १६ लाख, पशुपंक्षी विकास १ करोड ५

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,036 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानको बजेट प्रस्तुत : नगरसभा असार १९ सम्म स्थगित

    धरान/ कोेभिडको संकटपूर्ण अवस्थामा पनि धरान उपमहानगरपालिकाले बार्षिक बजेट प्रस्तुत गरेको छ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा उपमहानगरपालिकाले नवौं नगरसभामाको आयोजना गर्दै उपहानगरपालिकाकी उप्रमुख मञ्जु भण्डारी सुवेदीले आर्थिक बर्ष ०७८÷०७९ को अनुमानित बजेट पेश गरेकी थिइन् । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले नगरसभाको उद्घाटन गरेका थिए । यो बजेट गत बर्ष अर्थात ०७७÷०७८ को भन्दा भन्दा ३१ करोड बढीको बजेट उपमहानगरपालिकाले प्रस्तुत गरेको छ । गत बर्ष १ अर्ब ७२ करोड ५४ लाख ४१ हजार ४ सय ५० रुपैयाको बजेट प्रस्तुत गरेको थियो । कोरोना महामारीका बीचमा पनि आर्थिक स्रोतहरु कम भएपनि

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,017 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माई नगरपालिकाको बजेट ६७ करोड ३४ लाख

    इलाम/ माई नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि कूल ६७ करोड ३४ लाख ३० हजार रुपियाँको बजेट ल्याएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । शिक्षाका लागि १ करोड ९० लाख रुपियाँ, स्वास्थ्यमा १ करोड ५६ लाख ६० हजार रुपियाँ र पूर्वाधारमा १ करोड ४० लाख बजेट विनियोजन गरेको हो । यस्तै महिला तथा बालबालिका शिर्षकमा ५५ लाख, खानेपानी तथा सरसफाइका लागि ३४ लाख, संस्कृति पर्यटनका लागि ७५ लाख, सुचना प्रविधिमा ३४ लाख, र विशेष कोष व्यवस्थापनमा १ करोड ९० लाख रुपियाँ बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्षका लागि आय तर्फ वित्तिय समानिकरण अनु

    • प्रकाशित मितिः असार ११, २०७८
    • 739 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इलाम नपगरपालिकाको बजेट एक अर्ब २१ करोड

    इलाम / इलाम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि एक अर्ब २१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाको नवौ नगरसभाबाट आगामी वर्ष कार्यान्वयन हुने एक अर्ब २१ करोड ३५ लाख रुपैयाँको बजेट पारित गरेको हो । नगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १२ करोड विनियोजन तर्फ १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । निशर्त अनुदान तर्फ आर्थिक विकासमा दुई करोड ७१ लाख ५० हजार रुपैयाँ, सामाजिक विकासमा तीन करोड ९८ लाख रुपैयाँ, पूर्वधार विकासमा ३३ करोड ८३ लाख ३३ हजार एकसय ६० रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि पाँच करोड ३३ लाख १२ हजार आठ सय ४० रुपैयाँ विनियोजन

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,114 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved