मंगलबारबाट पुरानो बजारमा एकतर्फी पार्किङ

  • असार २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दिनप्रतिदिन सवारी चाप गएपछि दुर्घटना न्यूनिकरणका लागि सरोकारवालाहरु गम्भीर बनेका छन् । धरान ३ माछाभौडीदेखि सिंहदेवीचौकसम्म मंगलाबारबाट सवारी साधनको एकतर्फी पार्किङ शुरु गरिएको छ ।

दुईतर्फी पार्किङ हुदा सवारी आवागमनमा सहज बन्ने र दुर्घटना बढ्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले जनप्रतिनिधि, व्यापारी तथा व्यवसायीहरुसँग एकतर्फी पार्किङका लागि पहल अगाडि बढाएको थियो । एकतफी पार्किङका लागि पटक पटक छलफल समेत भए, अन्तत: सबैको समझदारी अनुरुप धरानको पुरानो बजारमा एकतर्फी पार्किङ राख्ने काम भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनले भने–‘सडकका दुवैतर्फ पार्कि«ङ गरिदा दुर्घटनाको जोखिमसँगै ट्राफिक व्यवस्थापनमा समस्या थियो, एकतर्फी पार्किङ गरिँदा दुर्घटना न्यूनिकरणसँगै ट्राफिक व्यवस्थापनमा सहज हुने हामीले महसुस गरेका छौं ।’

सर्वपक्षीय छलफलपश्चात मंगलबाट कार्यान्वयन गरिएको बस्नेतले बताए । उनले भने–‘आजबाट हामीले शुरुवात गरेका छौ l पार्किङ गर्न नपाउने पट्टि ‘नो पार्किङ’ को बोर्ड समेत लगाइसकेका छौं ।’

यो सँगै धरानको मुख्य चौक भानुचौक, देशीलाइन, पुरानो बजारका क्षेत्रमा सडकको दुईतर्फी पार्किङलाई कार्यान्वयन गर्दै जाने बस्नेतले बताए । उनले भने–‘ व्यस्त बजार त्यसमाथि अत्याधिक सवारी चापले दुर्घटनाको जोखिम त छँदैछ ट्राफिक व्यवस्थापनमा समेत असहज भएका छ, यसलाई सबै पक्षसँग सहकार्य गरेर चाडै हामी समाधान गछौं ।’

धरानको मुटु मानिएको यस क्षेत्रको पार्किङको समस्या समाधानमा यस भन्दा अगाडिका जनप्रतिनिधिले ट्राफिकसँग मिलेर ठूलो प्रयास गरेको भएपनि समाधान हुन नसकेको धरान उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष रमेश राईले बताए । उनले २ मा रहेको व्यस्त सडकमा दुईतर्फी पाकिङले समस्या ल्याएको बताए । उनले भने –पुरानो बजारमात्र हैन सबै ठाउँमा हामी सहकार्य गरेर समाधान गर्छौ ।’

यता व्यापारी व्यवसायीहरुले पनि एकतर्फी पार्किङको विषयमा सहमत जनाएका छन् । व्यवसायी विशाल अग्रवालले सडकको एकापट्टिमात्र पार्किङ गर्न दिने विषय सबैको लागि राम्रो विषय भएको बताए । उनले भने–‘तर यो दीर्घकालीन समस्या होइन, अल्पकालीन समस्या हो, यसलाई दीर्घलीन समस्या समाधान गर्ने हो भने सडकमा हैन छुट्टै पार्किङको व्यवस्था गर्नुपर्छ ।’

तेस्रो ‘मिस्टर कञ्च ...

झापा/ युवाहरूमाझ शारीरिक सुगठनप्रति रुचि जगाउने र ...

धरानमा  कोशी प्रदेश ...

धरान/  धरान बास्केटबल संघको आयोजना, कोशी प्रद ...

धरानमा अटोको ठक्करबा ...

धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक ...

ब्राउन सुगरदेखि ट्रा ...

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved