धरान । अहिले नेपालमा नया रोग फैलिएको छ । किराको टोकाइबाट हुने यो रोगबाट प्रदेश नं. १ को झापा, मोरङ, सुनसरीमात्र हैन पहाडी क्षेत्र इलाममा समेत देखिएको छ ।
इलाममा जिल्लाका केही पालिकामा नाइरोबीका संक्रििमत फेला जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ l
जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता कीराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण फैलिने बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित अस्पताल आउन थालेको जानकारी दिए । उनले भने “किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ ।”
पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता सङ्क्रमित फेला पर्न थालेका हुन् । सङ्क्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गरे । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने उनीहरुको सुझाव छ ।