धरान । नेपाल राष्ट्रिय अपांग महासंघका पूर्व केन्द्रीय सदस्य यमबहादुर बस्नेतमाथि हातपात भएको छ ।
धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका र बस्नेतमाथि विद्यालयमै कुटपिट भएको हो ।
बस्नेतलाई सोही विद्यालयका शिक्षक चन्द्रकुमार राईले विद्यार्थीमाथि दव्र्यवहार गरेको आरोपका विषयमा विद्यालयमा छलफल भइरहेका बेला एक्कासी हातपात भएको हो ।
कुटपिटबाट प्रधानाध्यापक बस्नेतको दाहिने खुट्टा भाँचिएको छ । उनको आँखा र शरीरका अन्य भागहरुमा समेत चोट लागेको छ ।
कुटपिटबाट घाइते भएका बस्नेतले धनकुटा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रसबहादुर राइ, नेकपा एमाले निकट युवा संघका जिल्ला उपाध्यक्ष सन्देश आठपहरिया लगायतको समूहले कुटपिट गरेको आरोप लगाएका छन् । बस्नेतले भने–‘छलफल भइरहेको समयमा वडाध्यक्ष राई, युवा संघका जिल्ला उपाध्यक्ष आठपरिया लगायतकाले म माथि हातपात गरेका हुन् ।’
कुटपिटबाट घाइते भएका बस्नेतको उपचारका जिल्ला अस्पताल धनकुटा लगिएको थियो । सामान्य उपचारपछिइटहरीको वेदान्त अस्पतालमा लगिएको छ ।
चन्द्रकुमार राईले गरेको दुव्र्यवहारका विषयमा आइतबार दिउँसो पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी थिए । सोही विषयमा विद्यालयमा छलफल भइरहेका बेला अन्धधुन्धा हातापत भएको प्रधानाध्यापक बस्नेतले बताए । उनले भने–‘सन्देश आठपहरियाले पहिला कुर्सीबाट लछारपछार गर्दै बाहिर निकाले त्यसपछि सिँढीमा झारेर ५÷७ जनाको समूहले मलाई कुटे ।’ उनले कुट्न् समूहमा वडाअध्यक्ष राई, २ जना वडासदस्य, एमालेका नेता कार्यकर्ता पनि रहेको बताए । उनले भने–‘ममाथि कुटपिट गरेर लिएर राजनीतिक प्रतिशोध साँध्न खोजिएको बताएका छ, कुटपिट गर्नेलाई कार्वाही हुनुपर्छ ।’
सहिदभूमि गाउँपालिका–३ घर भएका ४० वर्षीय शिक्षक राईले सो विद्यालयका छात्रालाई पटकपटक यौन दुव््र्यवहार गरेको आरोप लागेको छ । उनले छात्राहरुको संवेदनशील अंगमा छुने, चिमोट्ने, ‘ब्रा’को इलास्टिक तन्काइदिने जस्ता व्यवहार पटकपटक गर्दै आएको आरोप लगाए पनि छलफलका क्रममा विद्यार्थीहरुले सधैँ विद्यालय नआउने, नम्बर कम दिने भन्दै आक्रोश व्यक्त गरेका थिए ।
यस विषयमा वडाध्यक्ष रसबहादुर राई र युवासंघ धनकुटाका उपाध्यक्ष आठपरियाले घट्नामा आफ्नो संलग्नता नभएको बताएका छन् । कुटपिटपछि पीडितपक्षले उजुरी नलिएको बस्नेतले आरोप लगाएका छन् । उनले भने–‘ कार्यकक्षमा कुटेको विषयमा उजुरी लिएर जाँदा प्रहरीले दर्ता गरेन । यस विषयमा धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले यस विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।