बराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं २ पुर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणाको अन्तिम चरणमा पुगेको छ । असार मसान्तसम्म वडा नं २ देशकै पहिलो बिमा युक्त वडा घोषणा गर्ने योजना अनुसार अघि बढेको प्राथमिक स्वास्थ्य केन्द्र चतराका निर्देशक डा. अनिल गिरिले बताए । ६ हजार ४ सय ९६ जनसंख्या रहेको वडामा हाल सम्म ६ हजार १ सय ६८ जनाले स्वास्थ्य बिमा गरेका छन् । ९४ दशमलव ८९ प्रतिशतले बिमा गरेको तथ्यांक रहेको वडामा १ हजार ७ सय २७ परिवारले बिमा गरेका छन् । सत् प्रतिशत बिमा गराउने योजना अनुसार प्रथामिक केन्द्रका कर्मचारी र बिमा अभिकर्ताहरु घरदैलौ कार्यक्रम गरेरै स्वास्थ्य बिमाको महत्व र बिमा नगर
सुनसरी । कोशीटप्पु क्षेत्रमा जंगली हात्तिको आक्रमणबाट बेलका नगरपालिका २ स्थित रामपुरका एक जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिकामा पर्ने कोसिटप्पु क्षेत्रमा बुधबार राति जंगली हात्तिको आक्रमणबाट ४० वर्षिय कमल यादवको घटना स्थलमै मृत्यु भएको हो । बस्तीमा पसेको अवश्थामा धपाउने क्रममा जंगली हात्तिले आक्रमण गरेको थियो । आक्रमणबाट यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जंगली हात्तिलाई धपाउन भागलपुर प्रहरी चौकी र स्थानीयको सहयोगमा सफल भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बिगत ४ बर्षमा ७ जना भन्दा धेरैको जंगली हात्तिले ज्यान लिइसकेक
धरान / केही वर्ष अघि सम्म नेपालकै शैक्षिक हबको रुपमा धरानलाई हेरिन्थ्यो । देशका विभिन्न जिल्लाबाट धरानमा गुणस्तरिय शिक्षाका लागि विद्यार्थी आउने गर्दथे । पछिल्लो केही वर्ष यता धरानका विद्यार्थीहरु काठमाण्डौं धाउन थालेका छन् । विद्यार्थीहरु मात्रै होइन्, प्राध्यापकहरु पनि काठमाण्डौंमै पुगेर अध्यापन गराउने क्रम बढ्दै गएको छ । काठमाण्डौं केन्द्रित शिक्षालाई मोफसलमै स्थापित गराउन अहिले धरानको धरान मेघा कलेज नयाँ योजनाका साथ आएको छ । लामो समय सम्म अध्यापनको अनुभव लिएका शिक्षकहरुबाट धरानमै गुणस्तरिय शिक्षाका लागि अघि बढेको छ । एकै थलोमा विद्यालय तह देखि ब्याचलर सम्मको अध्ययन गराउन थालेको छ । ह
विराटनगर । अवैध रुपमा भारतबाट तस्करी गरी विराटनगरतर्फ ल्याइँदै गरेको चिनीसहितको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । ७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरी बिओपीका इनिसपेक्टर दिलबहादुर पन्तको नेतृत्वको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको बताइएको छ । सशस्त्र प्रहरीका अनुसार बिओपी बखरीले विराटनगर–६ ब्रम्हापुरामा को १ ख २१२९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको हो । ट्रकका सवारी चालक सुनसरी देवनगन्ज गाउँपालिका – २ का २८ वर्षीय राजेश कुमार खत्वीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सवारी देवनगन्ज २ का विसनदेव मेहताको भएको र तस्करीको चिनी
सुनसरी । प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय ५१ महिला र ३ सय ४ पुरुष रहेका छन् । सामाजिक विकाश मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७ सय ४३ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेशमा विहिबार ४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित थपिनेहरुमा झापामा १ सय ४३, सुनसरीमा १ सय ३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६–६, तेह्रथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको छ । झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दम
विराटनगर । प्रदेश १ मा बुधबार ७ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय २४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १ सय ८८ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १ सय ५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमणदेखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुल
धरान । वैशाख ७ गते देखि हराएका धरान ५ देउरालीका प्रदिप सुब्बाको शव करिब २७ दिन पछि पत्रङबारीको जंगलमा भेटिएको थियो । सुब्बाको परिवारले स्थानीय शंकास्पद व्यक्तिको नाममा उजुरी दिएको पनि ५ हप्ता पुगेको छ । तर अहिले सम्म न त ती व्यक्ति नै पक्राउ परेका छन् न त प्रहरीले उजुरीनै दर्ता गरेको छ । अहिले सुब्बाका बुबा, आमा र बैनी न्यायका लागि भौतारिरहेका छन् । वेवारिसे अवश्थामा शव भेटिएको १ महिना एक साता पुगिसक्दा पनि प्रहरीले आरोपितहरुलाई पक्राउ नगरेको भन्दै आक्रोशित बनेका छन् । उनीहरुले मंगलबार पत्रकार सम्मेलन गरि न्यायका लागि आग्रह गरेका छन् । मृत्तककी बहिनी कृतिमा सुब्बाले धरान ५ पत्रङबारीका रामकुम
धरान। बिगत १६ दिन देखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक तथा विद्यार्थीहरुले आज चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । मुख्य पदाधिकारीको गैर जिम्मेवार कामकै कारण प्रतिस्ठान धरायसी बन्नुको साथै झन समस्या थपिदै गएको आरोप लगाउदै मुख्य पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । चौध दिन दैनिक धर्ना र बिरोधसभा गर्दै आएको संयुक्त संघर्ष समितिले दुई दिन अघि देखि रिले अनसनमा थियो । १६ दिन पछि मुख्य पदाधिकारीहरुले वार्ता बोलाए पनि उपकुलपतिले मादक पदार्थ सेवन गरेर आए पछि वार्ता बिथोलिएको थियो । उपकुलपतिले मादक पदार्थ सेवन गरेको थाहा पाए
झापा। झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । सोमबार दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो । प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनिहरुले खरिद गरि ल्याएको स्थान खुल्न आए सगै ईलाम चुलाचुली ४ घर भई हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सय सहित पक्राउ गरिएको छ । बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा ईलामको घर
उदयपुर । उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकाशिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यसअनुसारको बजार मूल्य पाउन सकेको छैनन् । आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जानकारी दिएको छ । विगतमा आँपको मौसम शुरु भएपछि स्थानीय बजारमा प्रतिकिलो आँपको मूल्य रू। २० देखि ३० पर्नेमा यस वर्ष रू। ७० देखि १०० सम्म रहेको छ । आँपको मौसम शुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका क