मोरङ/ प्रदेश एकमा सम्बन्ध विच्छेद र लागू औषधको मुद्दा बढी भएको पाइएको छ । मोरङ जिल्ला अदालतमो सम्बन्ध विच्छेद र लागुऔषधका मुद्दा दर्ताको संख्या धेरै रहेको पाइएको हो ।
मोरङ जिल्ला अदालतमा चालू आर्थिक वर्ष २०७८। ७९ मा ४ हजार ६४१ वटा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताए ।
उनले भने ‘दर्ता भएकामध्ये सबैभन्दा बढी फौजदारी कसुरमा पनि सम्बन्ध विच्छेदको बढी दर्ता भएको छ ।’
मोरङ अदालतले चालू आर्थिक वर्षमा लक्ष्य भन्दा ३७९ वटा कम मुद्दा फैसला गरेको छ । चालू आवमा अदालतले ५ हजार ६१९ वटा मुद्दा फस्र्याैट गर्ने लक्ष्य लिएका भएपनि चालू आर्थिक वर्षको असार ३१ गतेसम्म ५ हजार २४० वटा मात्र मुद्दा फास्र्यौ भएको मोरङ अदालतका श्रेस्तेदार राणाले जानकारी दिए ।
चालु आर्थिक बर्षमा सबैभन्दा बढी सम्बन्ध विँच्छेदको मुद्दा अदालतमा परेको श्रेष्तेदार राणाले बताए । उनले भने–‘मोरङ अदालतमा अहिलेसम्मको सबैभन्दा बढी सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको छ, चालू आर्थिक वर्षमा ८ हजार ६४१ वटा मुद्दा दर्ता भएका थिए । अदालतले ४ हजार १५८ वटा मुद्दा दर्ता लिएको थियो । जिम्मेवारी सरेर आएका ३ हजार ५४० र चालू आर्थिक वर्षमा नयाँ दर्ता भएका ५ हजार १०१ मुद्दा दर्ता भएको देखिन्छ ।’
मोरङ अदालतमा अघिल्लो आर्थिक वर्ष ०७७ । ७८ मा ६ हजार ४२५ वटा मात्र मुद्दा दर्ता भएका थिए । यसअघि आर्थिक वर्ष ०६७ । ७७ मा ५ हजार ४१ वटा मुद्दा दर्ता भएको अदालतको अभिलेखमा देखिन्छ । आर्थिक वर्ष २०७५ । ६७ मा ६ हजार ५८१ मुद्दा दर्ता भएका थिए । चालू आर्थिक वर्षमा मुद्दा दर्ता भएकामध्ये सम्बन्ध विच्छेदका १ हजार ७९४ वटा दर्ता भए । तीमध्ये १ हजार ३२६ वटा मुद्दा फस्र्यौट भएको श्रेस्तेदार राणाले जानकारी दिए । सम्बन्ध विच्छेदका ४६८ मुद्दा फैसला हुन बाँकी छ ।
यसैगरी जबरजस्ती करणी सम्बन्धी ३७२ वटा मुद्दा दर्ता भएकामध्ये २५९ वटा फस्यौट भएको छन । ज्यान सम्बन्धी १९४ मुद्दा दर्ता भएकामध्ये १२४ फस्र्यौट भएका छन भने ७० वटा मुद्दा विचाराधीनमा रहेका छन् । यस्तै लागूऔषध मुद्दा ४७९ वटा दर्ता भएकामध्ये ३७० वटा फस्यौट भए भने १०९ बाँकी रहेको अदालतका श्रेष्तेदारा राणाले जानकारी दिए ।
चालू आर्थिक वर्ष २०७७ । ७८ बाट ३ हजार ५४० वटा मुद्दा लगत सरेर आएको थियो । अदालतले जरिवानावापत २७ करोड ३३ लाख ८१ हजार ६६८ रुपैयाँ असुली गरेको छ ।