हङकङमा रहेका धरानेहरुद्वारा पाइप सहयोग

  • साउन २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानका मेयर हर्क साम्पाङको खानेपानी समस्या समाधानको सपना पूरा गराउन विदेशमा रहेका धरानेहरुले धमाधम सहयोग पुर्‍याएको  छन् ।

विदेशमा रहेका धरानेहरुले धरानलाई स्वच्छ, सफा बनाउने मेयर साम्पाङको सपनालाई पुरा गराउन धमाधम डस्विन प्रदान गर्दै आएका छन् भने पछिल्लो पटक खानेपानीका लागि पाइप नै प्रदान गरेका छन् ।

धरानका १७ का किसन राई र गँगा राईले आफ्नो स्वर्गीय माता खाइसु माया राई ,पिता – किताब सिंह राई को स्मृतिमा खानेपानीको पाईप २७ थान उपलब्ध गराएका हुन् ।

मेयर साम्पाङ्गको निसाने खोलाबाट पानी ल्याउने योजनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पाइप उपलब्ध गराएका हुन् । धरान १७ मा स्थायी बसोबास भएका र हाल यु.के राईद्वयले पठाएको रकमबाट स्थानीय शोभा राईले नगर प्रमुखलाई पाइप प्रदान गरेका हुन् । प्रदान गरिएको पाईप ३ इन्चको १ सय ७२ मिटरको रहेको छ । मेयर साम्पाङले पाईप हस्तान्तरण गर्ने सहयोगीलाई धन्यवाद दिँदै निसानेबाट अस्थायी रुपमा पानी ल्याउने योजनामा यो पाईप सहयोग पुग्ने बताए ।

उनले शुक्रबार निशनेको अवलोकन गरेर सानो योजना भएपनि धराने जन्तालाई तत्कालीन तिर्खा भेटाउन यो योजनालाई अगाडि सारेको बताए ।

 

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved