इटहरी/ प्रदेश १ का मुख्य विकशित शहरको रुपमा अघि बढ्दै गरेको इटहरी उपमहानगरपालिका केही समय यता समस्यामा जकडिदै गएको छ । उपमहानगरले बनाएका योजनाहरु अलपत्र हुँदा इटहरीको विकाश उधोगतिमा गइरहेको छ । पछिल्लो एक दशक यता नसोचेको विकासले गति लिएको इटहरी हरेक महिना विभिन्न काण्डका कारण चर्चामा आउने गरेको छ । तीव्र रुपमा शहरीकरणमा विकाश भइरहेको इटहरी पछिल्लो समय पहाडी जिल्लाका सर्वसाधारण, व्यापारी र विद्यार्थीको रोजाइमा पर्दै गएको छ । तर अव्यवस्थीत बजार, कालोबजारी, जस्ता अवैधानिक कार्यलाई निरुत्साहित गर्न उपमहानगरपालिका नलाग्दा भविष्यनै विकराल बन्ने सम्भावना देखिएको छ । प्लास्टिकमुक्त शहर नारामै सी
विराटनगर / मोरङका स्थानीय तहमा शासकीय बेतिथि बढ्दै गएको देखिएको छ । ऐन नियमले नदिएको अधिकारको प्रयोग, दोहोरो सेवा सुविधा, आर्थिक अनियमितता र बेरुजूको परिमाण बढ्दो क्रममा देखिएको छ । महालेखा परीक्षकको ५८ औ प्रतिवेदनमा मोरङका सबै १७ स्थानीय तहमा शासकीय बेथिति देखिएको छ । रंगेली नगरपालिकाका कार्यपालिका सदस्यले दोहोरो सेवा सुविधा र भत्तासमेत लिएका छन् । ग्रामथान गाउँपालिकामा पनि त्यस्तै समस्या देखिएको छ । गाउँ तथा नगरपालिकाका सदस्यहरुले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ मा उल्लेख छ । तर रंगेली नगरपालिकाका पदाधिकारी र कर्मचारीले पटक पटक अनुगमन भत्ता भुक्तानी गरेको महालेखाको
होप धरान के हो ? होप धरान मानवतालाई फर्काएर ल्याउनुपर्छ भनेर अभियान संचालन गरेको संस्था हो । ठुलो संस्था होइन्, कुनै जात, धर्म, दल विशेष छैन् । सबैको अनुहारमा मुस्कान ल्याउने प्रयत्न हो, असहाय, गरिब, दुखीको अनुहारमा खुशी ल्याउने कोशिष मात्रै हो । त्यही अभियान हो होप धरान । हामी संग करिब ४५ जना सदस्य हुनुहुन्छ । चाडै नै यसले आधिकारिक रुपमा टिम पाउने भएको छ । कोरोना महामारीका कारण दर्ता प्रक्रिया ढिलो भएको थियो । अहिले दर्ता भइसकेको छ । विगत तिन वर्ष देखि सामाजिक अभियानमा हुनुहुन्छ, कस्तो अनुभव रह्यो ? सबै भन्दा ठुलो कुरा आत्मसन्तुष्टी छ । तिन वर्ष अघि सडक मानवलाई एक छाक खाना खुवाउन शुरु गरेक
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार अभियान अन्तर्गत देशै भरि आन्दोलन भइरहँदा पनि राज्य पक्षले कुनै ठोस कदम चाल्न सकेको छैन् । विगत ७० दिन देखि चलिरहेको आन्दोलनलाई निस्तेज पार्न पटक पटक कार्यदल बनाए पनि सुधार उन्मुख योजनाहरु बन्न नसके पछि पुनः प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी सडकमा निस्किएका छन् । आन्दोलनका क्रममा ४ पटक विभिन्न कार्यदल तथा आयोगहरुले अध्ययन तथा अनुसन्धान गरिसकेका छन् । तर कार्यदल तथा आयोगले बुझाएका प्रतिवेदनहरु कुनै पनि कार्यान्यवनमा नआउँदा सरकार प्रतिनै प्रश्न खडा भएको छ । अहिलेको सरकार पनि प्रतिष्ठानलाई दुहुनो गाईनै बनाउन तल्लिन रहेको टिप्पणी हुन थालेक
धरान / कोरोनाका कारण सबै क्षेत्र प्रभावित बनेको छ । कोरोनाले अर्थतन्त्रलाई धरासायी बनाउदै गएपछि नेपाल सरकारले स्वास्थ्य मापदण्ड र खोपलाई प्राथमिकता दिदै हरेक क्षेत्र खुकुलो बनाउदै गएको छ । तर मन्दिमा भने अझै लकडाउन नै रहेको छ । मन्दिरमा बढी भीडभाड हुने र कोरोनाको जोखिम धेरै हुने भन्दै मन्दिर खुल्ला गरेको छैन । जसका कारण एकातिर भक्तजनको आस्थामा ठेस पुगेको छ भने अर्काेतर्फ मन्दिरबाट आश्रित परिवारलाई जीवन धान्नै धौं धौं परेको छ । धरान उपममहानगरपालिका वडा नं. १४ पूर्वकै धार्मिक पर्यटकीय स्थल हो । विजयपुरमा रहेका हरेक मठमन्दिरको आ–आफ्नै धार्मिक मान्यता छन् । पिण्डेश्वर मन्दिर, दन्तकाली
धरान/ वीपी सुधार आन्दोलनले पद नै धरापमा पारे पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी पद जोगाउन शक्तिकेन्द्र धाउन थालेका छन् । शुद्धीकरणको आन्दोलनमा होमिएका संयुक्त संघर्ष समितिको आन्दोलनको मुख्य मुद्दा नै चारजना पदाधिकारीको राजीनामा भएकोले पछिल्लो समय पदाधिकारीको विषयमा सम्बन्धित निकायले छानविनलाई तिब्रता दिएपछि उनी अत्तालिएको प्रतिष्ठानकै एक बरिष्ठ चिकित्सक बताउँछन् । विगतदेखि नै सत्ताको नजिक हुन चाहने रजिष्ट्रार रेग्मी केपीको ओलीको सरकार हुँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ७ करोड बुझाएको चर्चा चलेको छ । पछिल्लो पटक उनी शक्तिकेन्द्
झापाः कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लामा हालसम्म एक लाख ८८ हजार ७४१ व्यक्तिले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेका छन् । सबैभन्दा बढी मात्रामा चीनबाट आएको भेरोसेल खोप लगाइएको छ । उनले ७७ हजार ४३७ ले भेरोसेल खोप लगाएको जानकारी दिए । त्यसमध्ये दुई मात्रा ९पूर्ण खोप० लगाउने १३ हजार २१६ र एक मात्रा मात्र लगाउने ६४ हजार २२१ छन् । जिल्लामा ६२
सुनसरी/ सामुदायिक वनका पदाधिकारीकै संलग्नतामा समुहले संचालन गरेको माछापोखरीबाट माछा चोरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ५ मा रहेको जनजागृति सामुदायिक वन उपभोक्ता समूहको माछापोखरीबाट भदौ १ गते माछा चोरी गर्दै गरेको अवश्थामा समुहका सदस्यहरुले पक्राउ गरेका थिए । वन उपभोक्ता समूहका अनुगमन सदस्य समेत रहेका पहल वहादुर कार्की ( गोविन्द ) को नेतृत्वमा वनको साधारण सदस्य खड्ग वहादुर खड्का र लिसिगँ माझीले माछा चोरी गर्दै गरेको अवश्थामा पक्राउ परेका हुन् । उनीहरुले कालिन्द्र सामुदायिक वन उपभोक्ता समूह बराहक्षेत्र वार्ड नम्बर ३ का अध्यक्ष रेम्बो लिम्बू सँग माछा मा
विराटनगर/ नेकपा एमालेका नेता माधव कुमार नेपालले नयाँ पार्टी गठन गर्ने प्रक्रिया शुरु गरेसंगै १ नम्बर प्रदेश सरकार के हुने भन्ने अडकलबाजी शुरु भएको छ । सरकारको नेतृत्व फेर्ने गठबन्धनको जोडबल र वहुमत कायम गरेर एमालेकै नेतृत्वमा अर्को नयाँ सरकार बनाउने योजनाका साथ सत्ताको गठजोड शुरु भएको हो । सरकारको नेतृत्व कसले लिने ? अहिल्यै तय भईसकेको छैन तर सत्तासीन दलमा देखिएको विभाजनले सरकार फेरिने भन्ने लगभग निश्चित भएको छ । गठबन्धनमा माधव समूहका सांसद थपेर सरकार बनाउने तयारी बीच नयाँ पार्टीले मान्यता नपाउन्जेल यो प्रक्रिया केही समय पछि धकेलिने देखिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री
धरान । राजनितिक दलहरुको दबाबमा घोषणा भएको धरानको लकडाउन स्थानीयको विरोधमा फिर्ता भएको छ । कुनै तयारी बिनै धरान उपमहानगरपालिकाले १० दिन लकडाउन घोषणा गरे पछि विहिबार देखिनै स्थानीय सहित धरानका व्यापारी व्यसायीहरुले विरोध गर्दै आएका थिए । गत सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकमै व्यापारी व्यवसायी तथा मजदुरहरुले लकडाउनको विकल्प खोज्नुपर्ने माग गरेका थिए । लामो समय देखिको लकडाउनले व्यापार व्यवसायनै ठप्प हुँदा गरिखाने वर्गको झन विजोक हुने भन्दै बुधबार स्थानीयले धरान उपमहानगरपालिकाका मेयर विरुद्धनै आन्दोलन गरेका थिए । चौतर्फी स्थानीय सरकार सहित लकडाउन गर्न सुझाव दिएका राजनितिक दल प्रति पनि स्थानी