पिपल्स सप लायन्स तीज उत्सव सिजन टु हुने

  • भदौ २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पिपल्स सप लायन्स तीज उत्सव सिजन २ धरानमा हुने भएको छ ।

पिपल्स सप र धरानका लायन्स क्लवको संयुक्त आयोजनामा यही भाद्र ९ गते एक दिने उत्सवको आयोजना गर्न लागिरहेको आयोजकले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन । पहिलो संस्करण पछि कोरोना महामारिको कारण दुई वर्ष रोकिएको उत्सवलाई निरन्तरता दिनको लागि तीज उत्सवको आयोजना गर्न लागिएको पिपल्स सपका प्रोपराइटर एवं एरिया चिफ लायन कविता लिम्वुले जानकारी गराइन् । पहिलो संस्करण पिपल्स सपको एकल आयोजना रहे पनि दोस्रो संस्करण धरानका लायन्स क्लवहरुको संयुक्त आयोजनामा गर्न लागिरहेको आयोजकले वताएका छन् ।

विशेषगरि महिला लक्षित उत्सवमा मनोरञ्जनात्मक कार्यक्रमसँगै उपस्थितिहरु मध्येबाट मिस एण्ड मिसेज तिज उपाधि समेत प्रदान गरिनेछ । उपाधि विजेतालाई क्राउन र गिफ्ट ह्यापर प्रदान गरिने कार्यक्रमका संयोजक शिखा लिम्वुले वताइन् । यसैगरि सहभागिहरुबाट नै मिस एण्ड मिसेस क्याटवक, वेस्ट ड्रेस, वेस्ट मेकअप, वेस्ट हेयर, वेस्ट गु्रप डान्स, सोलो डान्स लगायत उपाधि प्रदान गरिने संयोजक लिम्वुले बताइन् । उनिहरुले आकर्षक गिफट ह्याम्पर प्राप्त गर्ने उनले जानकारी गराइन्

धरान १५ स्थित किरात याक्थुम चुम्लुङ हिमको हलमा आयोजना हुने उत्सवमा मौलिक परिकार र सामग्रीहरुको स्टल समेत हुनेछ । स्टलमा मेहन्दी, नेलआर्ट, फुड स्टल, घरेलु सामग्री, सौदर्य सामग्री लगायत विक्रिका लागि राखिने छ । उत्सवको दिन लायन्स क्लव अफ पञ्चकन्याले शिक्षाको लागि एक रुपैया रकम संकलन अभियानको घोषण समेत गरिने लायन्स पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले जानकारी गराइन् । एक करोड रुपैया संकलनको लक्ष्य सहित अभियान सुरु गरिने उनले वताइन ।

उत्सवबाट उठेको रकमले काठमाण्डौमा उपचार्थ क्यान्सर पिडित युमारानी लिम्वुलाई करिव दश हजार रुपैया सहयोग गरिने एरिया चिफ लायन कविता लिम्वुले बताइन् ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved