बार टेन्डिङ कार्यशालामा मेघाका विद्यार्थीहरू रमाए

  • भदौ ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान–१२ स्थित धरान मेघा–हिमालयन कलेजका विद्यार्थीहरूले सोमबार र मङ्गलबार फरक अनुभव गरे । दैनिक हुने सैद्धान्तिक कक्षाभन्दा फरक किसिमको प्रयोगात्मक अभ्यासका कारण उनीहरूले यस्तो अनुभव गरेका हुन् ।

कलेजमा सम्पन्न दुईदिने बार टेन्डिङ कार्यशालाका क्रममा नयाँ–नयाँ विषय सिक्न पाएको विद्यार्थीहरूले बताए । काठमाडौँको कक्टेल एन्ड फ्लेयर एकेडेमीका सीईओ एवम् इन्टरनेसनल बार टेन्डर गुरुप्रसाद दाहालले कलेजका विद्यार्थीहरूलाई मिक्सोलोजी, फ्लेयरिङ र जग्लिङसम्बन्धी अभ्यास प्रदर्शन गरेर देखाएका थिए ।

अल्कोहलिक र नन–अल्कोहलिक पेयहरूको मिश्रण बनाउने प्रक्रियालाई मिक्सोलोजी भनिन्छ । कार्यशालामा मेघा कलेजको होटल म्यानेजमेन्टका कक्षा–१२ का ७० र कक्षा–११ का १ सय २० गरी १ सय ९० जना विद्यार्थी सहभागी थिए । सो कार्यशालामा धरानकै लेबल अप लाउन्ज एन्ड बारका यमन तामाङ र क्लाउड लाउन्ज एन्ड बारका मुख्य बार टेन्डर कञ्चन पाण्डेले पनि बार टेन्डिङको प्रदर्शन गरे । उनीहरूले गरेको प्रदर्शन देखेर विद्यार्थीहरू घरी–घरी खुसीले चिच्याउँथे ।

धरानका नाम चलेका रेस्टुरेन्ट एन्ड बारका युवा बार टेन्डरहरूलाई मञ्च प्रदान गर्नुका साथै कलेजका विद्यार्थीहरूलाई उत्साह र उत्प्रेरणा प्रदान गर्न कार्यशाला आयोजना गरिएको होटल म्यानेजमेन्ट विभागका प्रमुख पोषण श्रेष्ठले जनाए । होटल म्यानेजमेन्ट भनेको खाना पकाउने काम मात्र हो भन्ने सर्वसाधारणको बुझाइ भए पनि यो विषय पढेमा सेफ, बार टेन्डिङलगायत धेरै क्षेत्रमा अवसर भएको बुझाउन पनि कार्यशाला आयोजना गरिएको उनले बताए ।

कार्यशालामा सहभागी कक्षा–१२ का विद्यार्थीहरूलाई कक्टेल एन्ड फ्लेयर एकेडेमीले प्रमाणपत्रसमेत वितरण गरेको कलेजका व्यवस्थापन सङ्काय संयोजक चन्द्र वनेमले जानकारी दिए । सो अवसरमा कलेजका प्रिन्सिपल भाष्कर पौडेलले प्रमाणपत्र वितरण गरेका थिए ।

पछिल्लो समय मेघा कलेजमा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूको आकर्षण बढ्न थालेको कलेजका प्रशासनिक निर्देशक कैलाश लिम्बूले बताए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न एक करोड रुपैयाँभन्दा बढीको लगानीमा ल्याब निर्माण गरिएको उनको भनाइ छ । विद्यार्थीहरूलाई हौसला र उत्प्रेरणा प्रदान गर्न बेला–बेलामा यस्ता विशेष कार्यक्रमहरू आयोजना गर्ने गरिएको लिम्बूले जनाए ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved