खोटाङका जिल्ला अध्यक्षसहित ३९ जनाले छाडे जसपा

  • भदौ १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश र संघीय निर्वाचनको मिति तोकिसकेको अवस्थामा खोटाङमा भने जनता समाजवादी पार्टी (जसपा) का जिल्ला र प्रदेश स्तरका नेताहरुले धमाधम पार्टी परित्याग गरेका छन् ।

स्थानीय निर्वाचनमा पार्टीको अवस्था नाजु भएको महसुस भएसँगै प्रदेश र संघीय निर्वाचनमा समेत पार्टीले सम्मानजनक सिट नल्याउने देखेपछि उनीहरुले धमाधम पार्टी परित्याग गरेको बताइएको छ ।

खोटाङको सदरमुकाम दिक्तेलमा मंगलबार पत्रकार सम्मेलनकै आयोजना गरी जसपाका केन्द्रीय अनुशासन आयोग सदस्य वीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, जिल्ला अध्यक्ष टंक बहादुर थापा लगायत ३९ जनाले छाडेको घोषणा गरेका हुन् । पार्टी परित्याग गरेका जसपाका केन्द्रीय अनुसन्धान अयाोगका सदस्य वीरबहादुर राईले केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृति हावी भएपछि आफुहरुले पार्टी छाड्न बाध्य भएको बताएका थिए । उनले भने–‘नेतृत्वले सांगठनिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेकाले उक्त पार्टीमा बसिरहन उचित नरहेकोले हामीले संयुक्त रुपमा राजीनामा दिएका हौं ।’

जसपा खोटाङको ५३ सदस्य रहेको सचिवालयमा २३ जनाले पार्टी छाडेका छन् । केन्द्रिय सदस्य मदन राई र सुर्य राईले यस अघि नै पार्टी परित्याग गरेको घोषणा गरिसकेका हुन् । सिद्धान्त राम्रो भए पनि व्यवहारमा लागू नभएपछि जसपाबाट बाहिरिएको प्रदेश कमिटि सदस्य मोहन गुरुङले बताए । उनले भने–‘पार्टीमा गुट उपगुट निर्माण भयो, जसले गर्दा पार्टीलाई कमजोर बनाएको छ, सबैको सल्लाहले हामीले पार्टी परित्याग गरेका हौं ।

गुरुङको जस्तै भनाई जिल्ला अध्यक्ष टंकबहादुर थापाको समेत रहेको छ, उनले पार्टीमा गुटउपगुट भएपनि पार्टीलाई संगठित बनाउने कुरामा कसैको ध्यान नभएको आरोप लगाए ।

जसपा छाडेपनि समावेशी सु–शासन तथा समृद्धि र समाजवादको अभियानकालागि अग्रगामी परिवर्तन र वैकल्पिक राजनीतिको माध्यामबाट जनता र परिवर्तनको पक्षमा निरन्तर उभिने नेताहरुको भनाइ छ ।

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

१५ वर्षीया छात्राले ...

पाँचथर/  पाँचथरको फिदिम नगरपालिका–११ स् ...

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved