इटहरी । चाडपर्वलाइ लक्षित गरी बिभिन्न निकायहरूले गरेको बजार अनुगमन प्रभावकारी नभएको जनगुनासो बढिरहेको बेला सुनसरीको इटहरीमा व्यवसायहरूको मनपरि बढदै गएको छ । एउटै सामानको मुल्य पसलै पिच्छे फरक फरक भेटिनु, मुल्यसुची नराखी सामानहरूको बिक्रि बितरण गरिनु र प्रयोग गर्ने मिति सकिएको सामग्री समेत बिक्री गरिनु अहिले सामान्य बनिन थालेको छ । उपभोक्ताहरूको स्वास्थ्य अवस्थालाइ ध्यानमा राख्दै इटहरी उपमहानगरले बिगतमा साताब्यापी बजार अनुगमन गर्दै आएकोमा कोरोना त्रासका कारण रोेकिन पुगेको थियो । संक्रमणको जोखिम घटदै जादा बजारहरूमा देखिएको महंगी र लापर्वाहिलाइ नियन्त्रण गर्न पुनः उपमहानगरले बजार अनुगमनलाइ प्रथ
इटहरी/ आर्थिक वर्ष २०७८÷७९ सुरू भएदेखि नै मासिक तलब नपाएको भन्दै बिगत केहि दिन यता आन्दोलनमा उत्रिएका रामधुनि नगरपालीका स्थित सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक र नगरपालीकाबिचको बार्ता पछि आन्दोलन फिर्ता भएको छ । तिहार अघिनै सबै शिक्षक तथा कर्मचारीहरूको तलब दिने आश्वासन पश्चात आन्दोलनरत शिक्षकहरूले मंगलबार देखि सबै संघषका कार्यक्रमहरू फिर्ता लिएर आज बुधबार देखि बिद्यालयमा पठन पाठन सुचारू गर्ने निर्णय गरेका छन । तलब नपाउँदा यो वर्षको दशै स्थानीय साहुँबाट ऋण गरेर मनाएको शिक्षकहरूले गुनासो गरेका छन् । पटक पटक तलबको बिषयमा ध्यानाकर्षण गराउँदा पनि नगरपालीकाबाट कुनै सुनुवाइ नै नभए पछि
इलाम/ संबिधान सभाका अध्यक्ष तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले परमादेश सरकारले सय दिनमा सिन्को पनि भाच्न नसकेको बताएका छन । इलाममा नेकपा एमाले अधिबेशनको उद्घाटन गर्दै नेम्वाङले सरकारले सय दिनमा सिन्को पनि भाच्न नसकेको बताएका हुन । परमादेश सरकारले ८८ दिनमा सरकारलाई पुर्णता दिएर एउटा काम गर्यो तर त्यो पनि तीन दिनसम्म नटिकेको भन्दै भुमी आयोग, सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजना लगायत खारेज गरेर जनविरोधी काम गरेको आरोप लगाए । वर्तमान सरकार जनादेशबाट आउन नसकेको भन्दै विश्वकै इतिहासमा सर्बोच्च अदालतको आदेशमा नेपालमा बनेकोमा सर्वोच्चको भुमिकाबारे आफुले केही भन्न
धरान\ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई राजिनामा दिएर मार्ग प्रसस्त गर्न स्वास्थ्यमन्त्री विरोध खतिवडाले निर्देशन दिएका छन् । लामो समय देखि पदाधिकारीहरुको राजिनामाको माग गर्दै चर्किएको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले उच्चस्तरिय छानबिन समिती गठन गरेको थियो । समितीका संयोजक रहेका स्वास्थ्यमन्त्री खतिवडाले मंगलबार प्रतिष्ठानका पदाधिकारीहरु सँग छुट्टा छुट्टै भेटघाट गरि राजिनामा दिएर मार्ग प्रसस्त गर्न निर्देशन दिएका हुन् । राजनीतिक अस्थिरताका बिच लामो समयपछि नेपाल सरकारको स्वास्थ्यमन्त्री बनेका विरोध प्रतिष्ठानको वस्तुस्थिति बुझ्न धरान आएका थिए । स्वास्थ्यमन्त्रीस
इटहरी\ इटहरी आइतबारेकी १४ बर्षिय सुसन घिमिरे आइतबार बिद्यालय जाने समयमा खिन्न देखिन्थे । अभिभावकले स्कुल जा भनेर कराइरहँदा उनी भन्दै थिए, किताब कापि केहि छैन कसरी जाने ? सुशन मात्र होइन उनकै छिमेकी ९ वर्षिय नविन गिरी, सुस्मा दाहाल, मनिसा नेपाल पनि किताब कापी नभए पछि विद्यालय जाननै अन्कनाई रहेका थिए । गत कार्तिक २ अविरल वर्षा संगै स्थानीय खोला र पैनीमा आएको बाढीले इटहरी जलमग्न बनेको थियो भने सयौ घरहरू डुबानमा परेका थिए । डुबानकै क्रममा बिद्यालय जाने बालबालिकाहरू सँगै कलेज जाने बिद्यार्थीहरूको लत्ता कपडा र पाठ्य पुस्तक पनि बगाएको थियो । बाढीले सबै पुस्तक कामै नलाग्ने बनाइ दिएपछि अब बिद्या
सुनसरी/ विपदको समयमा बाढीपिडितको उद्धार, राहत र पुर्नस्थापनाको लागि भाटभटेनी सुपर स्टोर इटहरीले उपमहानगरपालिकाको प्रकोप कोषका लागि ११ लाख रुपैया प्रदान गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई भाटभटेनीका प्रवन्ध निर्देशक मिन कुमार गुरुङका तर्फवाट प्रवन्धकद्वय लक्ष्मी गुरुङ र मायाँ रानामगरले ११ लाख रुपैयाको चेक हस्तान्तरण गरेका छन् । भाटभटेनीले गरेको सहयोगका लागि उपमहानगरका प्रमुख चौधरीले धन्यवाद दिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुले पनि सहयोगको प्रतिवद्धता जनाएका छन् । वाढिले क्षति पुर्याएका संरचनाहरु तिहार अघिनै वनाइसक्ने प्रमुख चौधरीले बताए । क्षतिको विवरण जिल्ल
धरान\ दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि पटक पटक आन्दोलनहरु चलिरहेका छन् । गत असार १ गते देखि प्रतिष्ठानकै चिकित्सक तथा कर्मचारीहरुको आन्दोलन अझै पनि जारी छ, तर पनि अझै सुधारको संकेत कतै पनि देखिन्दैन् । दिनहुँ बिरामीको चाप थप हुँदै गइरहेको छ । दैनिक ३ हजार भन्दा बढी बिरामीहरु प्रदेश नम्बर १ र २ सहित भारतबाट समेत आउने गरेका छन् । उनीहरुले बिल काट्ने काउण्टर समेत व्यवस्थित हुन नसक्दा बिरामीहरुले सास्ती भोग्नुपर्ने बाध्यता छ । बिरामीका आफन्तहरु बिल काट्न घण्टौं लाइनमा बस्नु पर्ने अवश्था छ । जिल्ला बाहिरबाट आएका बिरामीह
बराहक्षेत्र/ केही दिन अघि आएको निरन्तरको वर्षाका कारण प्रभावित बनेका बराहक्षेत्र र रामधुनी नगरपालिकाका २ सय परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । दैनिक ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका परिवारलाई बर्षाले समस्या पारे पछि वराहक्षेत्र नगरपालिका वडा नं ८ पुलाहाका युबा भिम कट्वालको संयोजनमा वराहक्षेत्र र रामधुनिका २ सय परिवारलाई सहयोग स्वरुप खाद्यान्न सहयोग प्रदान गरिएको हो । कटुवालले पोखरा, चितवन र सुनसरीमा रहेका आफ्न्तहरु सँगको समन्वयमा संकलन भएको रकमबाट वराहक्षेत्र नगरपालिकाको ७ वटा वडा र रामधुनिको वडा नं ४ मा रहेका बाढी प्रभावित परिवारलाई खाद्य सामाग्री प्रदान गरेको राहत कार्यक्रमका
धरान/ एसियाकै प्रतिष्ठिन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य सडक मै बनेका खाल्डाखुल्डीले एम्बुलेन्सहरु नै दुर्घटनाको जोखिममा परेका छन् । धरान ८ भोटेपुलबाट प्रतिष्ठान पुग्ने करिब २ किलोमिटर सडकमा बनेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम त बढाएकै छ, दैनिक सयौंको संख्यामा अन्य सवारी साधन समेत चलिरहँदा एम्बुलेन्सलाई सयममै विरामीलाई अस्पताल सम्म पुर्याउन समेत कठिन हुने गरेको छ । अस्पताल पुग्ने प्रमुख रुट भएकाले लोकल सिटी सफारी, टेम्पो, मोटरसाइकल अत्याधिक कुद्ने गरेका छन् । खाल्डाखुल्डीमा जोगाउँदै सवारी साधन चलाउदा दुर्घटनाको जोखिम अत्याधिक रहेको एम्बुलेन्स चालक मिलन रा
इटहरी\ केही दिन अघिको बाढीले क्षति पु¥याएको स्थानमा अवलोकन गर्न आएका प्रधानमन्त्री शेर बहादुर देउवाले राहतको प्याकेज घोषणा गर्छन भनेर इटहरीवासी सहित अन्य स्थानका नागरिकहरु आश्वस्त थिए । प्रधानमन्त्री आउने चर्चा अघिल्लो दिन देखिनै चलेका कारण राहतको अपेक्षा गरेर बसेका थिए । आइतबार प्रधानमन्त्री आए, इटहरीको सशस्त्र प्रहरीको पुर्वी मुख्यालयमा उत्रिए, त्यहीबाट आश्वासन दिएर फर्के । राहतको अपेक्षा गरेका नागरिकलाई राहत त बाडेनन्, आश्वासन चै बाडे अनि हेलिकप्टरमा उडे । काठमाण्डौबाट हेलिकप्टर चार्टर गरेर सुनसरी लगायत पुर्वका विभिन्न जिल्लाहरू पुगे । तर उनले काठमाण्डौं पुगेर राहतका प्याकेज ल्याउ