‘लुक मि’ कस्मेटिक प्रोडक्टको इटहरीमा वर्कसप

  • भदौ ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पछिल्लो समय मान्छेहरूको सुन्दरताप्रति चाँसो बढ्दै गएको छ ।

विवाह, व्रतबन्ध, साथीभाइसँगको भेटघाट देखि पार्टी होस् वा कुनै औपचारिक कार्यक्रममा जाँदा मेकअप र हेयर स्टाइल पनि कसरी राम्रो बनाउने भन्नेमा धेरैको ध्यान हुन्छ । अनुहार र कपालको सुन्दरताको लागि मान्छेहरु अनेकौ ब्युटी प्रोडक्टहरूको प्रयोग गर्छन् । मानिसहरुको यही आवश्यकतालाई मध्यनजर राखेर ‘लुक मि’ कस्मेटिक प्राइभेट लिमिटेडले विहीबार इटहरीमा हेयर एण्ड केमिकल वर्कसप गरेको छ । ब्यूटीसियनहरुलाई ‘लुक मि’ कस्मेटिक प्रोडक्टको प्रयोगको विधि र दक्ष सौन्दर्य कर्मीहरुद्धारा सहभागीलाई आवश्यक जानकारी दिन वर्कसप सञ्चालन गरिएको आयोजक संस्थाका म्यानेजिङ् डाइरेक्टर खगेन्द्र बिमलीले जानकारी दिए ।

अहिले सौन्दर्यप्रति रूचि धेरैको हुने गर्छ । सचेत भएकैले गर्दा हरेक मानिसहरु चटक्क पर्न चाहन्छन । एक अर्कालाई देखेर पनि मानिसहरूलाई सौन्दर्यप्रति रूचि बढेको हो । त्यही भएर बजारमा धेरै सौन्दर्यका सामग्री आइरहेका छन् । यस्तो बेला ‘लुक मि’ ले नयाँ ब्राण्डको रुपमा ‘माया मि’ कस्मेटिक प्रोडक्टलाई बजारमा ल्याइने तयारी भइरहेको ‘लुक मि’ का बरिष्ठ टेक्निसियन शुशील सोवेक्षाले जानकारी दिए ।

नेपालभरी फैलिएको ‘लुक मि’को प्रोडक्ट सबैले रुचाउँदै आएका छन् । त्यही भएर कम्पनीले एक दिने वर्कसप देशभरका मुख्य मुख्य शहरमा आयोजना गरिने भएको छ । विराटनगरबाट बुधबारदेखि सुरु भएको वर्कसप शुक्रवार दमकमा हुनेछ ।

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

धनकुटामा पहिलो पटक श ...

इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा ...

नाम्जेको होमस्टेमा च ...

धरान/ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved