डा. केसीको अनसनको सर्वत्र समर्थन समर्थनमा: द्विप प्रज्वलन

  • असोज ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्वास्थ्य सेवाको सुधारको माग राखी पटक पटक अनसनमा बस्दै आएका डा. गोविन्द केसीले पछिल्लो समय भर्दौ २७ गतेदेखि धनगढीबाट अनसन शुरु ग रेका छन् ।

१९ पटकसम्म अनसन बस्ने सरकारसँग वार्ता गर्ने तर माग पूरा नहुने नियति भोग्दै आएका डा. केसीले यसपटक पनि सरकारसँग सात बुँदे माग राखी अनसन शुरु गरेका हुन् ।

अनसन शुरु गरेको ९ दिन वितिसक्दा पनि राज्यले केसीको मागमा गम्भीरता नदेखाएको भन्दै उनको माग र जीवनरक्षाको माग गर्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरुले केसीको मागलाई समर्थन गर्दै असोज २ गते धरानको भानुचौकमा द्विप प्रज्ज्वलन गरेका थिए ।

प्रतिष्ठानमा भएका अराजकता, भ्रष्टाचार, बेथिति लगायतका कुराको सुद्धीकरण हुनुपर्ने माग राख्दै विगतदेखि शुद्धीकरण अभियान चलाउदै आएका अभियानका संयोजक डा. सूर्य रिमाल तथा अभियानका संयोजक तथा प्रतिस्ठानका सह– प्राध्यापक डा. बिस्णु पोख्रेल, जुनियर रेसिडेन्ट वेलफेयिर सोसाइटीका अध्यक्ष डा. प्रशान्त राई लगायतको टोलीले भानुचौकमा द्विप प्रज्ज्वलन गरेका थिए ।

विगतदेखि नै डा. केसीको मागलाई समर्थन गर्दै आएका उनीहरुले डा. केसीको मागको विषयमा गम्भीर नभएको भन्दै मंगलबार समेत उनीहरुले भानुचौकमा द्विप प्रज्ज्वलन गरेका छन् ।

उनीहरुले गोविन्द केसीको जीवन रक्षासँगै केसीले राखेका माग पूरा गर्न सरकार गम्भीर नभएको बताएका छन् । सुद्धीकरण अभियानका सह संयोजक डा. विष्णु पोखेरलले केसीको मागलाई सरकारले माग पूरा गर्न वेवास्ता गरेको बताए । उनले भने–‘स्वास्थ्य सुधारको माग राखेर पटक पटक आन्दोलन गर्नु विडम्बना हो, नेपाल सरकारले अनसन तोड्न मात्र केसीसँग वार्ता गर्ने गरेको छ, सरकारले नैतिकता नै गुमाएको छ ।’ उनले केसीको मागलाई सधै समर्थन गर्ने बताउदै मागको चाडो सुनुवाई गर्न सरकारसँग माग समेत गरे ।

यसपटक डा. केसीको अनसन ७ मागसँगै इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज निर्माण गर्न सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै यसको कार्यान्वयन मुख्य एजेण्डा रहेको छ ।

उनले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

धनकुटामा पहिलो पटक श ...

इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा ...

नाम्जेको होमस्टेमा च ...

धरान/ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved