धरानमा डेंगु रोगको संक्रमण न्यूनिकरणका लागि सचेतना अभियान थालियो

  • असोज ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt तस्विर: लक्ष्मण थापा

धरान । धरान उपमहानगरपालिकाभित्र विस्तारै डेंगु संक्रमण फैलिन थालेपछि उपमहानगरको सर्कुलर अनुसार वडामा रहेका स्वाथ्य उपशाखाबाट यसको रोकथामका उपायका विषयमा सचेतना कार्यक्रम शुरु हुन थालेका छन् ।

विगतका बर्षहरुमा धरानमा डेंगु संक्रमण भयावह बनेको यथार्थलाई महसुस गरी शुरुवाति चरणमा यसको नियन्त्रणका लागि धरान उपमहानगरपालिका वडा नं.१५ ले सचेतना कार्यक्रमसहित सरफाई कार्यक्रम गर्न थालेको हो ।

‘गत बर्ष यही समयमा धरानमा डेंगु संक्रमण भयावह बन्यो । त्यसबेला नियन्त्रणका लागि अनेक उपाय गरियो । नियन्त्रणको प्रयास ढिलो भएकोले समस्या आएको थियो, वडाध्यक्ष नरेश इवारमले बताए । उनका अनुसार त्यसबेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग उपमहानगरपालिकाले सहकार्य गरेर डेंगु नियन्त्रणका लागि ¥यापिट रेस्पोन्स टिम गठन गरिएको थियोे । उपमहानगरपालिकाका स्वास्थ्यकर्मी, बीपीको चिकित्सक टोलीले घरघरमै गएर सचेतना फैलाउने, सरसफाइ गर्ने काम गरेको थियो । अहिले पुन ः धरानमा डेंगु संक्रमण देखिन थालेपछि उपमहानगरपालिकाले समयमै सचेत अपनाउन थालेको वडाध्यक्ष इरामले बताए । उनले भने–‘समयमै सचेत हुन सके डेंगु संक्रमणबाट बच्न सकिन्छ, यसका लागि हामी सबै सचेत हुन आवश्यक छ ।’

यस्तै स्वास्थ्य महाशखा धरान अन्तर्गतको वडाको आधारभूत स्वास्थ्य केन्द्र प्रमुख रत्न श्रेष्ठले डेंगु संक्रमण नियन्त्रणका लागि सर्वसाधारणलाई सचेत गराउन पनि सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको बताए । उनले वडाले सचेतना कार्यक्रमसँगै सरसफाई तथा नियन्त्रणका अन्य उपायहरु अबलम्बन गर्ने बताए ।

डेंगु रोग पोथी लामखुट्टे एजिप्ट एजिप्टाई जातको लामखुट्टेले टोक्दा लाग्ने रोग हो । यसको नियन्त्रण भनेको घर वरिपरि सफा राख्नु, सबै ताजा पानी प्रयोग गर्नु, झुल टाँगेर सुत्नु, घरमा बस्दा लामो बाउला भएको लुगा लगाउने जस्ता उपाय अपनाएर डेंगुबाट बच्न सकिने कुरा सचेतना कार्यक्रममा सहभागी सर्वसाधारणलाई स्वास्थ्य केन्द्रमा प्रमुख श्रेष्ठले जानकारी दिएका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved