मिलेमतोमा जग्गा बेचेको खुलासा

  • असोज ७, २०७९
  • "रबिन्द्र बराल"
alt

धरान । मोरङको रतुवामाई नगरपालिका–५ मा रहेको सुनवर्सी उच्च माध्यमिक विधालयले आफनो नाममा रहेको जग्गा बिक्री गरेको खुलासा भएको छ । २०६७ सालमा विद्यालयले आवश्यक पुर्वाधार निमार्ण गर्ने भन्दै विद्यालय व्यवस्थापन समितिमा निर्णय गराएर ३९ घरपरिवारलाई नेपाली कागजमा तमसुक वनाएर विद्यालयले रकम लिदै जग्गा विक्री गरेको पाइएको हो ।

विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष भगत राम शर्मा र विद्यालयका प्रधानाध्यापक वुद्धि वहादुर अधिकारीले आफुहरुलाई जग्गा विक्री गरेको स्थानिय हरिप्रसाद प्रधानले बताए । विद्यालयका प्रधानाध्यपक तथा विद्यालय व्यवस्थापन समितिले विद्यालयको मातहतमा रहेको १ विघा ७ कठा १४ धुर जग्गा ३९ घरपरिवारलाई बिक्री गरेको खुलेको हो ।

विद्यालयसँग २०६७ सालमा सो जग्गा ३९ परिवार ४० लाख रुपैयाँका खरिद गरेको र अहिलेसम्म विद्यालयले जग्गा पास भने नगरेको स्थानीयको गुनासो छ । तत्कालीन साविकको राजघाट गावीस ६ प को कित्ता न ४७ को एक विघा ७ कठा १४ धुन जग्गा स्थानीयले खरिद गरेको तमसुकमा उल्लेख छ । २०२५ सालदेखि सो जग्गामा ३९ घर परिवार वसोवास गर्दै आएका छन । २०३२ सालमा विद्यालय स्थापना भएपछि सो जग्गा विद्यालयको नाममा दर्ता भएको थियो । तमसुक वनाएर विद्यालयले जग्गा बिक्री गरेको भन्दै तमसुक समेत देखाएका थिए । खरिद गरेको १० धुर जग्गा १२ वर्ष वितिसक्दा समेत विद्यालयले आफ्नो नाममा जग्गा पास नगर्दा उठीवास हुने अवस्थामा आफू पुगेको स्थानीयले बताए । हरि प्रसाद प्रधानले दुखेसो पोख्दैे भने–‘आफुले दुग्ध बिक्री गरेर एक एक पैसा जोगाएर जग्गा खरिद गरियो विद्यालयले जग्गापनि पास गर्दैन के गर्ने कहँ जाने कसलाई गुर्हाने हो ।’ उनले विद्यालयको सरकारी जग्गा स्थानीयलाई पास गर्न नमिल्ने भनेपछि ३९ परिवारले रकम संकलन गरेर सोही वडामा सटाभर्नाका लागी भन्दै एक विघा जग्गा खरिद गरेको स्थानिय ज्ञानवहादुर देउजा बताए । सो जग्गामा सट्टाभर्नाका लागि पनि प्रदेश १ सरकारको समाजिक मन्त्रालय लगायतमा धाउदा पनि सट्टाभर्ना गर्ने कानूनी व्यवस्था नभएको भन्दै प्रक्रिया अघि वढ्न नसकेको उनीहरुले बताएका छन् । सट्टाभर्नाका लागी जग्गा पनि खरिद गरियो तर सट्टाभर्ना समेत हुन नसकेको उनको भनाई छ । ३९ परिवारले ८ धुर देखि १२ धुर सम्म जग्गा खरिद गरेर वसोवास गर्दै आएका छन् । सडक र पुर्वाधारका कारण अहिले सो ठाउँमा ठूलो वस्ती समेत बसिसकेको छ ।

विद्यालय व्यवस्थामा समितिका हालका अध्यक्ष कुशल अधिकारीले कानूनी प्रक्रिया नभएका कारण ३९ परिवारलाई विद्यालयले जग्गा पास गर्न नसकेको बताए । सटा भर्ना तथा जग्गा पास गर्नका लागी कानुनी प्रक्रिया मिलेपछि जग्गा पास गर्न विद्यालय तयार रहेको अध्यक्ष अधिकारीले बताए । विद्यालय सञ्चालनका लागि २० लाख रुपैयाँ प्रतिकठ्ठाका दरले ३९ परिवारलाई बिक्री गरेको थियोे ।

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

धनकुटामा पहिलो पटक श ...

इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा ...

नाम्जेको होमस्टेमा च ...

धरान/ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved