समाचार

    Showing 5,621-5,630 of 8,603 items.
  • रुखबाट लडेर मृत्यु

    खोटाङ । खोटाङको दिप्रुङचुईचुम्मा २ का ६२ बर्षीया लिला देवि देवकोटाको रुखबाट लडेर मृत्यु भएको छ । बिहीबार दिउसो १ बजे घर नजिकै भोर्लाको पात टिप्ने क्रममा रुखबाट लडि घाईते भएकी उनको उपचारको लागी लैजान लाग्दा घरमै मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 797 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सौर्य एयरलायन्सले कात्तिक २२ गतेदेखि विराटनगर–भैरहवा सीधा उडान गर्ने

    विराटनगर । सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको माग र मुलुकको पर्यटन प्रवद्र्धनका लागि प्राथमिकताका कारण कम्पनीले ती दुई शहरबीच सीधा उडान गर्ने निर्णय गरेको बताए । विराटनगर प्रदेश नं १ को राजधानी हो भने भैरहवा भर्खरै अन्तरराष्ट्रिय विमानस्थलमा स्तरोन्नति भएको बुद्ध जन्मस्थल नजिकको शहर हो । यी शहरबीच यसअघि सीधा हवाई उडान थिएन । यी दुई शहरबीच हवाई यात्राका लागि ५३ मिनेट लाग्ने र यसको दूरी २१५ नटिकल माइल रहेको एय

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 715 पटक पढिएको
    • " रासस"
  • नेपाली फूलले बजार नपाउने कृषकको गुनासो, बजारमा भारतीय फूल

    धरान । नेपालीहरुको महान चाड तिहार घरघरमै भित्रिइसकेको छ । झिलीमिलीको पर्वको रुपमा रहेको तिहारमा फूलको व्यापक प्रयोग गरिन्छ । घर सजाउन होस या यमपञ्चक अन्तर्गत लक्ष्मी पुजा वा कुकुर, गाई तथा दाजुभाईलाई भाइटिका लगाउँदा फूलकै प्रयोग गरिन्छ । समग्रमा भन्नुपर्दा झिलीमिली फूलको पर्व भनेर तिहारलाई चिनिने गरिएको छ ।नेपालीहरुको महान चाड तिहारमा नेपाली फूलले बजार पाउनु भन्दा पनि भारतीय फूलहरुले बजार पाएको छ । यसको प्रमुख कारण नेपाली फूल कृषकलाई राज्यले प्रोत्साहन गर्न नसक्दा नेपाली कृषकहरुले पर्याप्त फूल उत्पादन गर्न सक्दैनन् । जसले गर्दा भारतीय फूलले नेपाली बजार पाएको फूल कृषक बताउँछन् ।\ मोरङको केराबा

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 941 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तिहारमा माटोको दियोको विस्थापित हुँदै

    धरान/ तिहारका समयमा माटोका दियोको सट्टा झिलीमिली बत्तीको प्रयोग बढ्न थालेपछि माटोको दियोको प्रयोग विस्तारै हराउन थालेको छ ।विगतमा विद्युतीय बत्ती नहुदा अत्याधिक विक्री हुने माटोको दियो विक्री हुन छाडेपछि व्यवसायीहरु समेत विस्तारै अर्को व्यवसायतर्फ विस्थापित हुन थालेका छन् । धरानमा विगत १० बर्ष भन्दा बढी माटामा सामाग्री विक्री गर्दै आउनु भएकी कौशिला चौधरीले तिहारको समयमा माटोका साामग्री विक्री नभए पनि अन्य बेला थोरे थोरै भएको विक्रील धान्ने गरेको बताइन । उनले तिहारमा दियोका प्रयोग प्राय ः शून्य भएपनि मरिमराउ, विभिन्न प्रकारका पूजा, पुराणमा प्रयोग भएकै कार्ण जसोतसो टिक्न सकिएको उनको भनाई छ । उन

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा छुवाछूत कायमै

    धरान । धरानलाइ करिब १२ वर्ष अघि छुवाछुत मुक्त नगर घोषाणा गरिए पनि अझै गाउँ घरमा छुवाछुत कायमै रहेको छ । उपमहानगर बने पनि गाउँ घरमा छुवाछुतको जरो अझै उखेल्न सकेको छैन । आज धरान ६ स्थित पानबारीको सिमल चोकमा रहेको एक होटल एक दलित युवा माथी जातियताको आधारमा विभेद भएको छ । सिमल चोकमा घर बनाउदै गरेका धरान –१५ का रविन लोहोरलाई चिया खान जादा होटलकी साहुनी मिना श्रेष्ठ(राई) ले विभेद गरेकी हुन । श्रीमती सहित होटलमा खाजा नास्ता पाउँछ भन्ने थाहा पाएर पुगेका थिय । बाहिर होटलवाला नदेखे पछि घरसँग जोडिएको खाजा र चिया वनाउने सामान्य बाँसको टाटीले बारेको खुल्ला स्थानबाट होटल सञ्चालकलाई बोलाउन गएका थिए ।

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 771 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलामको आयुर्वेद औषधालयमा औषधी अभाव : चार महिना देखि सेवा ठप्प

    इलाम । इलाम नगरपालिकाले सञ्चालन गरेको एकमात्र औषधालयमा आन्तरीक श्रोतबाट बजेट उपलब्ध नगराउँदा औषधीको अभाव भएको छ । औषधालयले उपलब्ध गराउने निःशुल्क औषधी नपाउँदा विरामी महंगो मूल्य तिरेर अन्यत्र खरीद गर्न बाध्य छन । औषधी अभावका कारण औषधालयबाट नियमित आयुर्वेदिक औषधी लिएर सेवन गरिरहेका करिब डेढसय बिरामी विगत ४ महिनादेखि औषधि पाउनबाट बन्चित भएका छन । इलाम नगरपालिकाको आयुर्वेद औषधालयमा उपचार तथा परामर्श लिनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । तर औषधालयमा औषधी अभाव हुँदा विरामीले औषधी पाउन सकेका छैनन् । कोरोनाको जोखिम हुन नदिन तथा उपचारमा समेत आयुर्वेदिक औषधीको प्रयोगमा सर्वसाधारणको औषधालय प्रति आकर

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 628 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वीपीमा ह्विल चेयर र स्टेचरको अभाव

    धरान । दक्षिण एसियाकै उत्कृष्ट अस्पताल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीका लागि चाहिने अत्यावश्यक सामाग्री ह्विल चेयर, स्टेचर पर्याप्त नहुँदा विरामी तथा विरामीका आफन्तले हैरानी व्यहोर्नु परेको छ । प्रतिष्ठानमा उपचारका लागि ल्याइएका विरामीलाई बाहिर भित्र गराउन चाहिने ह्विल चियर र स्टेचरको अभावमा सहज उपचारमा समस्या बढ्दै गएको छ । वार्डमा राखेका हिड्न नसक्ने विरामीहरुलाई सिटिस्क्यान, भिडियो एक्स–रे लगायत चेकजाँच गर्न विभागहरु पुर्याउन आवश्यक पर्ने ह्विल चियर, स्टेचरनै नपाउँदा बिरामीले सास्ती भोग्नु परेको छ । पालो सिस्टममा विरामी लिएर सिटिस्क्यान, भिडियो एक्सरे गर

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 877 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • शिल्पीको सार्थक रङ्गयात्रा धरानमा

    धरान/ के तपाईं हाँस्दाहाँस्दै रुन र रुँदारुँदै हाँस्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने शिल्पी थिएटरको ‘ठुला माछा–साना माछा’ तपाईंका लागि उत्तम विकल्प हुन सक्छ । यो नाटकले तपाईंलाई मनोरञ्जन मात्र दिने छैन, यसले समकालीन नेपाली जीवनमा विद्यमान् सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक बेथितिसँग पनि साक्षात्कार गराउनेछ । काठमाडौँको शिल्पी थिएटरका कलाकारहरूले सोमबार धराने दर्शकहरूलाई यसै गरी हँसाउँदै रुवाए र रुवाउँदै हँसाए । रङ्गयात्राको क्रममा मोरङ, झापा र सुनसरीका विभिन्न स्थानमा नाटक मञ्चन गरेर शिल्पीको टोली काठमाडौँ फर्किसकेको छ । यो यात्राको समापन शिल्पीले धरान सभागृहको परिसरमा सोमब

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 677 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का नव नियुक्त मुख्यमन्त्री राई सहित ५ जना मन्त्रीले लिए शपथ

    धरान । प्रदेश १ का नव नियुक्त मुख्यमन्त्री राजेन्द्र राई सहित ४ मन्त्री तथा १ राज्य मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । आजै नियुक्त भएका मुख्यमन्त्री राईलाइ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । त्यस्तै राईले आजै ४ मन्त्री, १ राज्य मन्त्री सहितको मन्त्रीमण्डल समेत गठन गरेका छन् । मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 1,004 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

    धरान। प्रदेश १ को मुख्यमन्त्रीमा रानेन्द्र राई नियुक्त भएका छन् । उनलाई मंगलबार प्रदेश प्रमुख सोनाथ अधिकारी (प्यास)ले संविधानको धरान १६८ (२) अनुसार नियुत्त गरेका हुन् ।उनले मंगलबार (आजै) दिँउसो पद तथा गोपनियताको सपथ गह्रण गर्ने भएका छन् । निवर्तमान मुख्यमन्त्री भिम प्रसाद आचार्यले पदबाट राजीनामा दिएसगै सोमबार नै प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।  

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 1,134 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved