इलाम/ प्रदेश १ का मुख्यमंन्त्री राजेन्द्र कुमार राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवद्र्धन आवश्यक भएको बताएका छन । इलामको माई नगरपालिका १ को विहिबारेमा प्रथम १३ कुने सिमसार महोत्सव २०७८ को उद्घाटन गर्दै मुख्यमंत्री राईले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान पुर्याउने बताएका हुन । उनले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको असली रुप संरक्षण गरेमा मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । विकास पर्यटन प्रवर्दनबाटै प्रदेश १ लाई आर्थिक समृद्घिमा अघिबढाउन सकिने भन्दै राईले पर्यटन क्षेत्रको संरक्षणमा लाग्ने बताए । तीनदिन लाग्ने महोत्सवको प्रदेश सभा सदस्य काजीमान काग
धरान/ मोरङ आकर्षक पर्यटकीय गन्तव्य स्थल मोरङको जेफाले होम स्टेको प्रवद्र्धनमा सरकार उदासीन रहेको होमस्टे व्यवसायीहरुको गुनासो छ । उनीहरुले होमस्टे पर्यटन प्रवद्र्धनको एउटा पाटो भएपनि सरकारले होमस्टे प्रवद्र्धनमा उदासीनता देखाएकै कारण फस्टाउन नसकेको आरोप लवगाएका छन् । जेफालेमा एकदिनमा ५० जनालाई खाना खुवाउने र बास बस्ने होमस्टेहरु रहेको स्थानीय जेफाले होमस्टे सामुदायिक व्यवस्थापन समितिका सचिव भीम ठकुरीले बताए । उनले भने भने–‘जेफालेमा रहेका होमस्टको भविष्य राम्रो छ, तर तीनै तहका सरकारको यसमा ध्यान पुग्न सकेको छैन ।’ शुरुमा जेफालको विकास गर्न जिल्ला समन्वय समिति धनकुटा, जि
इलाम/ इलामको सूर्याेदय नगरपालिका–१, गोर्खेको सिमढापमा होमराई धनेस (रिफुज नेक्ड हर्नबिल) भेटिएको छ । दुर्लभ पन्छिको रुपमा रहेको धनेस एकसय ७१ वर्ष पछि इलाममा भेटिएको हो । वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले तस्बिर खिचेपछि नेपालमा एकसय ७१ वर्ष पछि भेटिएको खुल्न आएको हो । गोर्खे सिमढापको करिब १ हजार ३ सय मिटर उचाईमा देशमै पहिलोपटक यो चरा क्यामेरामा कैद भएको खरेलको भनाई छ । उनले भने, ‘मैले पनि ४–५ वर्षदेखि खोजिरहेको थिए ।’ धनेश प्रजातिमा घाँटी रातो हुने यो चरा नेपालमा सन् १८५० यता देखिएपछि चरासम्बन्धी किताबहरूको पहिलो पृष्ठबाटसमेत यसको तस्बिर हटाइसकिएको छ । चरा भेटिएको
धरान / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो आर्थिक सल्लाहकारमा विराटनगरका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतलाई नियुक्त गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्षसमेत रहेका राउतलाई मुख्यमन्त्री राईले बुधबार आफ्नो आर्थिक सल्लाहकारमा नियुक्ति गरेका हुन् । सल्लाहकार राउतले आफू कुनै पनि राजनीतिक दल नजिक नभएको दाबी गर्दै आएका छन् । आर्थिक सल्लाहकार नियुक्त भएका राउतले प्रदेश १ को आर्थिक विकासका लागि मुख्यमन्त्री राईसँगको परामर्शमा आफूले सकेको साथदिने प्रतिवद्धता जनाए । उनले प्रदेश १ मा जलविद्युत र कृषिका लागि ठूलो सम्भावना रहेको
झापा/ झापाको कमल गाउँपालिका–५ स्थित पुर्व पश्चिम राजमार्गमा दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बस र मोटरसाईकल आपसमा ठोक्दिा मोटरसाइकल चालक बराहक्षेत्र १० का २२ वर्षीय अभिषेक यादव को मृत्यु भएको हो । हिजो (बुधबार)बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको नम्वरको बसले बिपरित दिशाबाट आउदै गरको प्र.१.०२.०४८ प ३०८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका यादव र सोही स्थानका २५ बर्षिय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार भईरहेकोमा यादवको उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका–२ का सोम बह
चितवन/ आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो। प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल आठ लाख ८७ हजार पुगेको छ। यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए। धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ। फाउण्डेसनले १७ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व ल
सुनसरी/ जनप्रतिनिधि निर्वाचित भएको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटेको छ । निर्वाचनको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उनको भनाइ छ । स्थानीय तहको निर्वाचन पछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्प
इलाम/ जग्गाको धनिपुर्जा भएर सरकारलाई राजस्व तिरिरहेको निजी जग्गामा रुख लगाएर विक्री गर्नको लागि अनेक झञ्झट ब्यहोर्नु परेको भन्दै निजी जग्गामा उत्पादन भएको काष्ठजन्य बस्तुलाई नगदेबाली सरह विक्री गर्न पाउनुपर्ने माग गरेका छन । पारिवारीक निजी वन संघ नेपाल जिल्ला शाखा इलामको आयोजनामा भएकोे ‘पारिवारीक निजी वनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा निजी जग्गामा लगाएका कृषि जन्य उत्पादन बेच्न कृषि ज्ञान केन्द्रलाई सोध्न नपर्ने तर निजी जग्गाकै रुख बेच्न वन कार्यालयलाई सोध्नुर्दा झन्झटिलो भएको गुनासो सरोकारवालाको रहेको छ । केन्द्रिय अध्यक्ष जोगराज गिरिले एउटै जग्गामा भएको धान बेच्न
धरान । तत्कालिन धरान नगरपालिकाले गुरुयोजना अनुसार पर्यटकीय गन्तव्यको रुपमा विकाश गर्न २१ वर्ष अघि सप्तरंगी पार्क बनाउन थालेको हो । धरान १७ मा रहेको सप्तरंगी पार्कले अहिले सम्म पनि पुरा हुन नसक्दा अझै लथालिंगनै छ । विडिआर भन्ने संस्थासंग सहकार्य गरेर ६२ विगाहा जग्गामा सुविधा सम्पन्न सहिद स्मारक पार्क, बाल उद्यायन, खेलकुदका गतिविधि लगायतका ठूलो महत्वांकांक्षी गुरु योजना बनाएर उपमहानगरपालिकाले थालेको काम बीचैमा रोकिएको थियो । तत्कालिन अवश्थामा करिब ३ करोड रुपैया लगानी गरेको थियो । यतिबेला संप्तरंगी पार्कको जग्गा समेत अतिक्रमणमा परेको छ । ६२ विगाहा जग्गा अहिले ९ विगाहा क्षेत्रफलमा मात्रै संप्तरं
धरान । नेपाल शैक्षिक परामर्श संघ प्रदेश नम्बर १ को पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट टपयुनिभर्सल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश लकान्द्री अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । धनकुटाको हिले स्थित माउण्ट होराइजनमा भएको संघको बुधबार सम्पन्न सभाले अध्यक्षमा लकान्द्री सहित ७ कार्यसमिती सर्वसम्मत चयन गरेको हो । समितीको उपाध्यक्षमा दिपक गौतम, सचिवमा रबी कुमार गुप्ता, कोषाध्यक्षमा हेम जिवान निरौला चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा दुर्लभ कार्की, रोजन थापा, गोपाल निरौला छन् । समितीको अर्को बैठकले दुई सदस्य मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष लकान्द्रीले बताए । उनले संघलाई गुणस्