परिषद्को ऐतिहासिक सम्भाषण शिविर संस्कृतलाई व्यावहारिक र जीवनोपयोगी शिक्षा बनाउने उद्देश्य

  • पुस १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /नेपाल शिक्षण परिषद्को आयोजनामा मोरङको विराटनगरमा ऐतिहासिक संस्कृत सम्भाषण शिविर सञ्चालन भइरहेको छ । करीब तीन सय सहभागीहरूले एकै स्थानमा प्रशिक्षण लिएको यो पहिलो शिविर हो ।

नेपालमा गुरुकुल पद्धतिको पठनपाठन र संस्कृत भाषाको जगेर्नाका निम्ति मोरङको विराटनगरस्थित लक्ष्मीनारायण वेदविद्याश्रममा पौष १० गतेदेखि २१ गतेसम्म सञ्चालन भइरहेको उक्त शिविरमा प्रदेश नं १ का झापा, मोरङ , सुनसरी , पाँचथरलगायतका जिल्लाबाट प्रशिक्षार्थीहरू सहभागी भएका छन् ।

संस्कृत भाषालाई लोकभाषा बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा संस्कृत गुरुकुलहरूका विद्यार्थी तथा शिक्षक एवम् आधुनिक विषयका विद्यार्थी र शिक्षक दुवै खालको उपस्थिति रहेको अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख गुरुप्रसाद सुवेदीले जानकारी दिए ।

पौष ११ गतेदेखि १७ गतेसम्म प्रशिक्षार्थीहरूका लागि प्रशिक्षण दिइएने छ भने १८ गतेदेखि २१ गतेसम्म तीन दिन आचार्य तथा शिक्षकहरूकलाई प्रशिक्षण दिएर कार्यक्रम समापन हुनेछ ।

संस्कृतलाई कसरी व्यावहारिक र जीवनोपयोगी शिक्षाका रूपमा अघि बढाउने भन्ने उद्देश्यले सम्भाषण शिविर पहिलो चरणमा गुरुकुल तथा माध्यमिक तहका विद्यार्थीलक्षित गरिएको र आगामी दिनमा क्रमशः सर्वसाधारणका निम्ति पनि आयोजना गरिने शिक्षण परिषद् नेपालका महासचिव वासुदेव कृष्ण शास्त्रीले जानकारी दिए । ‘लिच्छविकालमा नेपालमा संस्कृत भाषा नै राष्ट्रभाषाका रूपमा रहेको थियो, हाल संस्कृत लोपोन्मुख हुन लागेकाले यसको जगेर्ना गर्न लागिएको हो’ शास्त्रीले भने ।

हाल प्रशिक्षकका रूपमा आकाश नीलम् गोविन्द, प्रा. डा. गुरुप्रसाद सुवेदी, चक्रपाणि नेपाल तथा संस्कृतभारती भारतका दुईजना प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए । पाञ्चाली मन्दिरको व्यवस्थापनमा सञ्चालित उक्त सम्भाषण शिविरमा महिला, बालबालिका तथा गुरुकुलका करीब ३ सय जना बटुकहरू सहभागी भएका छन् । नेपालमा हुनेगरेका सम्भाषण शिविरहरूमध्ये सङ्ख्यात्मक रूपमा सबैभन्दा ठूलो शिविर रहेको आयोजले दावी गरेको छ ।

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved