धरान । सुनसरीको गढी गाउँपालिका ६ स्थितमा ट्रयाक्टरको ठक्करबाट १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी ६ का ७० बर्षीय हरीलाल मगरदैता रहेका छन् । मंगलबार राती ९ बजे प्रदेश १–०२–००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसीरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि घाईते भएका मगरदैताको उपचारको क्रममा बिराटनगर स्थित बिराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
धरान । इलाम नगरपालिकाले जनकपार्क निर्माण गरेको छ । आठ लाख ६५ हजार एकसय ६० रुपैयाँ लागतमा पार्क निर्माण भएको हो । चारलाख ९० हजार एकसय ६० रुपैयामा माई भगवति निर्माण सेवाले निर्माणको जिम्मा लिएको थियो । पार्कमा राखिने मूर्ति तीनलाख ७५ हजारमा गोलशिमल मूर्तिशालाले खरिदको जिम्मा लिएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाईँले जानकारी दिए । इलाम नगरपालिका ७,८ र ९ नम्वर वडाको संगमस्थलमा निर्माण भएको जनक पार्क मंगलवार उद्घाटन भएको छ । इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा नगरप्रमुख बस्नेतले सालिक मात्र नभएर राष्ट्रिय एकताको प्रत
धरान । पुरुष साथी सँग होटलमा बसेकी एक महिलाको शव भेटिए पछि उनको हत्या हुन सक्ने आशंका गरिएको छ । मंगलबार धरान १८ स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत अवश्थामा भेटिएकी महिलाको शरीरमा चोटपटक देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतक इटहरी ५ मा डेरा गरि बस्ने ३९ वर्षिय सुमित्रा तामाङ रहेको खुलेको छ । उनी होटलमा मृत अवश्थामा भेटिएकी थिईन् भने उनका साथी फरार रहेका छन् । महिलाको शरीर अनुहार मात्र देखिने गरि सिरक ओढाएको अवस्थामा भेटिएको थियो । प्रहरीले मुचुल्का उठाउने क्रममा मृतकको शरीरमा चोटपटक देखिएको छ । अनुहार र जिउमा चोटपटक देखिएकाले घटना शंकास्पद रहेको प्रहरीको
धरान । दुई दशक अघिदेखि शारीरिक सुगठनको क्षेत्रमा निरन्तर क्रियाशील एलाइनेट जिमले यो वर्षसमेत धरानमा नगरस्तरीय शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । २१ औं मिस्टर धरान आगामी फागुन २० गतेदेखि शुरु हुने छ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी समूहले स्पर्धा गर्नेछन् । आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूका अनुसार पहिलो दिन शुक्रबार प्रि–जजिङ राउन्ड हुनेछ । जसमा प्रत्येक समूहमा ६ जना खेलाडी छनोट भई ३० जना फाइनल प्रतियोगितामा सहभागी हुनेछन् । फागुन २१ गते शनिबार आयोजना हुने फाइनलमा प्रत्येक वजन समूहले स्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रत्येक वजन
धरान । प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट धरान १० ले खेल सप्ताहको शुभारम्भ गरेको छ । महाशिवरात्री पर्वको अवसरमा पाँच किलो मिटर दौड आयोजना गर्दै प्राइम भिजन स्पोर्ट्स विकको समुद्घाटन गरेको हो । समुद्घाटनमा आयोजित पीभीआइएचेम फाइभ के रनमा कक्षा १२ का वाणिज्य सङ्कायका विद्यार्थी रोशन लावती विजयी भएका छन् । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए । उपविजेता एडिएचएमका विद्यार्थी रोनिश श्रेष्ठले २२ मिनेट २८ सेकेन्डमा दौड पूरा गरे । तेस्रो स्थानमा प्रकाश दुमी राई आए । छात्रातर्फ कक्षा १२ वाणिज्य सङ्कायकि हेन्खाम राई विजयी बनिन् । उनले ३७ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरिन् । उपविजेता
धरान । धरानमा खानेपानीको अभाव चरम रुपमा बढ्दै गएको छ । खानेपानी बोर्डले दिन बिराएर पानी वितरण गरेको जनाए पनि पालो परेको दिनमा समेत पानी नआउँदा स्थानीयहरु दिनभरी पर्खिन्छन्, तर रित्तो भाडानै लिएर घर फर्किनुपरेको छ । धरानको वडा नम्बर ७ र १५ मा पर्ने नजिकैको खोल्सी धारामा पानी आउने पालो पर्खिएर दिनभरि सर्वसाधारण बसे, तर पानी नआएपछि रित्तो भाडा लिएर घर फर्किएको गुनासो गर्छन् । यो धारा सरकारी धारा हो । तत्कालिन नेपाल खानेपानी संस्थानले बर्षौ पहिलो सर्वसाधारणलाई खानेपानी पिउन सहज होस् भन्ने अभिप्रायले जडान गरिएको यो धाराबाट करिब १० घर परिवार आश्रित छन् । धारामा पानी आउने दिन उनीहरु सबै काम छोडेर प
धरान । बजेटको सुनिश्चितता हुन नसक्दा उदयपुर र खोटाङको विभिन्न खोलाहरूमा निर्माणाधिन झोलुङ्गे पुल अलपत्र बनेको छ । अघिल्लो वर्षनै सम्पन्न भइसक्नु पर्ने योजनाहरु बजेट अभावकै कारण अलपत्र बनेको हो । दुई जिल्लामा रहेका विभिन्न खोलाहरूमा निर्माणाधीन नौवटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार संघीय सरकारले लागत इष्टमेट अनुसार रकम र पुल निर्माणका लागि फलामे लठ्ठाहरू समेत उपलब्ध नगराउँदा उदयपुर र खोटाङमा गरी हाल निर्माणाधीन अवस्थामा रहेका नौ वटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक निर्माणमा तीव्रता दिएको भए प
धरान । झापाको अर्जुनधारा नगरपालिका ९ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालीका ९ का ५८ बर्षीय राजेन्द्र थापा रहेका छन् । आइतबार राती साढे ६ बजे को ९ प १७६३ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका पैदल यात्री थापाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल र चालक इलाम रोङ २ का अर्जुन तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
धरान/ दोस्रो असोक स्मृति बास्केटवल प्रतियोगिताको उपाधि हाम्रो कलेक्ससन टिमले चुमेको छ । आइतवार भएको फाइनल खेलमा हाम्रो कलेक्सनले व्रदस टिमलाई ५७ – ४७ अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । विजेता हाम्रो कलेक्सनले उपाधि संगै नगद पच्पन्न हजार ५ सय ५५ रुपैया , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरि उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलको डिमाण्डु म्यान अफ द म्याच व्रदसका सर्वोधन राई घोषित भएका थिए । खेलको उत्कृष्ट खेलाडि हाम्रो कलेक्सनका हेमन्त राई घोषित भए । उनले फाइनल खेलमा टिमलाई जिताउन व्यक्तिगत २० अंक
धरान । बालिकालाई बलात्कारपछि हत्या गर्नेलाई मोरङ प्रहरीले सार्वजनिक गरको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार बालिकाको हत्यामा संलग्न रहेका लेटाङ ८ का ६४ बर्षीय दिपक गिरीलाई सार्वजनिक गरेको हो । मोरङ प्रहरी प्रमुख एवं एसपी जर्नादन जिसीले अनुसार पक्राउ परेका गिरीले बुधबार साढे ४ बजे विद्यालयबाट घर फर्कदै गर्दा १२ बर्षीया बालिका करुणा राईको बलात्कारपछि हत्या गरेको स्वीकारेको जानकारी दिए । अभियुक्तको बयानलाई आधार मानेर उनले भने–‘जंगल बीचमा पुगेपछि गिरी बालिकालाई फकाएर भित्री बाटोबाट जादा छोटो पर्छ भनेर अर्को बाटोतर्फ लगेको र केही पर पुगेपछि बालिकालाई शारीरिक सम्पर्कको प्रस्ताव