इटहरी फुटबल क्लब सेमिफाइनलमा

  • माघ २३, २०७९
  • "चन्दन रौनियार"
alt

दुहबी \ सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेलमा इटहरी फुटबल क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा इटहरी फुटबल क्लब सुनसरीले बसाहा ११ फुटबल क्लब उदयपुरलाइ १–० गोल अन्तरले पछि पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको ९ औं मिनेटमा इटहरी फुटबल क्लब सुनसरीका खेलाडी राजेश लुंगेलिले एक गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराएका हुन् । दुवै तर्फबाट आक्रमक खेल भएपनि निर्धारित समय सम्म बसाहा फुटबल क्लब उदयपुरले गोल फर्काउन सकेको थिएन । खेलको म्यान अफ द म्याच इटहरी फुटबल क्लब सुनसरीका खेलाडी रमेश राजवंंशी घोषित भए ।

उनले २५ सय नगद तथा मेडल प्राप्त गरे। सोमबारको तेस्रो क्वाटरफाइनल खेल गोल्डेन स्टार क्लब सुनसरी र डांगीहाट युथ क्लब मोरङकाबीच हुने आयोजकले जनाएको छ ।

मेमोरी युवा क्लब दुहबीको आयोजनामा शनिबारदेखि शुरु भएको गोल्डकप फुटबल प्रतियोगितामा सुनसरी मोरंग, झापा, धनकुटा र उदयपुरको ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेताले उपाधी सहित नगद २ लाख ट्रफी र उपबिजेताले १ लाख नगद ट्रफी पुरस्कार पाउने छन् ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved