समाचार

    Showing 5,121-5,130 of 10,030 items.
  • ‘खेलकुदको गतिविधिलाई चलायमान बनाउँन सबै लाग्नुपर्छ’

    धनकुटा / धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटामा खेलकुदको गतिविधिलाईलाई चलायमान बनाउँन सबै लाग्नुपर्ने बताएका छन् । उनले यसका लागि नगरमा खेलकुद गतिविधि बढाउन सम्बद्ध संघसस्थाहरुलाई आग्रह गरेका छन् । धनकुटामा सम्पन्न सहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिता समापन कार्यक्रममा बोल्दै मेयर तामाङले गतिविधिलाई बढाउन विभिन्न संघ संस्थालाई आग्रह गरेका छन् । मेयर तामाङले खेलकुद विकासले मात्र समग्र नगरपालिकाको विकास हुने बताउँदै खेलकुदका गतिविधि बढाएर खेल पर्यटनको विकास गर्न सकिने बताए । उनले भने–‘खेलको गतिविधिलाई बढाए मात्र खेल पर्यटनको सम्भावना हुन्छ, खेलकुद गत

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 837 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रिजर्व ट्याङ्कीको शिलान्यास

    विजयपुर/  तीन महिनाभित्रमा निर्माण सम्पन्न गर्ने योजना लिएर धरान १५ सेउती बगरमा रिजर्ब ट्यांक र फिल्टर निर्माणको शनिबार शिलान्यास गरिएको छ । ४६ लाख लागत अनुमान गरिएको सो ट्याङ्की निर्माणका लागि हर्क साम्पाङ सपोर्ट कमिटी युकेले ३० लाख २३ हजार ६ सय २४ रुपैया सहयोग गर्ने भएको छ । ट्याङ्कीको शिलान्यास धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई र हर्क साम्पाङ सपोर्ट कमिटी युकेका सह संयोजक प्रेम लिम्बुले संयुक्त रुपमा गरेका छन् । भालुखोलाको पानी सञ्चित गर्ने उद्देश्यले गोर्खा वेल्फेयर ट्रष्टको प्राविधिक सहयोगमा ७५ हजार लिटरको ट्याङ्की रहने मेयर साम्पाङले बताए । अपुग रकम श्रमदान तथा निर्माण

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा महालक्ष्मी नगरलाई अरुण नदीको लिफ्टिङ खानेपानी

    धनकुटा /  खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । संद्दीय सरकारको २० करोड लगानीमा नगरका वडा नं ५, ६ र ७ का एक हजार छ सय घरधुरीका लागि खानेपानी सञ्चालनमा आउन लागेको होे । नगरको सदरमुकाम जितपुर बजारको १६ किमी दक्षिणमा रहेको अरुण नदीबाट साढे सात किमी भर्टिकल लिफ्टिङ गरेर उक्त खानेपानी आयोजना सञ्चालनमा आउन लागेको हो । कूल लागतमध्ये १४ करोड बराबर ठेक्का भिमेश्वर आरयू मैनाली जेभी काठमाडौँले पाएको छ भने बाँकी रकमको काम उपभोक्तामार्फत हुनेछ । विसं २०७८ चैतमा सम्झौता भई निर्माणको ठेक्का पाएकोे जेभीले तोकेको समयमा काम

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 829 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘समाजसेवा गर्ने संस्थाले राजनीति गर्नु हुँदैन’

    धरान / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले समाजसेवा गर्ने संस्थामा राजनीति गर्नु नहुने बताएकी छन् ।मन्त्री चौधरीले नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको ४८ औ जिल्ला सभाको उद्घाटनका अवसरमा बोल्ने क्रममा रेडक्रस जस्तो संवेदनशील संस्थामा राजनीति गर्नु नहुने बताएकी हुन् । मन्त्री चौधरीले रेडक्रसको केन्द्रीय कार्यालयमा अहिले गञ्जागोल भएको बताउँदै विशुद्ध सामाजिक संस्थामा लागेको यो संस्थामा यस्तो हुनु राम्रो नभएको बताइन् । उनले सामाजिक कार्यका लागि नेपाल सरकारले रेडक्रसलाई ठूलो अधिकार प्रदान गरेको बताउँदै रेडक्रसलाई ऐन, कानुनभित्र ल्याउन नसके विकराल अवस्था सिर्जना हुने बताइन् ।

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 858 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फजुल खर्च जोगाउन सामूहिक ब्रतबन्ध बर्सेनी सङ्ख्या बढ्दै

    धरान / हिन्दु वैदिक सनातन धर्ममा ब्रतबन्ध गरेपछिमात्र कर्म चल्ने मान्यता छ । तर यस्ता सामाजिक संस्कारहरु पछिल्लो समय खर्चिलो र भड्किलो हुँदै गएको छ । कम खर्चमा पनि गर्न सकिन्छ भन्ने मूल अभिप्राय बोकेर विगतदेखि नै विजयपुर आध्यात्मिक मञ्च सुनसरीले सामाजिक संस्कारभित्र पर्ने ब्रतबन्ध, छेवर र गुन्युचोली सामूहिक रुपमा गर्दै आएको छ । यस वर्ष भने मञ्चले ब्रतबन्ध मात्र गरेको छ ।सामाजिक संस्कारभित्र पर्ने ब्रतबन्ध, छेवर र गुन्युचोली हिन्दु धर्मालम्बीहरुका लागि अनिवार्य जस्तै छ । यी कर्म गरेपश्चातमात्र कर्म चल्ने मान्यता छ । तर सामान्य रुपमा गर्न सकिने यस्ता संस्कारहरु खर्चिलो र भड्किलो ढंगबाट हुन थालेप

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 1,073 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लायन्स लियोद्वारा माया घरमा स्वास्थ्य शिविरको आयोजना

    इटहरी । इटहरी उपमहानगरपालिका २ मा रहेको माया घरको परिसरमै पुगेर छाला तथा यौन रोगसम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । लायन्स क्लब अफ धरान घोपा युनाइटेडको प्रोजेक्ट ‘आरोग्यः मुभ फर हेल्थ“ अन्तर्गत लियो लायन डा. शुभम कुमार अग्रवालको संयोजकत्वमा धरानका लायन्स क्लब अफ धरान घोपा युनाइटेड, लायन्स क्लब अफ धरान गौतम बुद्ध र सोसियल अपटिमाइजर्स युनाइटेड लियो क्लब र बिराटनगरका लायन्स क्लब अफ बिराटनगर, लायन्स क्लब अफ बिराटनगर गृन सिटि र हेल्थ एमबेसडर्स युनाइटेड लियो क्लबको आयोजना तथा भेनस स्किन एन्ड हेयर ट्रान्सप्लान्ट क्लिनिक बिराटनगरको प्राधिधिक सहयोगमा सम्पन्न भएको

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा एक दिने निशुल्क आँखा शिविर

    विजयपुर / धरान वडा नम्बर १० को आयोजनामा १ दिने आँखा शिविर  संञ्चाल गरिएको छ।   शिविर विहान ८ बजे देखि ४ वजे सम्म संञ्चान गरिएको वडा अध्यक्ष विवेक राईले बताएका छन।  उक्त  शिविरमा ८२ जनाले आँखा परिक्षण गरेका छन । ती मध्ये ६९ जनाको आँखामा मोति बिन्दु लगायत अन्य समस्या देखिएको राईले जानकारी गराएका छन। शिविरमा अधिकास ५० देखि ७५ बर्ष उमेर समुहका वडाबासीमा मोतिबिन्दुको समस्या देखिएको मन्जु  श्री सुपर स्पेशलिटि आई केयर सेन्टरका कर्मचारी निसु पाण्डेले बताएकी छिन् । उक्त शिविरमा उपचार गर्न आएका स्थानियवासी सुनिता राई भन्छीन् वडाले आयोजना गरेको यस शिविरले हामी जस

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 1,050 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • इटहरी फुटबल क्लब फाइनलमा

    दुहबी /  सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा इटहरी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । आयोजक मेमोरी युवा क्लब सोनापुर सुनसरीलाई २–० गोल अन्तरले पछि पार्दै इटहरी फुटबल क्लब सुनसरी दोस्रो सोनापुरको गोल्डकपको फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको चार मिनेटमा इटहरीका खेलाडी समीर राईले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफकोे छैटौं मिनेटमा इटहरका समीर राईले थप १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिस्चित गराएका छन् । खेलको उत्कृष्ट खेलाडी इटहरी फुटबल क्लबका खेलाडी समीर राई घोषित भए ।   उनलाई

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 760 पटक पढिएको
    • "चन्दन रौनियार"
  • झापाको नगर अस्पताल अलपत्र ठेकेदार कम्पनी बेपत्ता

    झापा /  झापाको मेचीनगर नगरपालिकामा निर्माणाधीन अस्पताल अहिले लथालिङ्ग अवस्थामा रहेको छ । नगरपालिकाको १० नं. वडामा निर्माणाधीन अस्पताल ठेकेदारले निर्माण कार्यलाई छोडेर भागेपनि दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको हो ।नगरबासी लगायत आसपासका सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण सुरु गरिएको थियो । संघीय सरकारको २४ लाख लागतमा निर्माणाधीन अस्पतालमा १५ बेडको सुविधा सम्पन्न बनाउने योजना रहेको थियो । तर ठेकेदार नै भागेपछि भने जुन उद्देश्य लिएर अस्पताल निर्माण गरिएको हो त्यो हुन नसकेपछि स्थानीय तथा आसपासका सर्वसाधारण निराश बनेका छन् । यो अस्पताल निर्मणका लागि भूमि विपियल

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 1,020 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ कृषि मन्त्रालयले नीति बनाएको छ कृषकलाई थाहा नै छैन

    धरान / पुष्प प्रवद्र्धनका लागि प्रदेश सरकारले कृषि सम्बन्धी नीति बनाए पनि धेरै लाई थाहा नभएको प्रदेश नं. १ का उद्योग, कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले बताएका छन् ।उनले प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन २०७७ नियमावली ०७८ बनेको प्रष्ट पार्दै यो ऐनले कुनै कृषक, सहकारी, उद्यमीले एक वर्ष केही सेवा सुविधा पाएमा मन्त्रालयबाट, कृृषि ज्ञान केन्द्रबाट, भेटनरी कार्यालयबाट तीन वर्षसम्म केही सुविधा नपाउने यो प्रावधान नयाँ उद्यमी बढाउने उद्देश्यले ऐन बनेको बताए । उनले यो नियमावली प्रदेश सांसदले बैठकबाट सर्वसम्मत सहमति गरेर बनाएको ऐन भएको बताए । भेलेन्टाइन डे नजिकिँदै जाँ

    • प्रकाशित मितिः माघ २७, २०७९
    • 782 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved