समाचार

    Showing 4,721-4,730 of 10,030 items.
  • राजधानीमा धरानेहरूको शुभकामना आदानप्रदान सम्पन्न

    काठमाडौँ / देशकै सुन्दर नगरी धरानबाट काठमाडौँमा आई विभिन्न पेसा–व्यवसायमा क्रियाशील धरानेहरूले यहाँ नयाँ वर्षको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम आयोजना गरेका छन् । क्रियाशील नाट्यकर्मी राजेन्द्र रिमालको अगुवाइमा धरानबाहिरका धराने नामक अनौपचारिक समूहले आयोजना गरेको कार्यक्रममा धरानेहरू उल्लेख्य रूपमा सहभागी थिए । कार्यक्रममा न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठ, पूर्ववाणिज्य मन्त्री मीन विश्वकर्मा, नेपाल प्रहरीका एआईजी सन्दीप भण्डारी, पूर्वसांसद् जयकुमार राई, नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपाने, नेपाली सेनाका जर्नेल नवराज गुरुङलगायत उपस्थित थिए । सो अवसरमा आयोजित औप

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 801 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागू पदार्थ विरुद्धको सचेतना कार्यक्रम सुरु

    विजयपुर /धरान वडालाई नै लागू पदार्थ दुव्र्यसन रहित वडा बनाउने उदेश्यले धरान उपमहानगरपालिका वडा नम्बर ४ मा दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ । धरान उपमहानगपालिका वडा नम्बर ४ को सहयोग र जनता मिडिया हव धरानको आयोजनामा दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ। पहिलो दिनको सचेतना कार्यक्रम शनिवार वडा कार्यालयको भवनमा सम्पन्न भएको छ । वडालाई लागु पदार्थ दुर्वशन रहित वनाउनको लागि धरान उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले दुई दिने लागू पदार्थ विरुद्धको दुई दिने सचेतना कार्यक्रम आयोजना गरिएको औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी&nb

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 707 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • पोषण सचेतना सहित निःशुल्क स्वास्थ्य शिविर

    विराटनगर / नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतना सहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गरेका हुन । बस्नेतले वडा नम्बर १ को शिक्षा र स्वास्थ्यमा पछाडि परेको स्थान छनौट गरेर स्वास्थ्य शिविर आयोजना गरिएको बताउन भयो । वडा नम्बर १ का अध्यक्ष समेत रहेका बस्नेतले शिविरमा स्वास्थ्य जाँच सँगै आहार विहार र दैनिकी जीवन शैलीका विषयमा पनि जानकारी प्राप्त हुने बताएका ।   त्यस्तै गरि महानगरको स्वास्थ्य महाशाखा प्रमुख

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 679 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घाइते लाई र्आर्थिक सहयोग

    धनकुटा / कामको शिलशलिामा घाइते भएका १७ बर्षीय विवेक राईको उपचारका लागि मलेसियामा विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । कुटनी–पिसनी मिलमा काम गर्ने क्रममा धनकुटा नगरपालिका वडा नं.२ का राई गम्भीर घाइते भएका थिए । मलेसियाको जोरबारु स्थित एआर स्टार कम्पनीमा कार्यरत नेपालभरीका १ सय १९ नेपालीहरुले ७१ हजार पाँच सय ३४ रुपैंया सहयोग गरेका हुन् । कम्पनीमा कार्यरत साबिक धनकुटा नगरपालिका ९ हाल वडा नं.७ का धनप्रसाद राई र उनका साथिहरु नरेश राई ,बिवश राई र राम प्रसाद राईको बिशेष पहलमा सो रकम संकलन गरिएको हो । उक्त रकम सुनिल राईकी श्रीमती सान्ताकुमारी राईले धनकुटा नगरपालिका. ५ बालमन्

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 739 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संखुवाभामा थुनिएको नदी अझै खुल्न सकेको छैन

    संखुवाभा / पहिरोले संखुवाभाको नुम फाक्सिन्दा स्थित अरुण नदीमा बनाइएको डाइभ्रसन च्यानलमा क्षति पुगेको छ । सुख्खा पहिरो झरेर नदी थुनिएको स्थानीय बासिन्दाले बताएका छन् । भारतीय कम्पनी सतलजले अरुण नदिमा बाध निर्माणको लागि बनाएको डार्ईभसन च्यानल पहिरोले क्षती ग्रस्त बनाएको हो । अहिले नदीमा ७० प्रतिशत पानी जमेको प्रहरीको भनाई छ । १०–१५ प्रतिशत पानी निकास हुँदै आएको छ । एकैपटक पानी निकास गर्दा जम्मा भएको पानीको वहावले क्षति पुर्‍याउने भएकोले निकासको विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ । अहिले पनि पहिरो खस्न भने नछोडेको स्थानीयले बताएका छन् । अहिलेसम्म भौतिक तथा मानवीय क्षति भने नभ

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किराया धरान १३ को दोस्रो तलाको उद्घाटन

    धरान / संस्कार, सँस्कृति र पहिचानको आन्दोलालाई शशक्ति अगाडि बढाउँदै आएको किरात राई यायोख्खा धरान १३ को निर्माण सम्पन्न भवनको शनिवार एक कार्यक्रमबीच समुद्घाटन गरिएको छ । १७ लाखको लागतमा निर्माण सम्पन्न भएको निर्माण सम्पन्न दोस्रो तलाको उद्घाटन धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रपसाद काफ्लेले गरेका थिए । भवन निर्माणका लागि देश तथा विदेशमा रहेका राई समुदायले स्वस्फूर्त रुपमा सहयोग जुटाएका थिए । सो अवसरमा १४ लाख ८ सय ४६ रुपैया स्वफूर्त रुपमा जुटेको किरात राइ यायोख्खा धरान १३ का सचिव वसन्त वान्तवाले जानकारी दिए । १० धुर जग्गाामा बनेको सो भवनको पहिलो तला२०७९ जेष्ठ २९ गते सम्पन्

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 734 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिरोले अरुण नदीको डाइभ्रसनमा क्षति

    संखुवाभा / पहिरोले संखुवाभाको नुम फाक्सिन्दा स्थित अरुण नदीमा बनाइएको डाइभ्रसन च्यानलमा क्षति पुगेको छ । भारतीय कम्पनी सतलजले अरुण नदिमा बाध निर्माणको लागि बनाएको डार्ईभसन च्यानल पहिरोले क्षती ग्रस्त बनाएको छ। निमर्णधीन अरुण तेस्रो आयोजनाले अरुण नदीमा निर्माण गरेको डाइभ्रसन च्यानल पहिरोले क्षति ग्रस्त बनाउँदा डाइभ्रसन च्यानलबाट गएको अरुण नदी थुनिएको हो । अहिलेसम्मा कुनै मानवीय क्षति नभएपनि निर्माण सामग्रीहरु हटाउने काम भइरहेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 837 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला घेदुङद्धारा स्कुल सामाग्री वितरण

    धरान /  नेपाल तामाङ महिला घेदुङ, धरान नगर समितिले विपन्न ३० जना विद्यार्थीहरुलाई स्कुल व्याग र कापी वितरण गरेको छ । २५६७ औं बुद्ध जयन्ती र नयां वर्ष २०८० सालको अवसरमा धरानको विभिन्न वस्तीमा रहेका विपन्न विद्यार्थीहरुलाई स्कुल व्याग र कापी वितरण गरिएको हो । यस वर्षको सोनाम ल्होछार–२८५९ को अवसरमा घरघरमा ल्होछार खेलेर संकलन गरेको रकमवाट धरानका विभिन्न वस्तीमा रहेका अति विपन्न विद्यार्थीहरुलाई शिक्षा आर्जन गर्नमा टेवा पु¥याउने उद्देश्यले स्कुल सामाग्री वितरण गरिएको महिला घेदुङका धरान नगर अध्यक्ष गंगा तामाङले बताए । नेपाल तामाङ महिला घेदुङ, धरानका अध्यक्ष गंगा तामाङको अध्यक्ष

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 738 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोकाबाट पानी ल्याउने सहमतिको प्रयास सकारात्मक

    धरान /  सीमा विवाद र असहमतिले चर्चा पाएको धरान खानेपानीको कोका श्रमदान महाअभियानमा सहमतिको प्रयास सकारात्मक ढंगबाट अगाडि बढेको छ । वराहक्षेत्रका नगर प्रमुख रमेश कार्की र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच छलफलमा दुवै पक्षबाट आ आफ्नो कुरा अगाडि राखेका थिए । सो अवसरमा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि कोकाबाट पानी ल्याउनका लागि संस्थागत निर्णय, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन र धरानलाई सशुल्क पानी वितरण गर्न लागिएको हो भने बराहक्षेत्रलाई निश्चित कर दिनुपर्ने ग्यारेन्टीसहितको लिखित सहमति गर्नुपर्ने कुरा अगाडि स

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • 712 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘ज्याकी आइएम २१’ वैसाख २१ देखि रिजिल

     विजयपुर / छायांकन धरानमा रहेको ‘ज्याकी आइएम २१’ नेपालभरिबाट एकै पटक रिलिज हुने भएको छ । चलचित्रको टिमले आइतबार धरान किचनमा पत्रकार सम्मेलनको अयाोजना गरी वैसाख १ गतेबाट चलचित्र रिजिल हुन लागेको जानकारी गराइएको हो । पारिवारिक कथामा बनाइएको सो चलचित्रको ८० प्रतिशत छायाँकन धरानमा गरिएको निर्देशक रेनिसा वान्तवा राईले बताइन् । पारिवारको सपना पूरा गर्ने क्रममा लाहुरेको सपना बोकेका युवाहरुको कथालाई समेटेर वास्तविकता उजागर गर्न यो चलचित्रले खोजेको निर्देशक रेनिसाले जानकारी दिइन् । सो चलचित्रको मुख्य भूमिकामा नायक धिरज मगर, नायिका जोशिका गुरुङले अभिनय गरेका छन् भने कलाकार प

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • 811 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved