समाचार

    Showing 4,501-4,510 of 10,028 items.
  • प्रतिष्ठानलाई छाता ऐनमा लान नहुने भन्दै र्‍याली

    धरान / धरान स्थित बीपी कोइराला छुट्टै स्वायत्त संस्थाको स्थापना भएपनि तीन दशक पछि यसलाई छाता ऐनमा लाने सरकारी तयारी भएसँगै बीपीका राजनीतिक दल, प्रतिष्ठानका कर्मचारी, शिक्षक लगायत सम्बन्धित पक्ष आन्दोलित बनेका छन् । उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका हुन । आन्दोलनको निरन्तता स्वरुप शनिबार उनीहरुले बीपी कोइरालाको गेट अगाडिबाट धरानको भानुचौक सम्म मौन जुलुस समेत निकालेका छन् । उक्त जुलुस धरान २ को भानुचौकमा आएर सम्पन्न भएको छ । भारत र नेपालको मैत्रीपूर्ण सहयोगमा २०५० सालमा निर्माण भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले छाता ऐनमा लाने प्रक्रिया अगाडि बढाए सँग

    • प्रकाशित मितिः असार २, २०८०
    • 813 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आप्रवासी स्रोत केन्द्र हस्तान्तरण

    धनकुटा / धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले एक कार्यक्रम गरि धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो । सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि समृद्धि आयोजनाले केही बर्षयता जिल्ला प्रशासन कार्यालय धनकुटा र इलाका प्रशासन कार्यालय राजारानीमा सो केन्द्र तथा सूचना कक्ष सञ्चालन गरिरहेको हो । सम्बन्धित पालिकासँगको साझेदारीमा सञ्चालन भइरहेको उक्त केन्द्र तथा सूचना कक्ष अब पालिका

    • प्रकाशित मितिः असार २, २०८०
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी प्रदेशका सात जिल्ला बाढी र पहिरोको जोखिममा

    झापा / मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना २०८० का अनुसार कोशी प्रदेशका सात जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । कोशी प्रदेशमा झापा,मोरङ,सुनसरी,उदयपुर बाढी र खोलुखुम्बू, ताप्लेजुङ र तेह्रथुम पहिरोको उच्च जोखिममा रहेको देखिएको हो । प्रदेश विपद् व्यवस्थापन परिषद्ले यसवर्ष बाढीपहिरोबाट ६८ हजार नौ सय ११ घरधुरीका ३ लाख १ हजार १ सय ४३ जनसङ्ख्या प्रभावित हुने समेत अनुमान गरेको छ । कोशी प्रदेशमा १० वर्षमा तीन सय ७७ वटा बाढीको घटनामा एक सय २४ जनाको मृत्यु भएको छ । विगत २०६९ सालदेखि २०७९ सम्ममा २१ जना घाइते र ६६ जना बेपत्ता भएको उल्लेख छ ।

    • प्रकाशित मितिः असार २, २०८०
    • 910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक बिद्यालयका कर्मचारीद्वारा आइतबार देखि बिद्यालय बन्दको घोषणा

    धरान / सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आन्दोलनमा रहेको नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ।  परिषद्ले शुक्रबार प्रेस विज्ञप्ति मार्फत देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको हो।  पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न लागिएको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए।   'गत जेठ १७ गते पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको आन्दोल

    • प्रकाशित मितिः असार २, २०८०
    • 971 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समयमै तरहरा देखि सेउतीपुल सम्मको सडकखण्ड नबन्दा दुर्घटना बढ्दो

    धरान / रानी किमाथांका सडक संजाल अन्तरगतको तरहरा देखि धरान सेउती पुलसम्मको सडक खण्डको निर्माण कार्यमा ढिलाइ हुँदा सवारी दुर्घटना बढ्नुको साथै यातायात ब्यबसायी मारमा परेका छन् । धरान देखि सेउति पुलसम्म आधा सडक निर्माण भए पनि तरहरा देखि सेउती पुल सम्मको सडक खण्ड अझै बन्न सकेको छैन । तरहरा देखि धरानको तिनकुने सम्मको पुरै सडक १ वर्षमा निर्माण भइसक्ने भने पनि अहिले सम्म पुरा हुन सकेको छैन । सेउति पुल देखि तरहरा सम्मको सडक समयमा बन नसक्दा दैनिक जसो दुर्घटना हुने गरेको छ । सडक विभागले ठेकेदारलाई कडाइ गर्न नसक्दा सडक निर्माणको कार्यको समय लम्बिरहेको छ । तिनकुने देखि सेउती पुल सम्म क्षेत्रमा धरा

    • प्रकाशित मितिः असार २, २०८०
    • 1,391 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व मन्त्रीद्वय खाँण र रायमाझी सहित १६ जनालाइ थुनामा राख्ने आदेश

    धरान / नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले खाँण, रायमाझी र सचिव पाण्डे सहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो। त्यस्तै लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ। मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । १८ जना प्रतिवादीलाई थुनामै

    • प्रकाशित मितिः असार २, २०८०
    • 667 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जना पक्राउ

    धरान/ मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ७ बाट ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय पथरीबाट खटिएको प्रहरिको टोलिले को २९ प २८७५ नम्बरको मोटरसाईकलका चालक जिल्ला मोरङ केरावारी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ४२ को चन्द्र कार्की र सोही मोटरसाईकलमा सवार जिल्ला मोरङ केरावारी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४५ को सुक्र लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीको टोलीले चेकजाँचको क्रममा ७ ग्राम ३ सय मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित उनिहरुलाइ पक्राउ गरेको हो । उनिहरुलाइ अदालतबाट लागू औषध कसूरमा पाँच दिनको म्याद

    • प्रकाशित मितिः असार १, २०८०
    • 838 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिलाइ छाता ऐनमा राखेको बिरोधमा मार्च टु काठमान्डू अभियान

    धरान /  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाइ छाता ऐन अन्तर्गत राखेको बिरोध जनाउदै धरानेहरु काठमाडौं जाने भएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितीको नेतृत्वमा हजारौं धराने काठमान्डु पुगेर बिरोध जनाउने भएका हुन् । समितिका संयोजक मुक्साहाङ मेन्याङ्बोको अध्यक्षतामा आज प्रतिष्ठानको अडिटोरियम हलमा भएको अन्तरक्रिया कार्यक्रममा ‘मार्च टु काठमान्डु’ अभियान सुरु गरिने बताइएको छ अभियानले सम्बन्धित मन्त्रालय देखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएको छ । कार्यक्रममा नागरिक दबाव समूहका संयोजक डा। राजेन्द्र शर्माले ‘मार्च टु काठमान्

    • प्रकाशित मितिः असार १, २०८०
    • 985 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी बोर्डमा जुंगाको लडाई

    धरान । धरानको खानेपानी समस्यालाई समाधान गर्न सञ्चालनमा आएको धरान खानेपानी बोर्डमा अहिले विवाद चुलिएको छ । लामोसमयदेखि वैठक नबसेको, आर्थिक पारदर्शिता नभएको विषयमा बोर्डका सदस्यहरुले अदालतमा मुद्धा चलाएपछि बोर्डका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाड र बोर्डका सदस्यबीच विवाद चुलिएको हो । साम्पाङ विरुद्ध जेठ २५ गते सदस्यहरुले मुद्धा दायर गरेका थिए । सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंक (एडिवी) को ऋण सहयोगमा सञ्चालित खानेपानी परियोजना सम्पन्न भइसकेपछि धरान खानेपानी संस्थान शाखा धरानलाई समाहित गरेर गठन गरिएको धरान खानेपानी बोर्डको वैठक नसकेको, बोर्डमा भएको गतिविधिका विषयम

    • प्रकाशित मितिः असार १, २०८०
    • 1,501 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राज्यले दिएको हक अधिकार कार्यन्वयनको लागि छलफल

    धरान । राज्यले दिएको दलित समुदायको हक अधिकार स्थानीय तहमा कार्यन्वयनका लागि धरान उपमहानगरपालिकाको वडा नम्बर १६ मा १ दिने क्षमता बिकास कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर १६ को लक्षित कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट कार्यक्रम गरिएको हो । श्री बिश्वकर्मा कल्याण सेवा समितिको आयोजनामा क्षमता बिकास कार्यक्रम गरिएको छ । वडाका ४० जना दलित समुदायका बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा दलित समुदायको लागि राज्यले बनाएको नीति तथा कार्यक्रम, विभेद विरुद्धका कानुनहरुको बिषयमा सहजकर्ता बिनोद विश्वकर्माले सहजीकरण गरेका थिए । वडाले बनाउने दलित समुदायको बजेट बिनियोजन गर्

    • प्रकाशित मितिः असार १, २०८०
    • 839 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved