धरान । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक फर्मुला वान इन स्कूल्स कार्यक्रम शुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ्गले सो कार्यक्रमको आइतबार एक समारोवीच शुभारम्भ गरेका छन् । नेपालका १० वटा इन्जिनीयरिङ्ग , साइन्स र ब्यबस्थापन कलेजका सय जना गल्र्स छात्राहरु सहभागी सो कार्यक्रममा दिपक थापा , मन्चन तिवारी , विपिन गौतम , आशिष लामिछाने , सुयोग खनाल लगायतले फर्मुला वान, कार्ट्स रेसिंग , स्पोर्ट्स म्यानेजमेन्ट, सडक सुरक्षा र व्यक्तित्व विकास जस्ता विषयमा अभिमुखीकरण तथा तालिम दिएका थिए । मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फिफाको सहयो
धरान । कतिपय ठाउमा ठेकेदारहरुले समयमै काम नगरेर बद्नाम भएका घट्नाहरु धेरै सुन्न र पढ्न पाइन्छ । तर भोजपुरमा भने समयमै गुणस्तरीय काम गरेको भन्दै ठेकेदारहरुलाई सम्मान गरिएको छ । भोजपुरको पौवादुङमा गाउँपालिकाले तोकिएको समयमै गुणस्तरीय काम गरेको निर्माण व्यवसायीलाई सम्मान गरेको हो । गाउपालिकाले तोकिएको मापदण्ड अनुसार निर्धारित समयमै काम सम्पन्न गरेको भन्दै राउत कन्स्ट्रक्सनका सञ्चालक कुल बहादुर राउतलाई सम्मान गरेको छ । पौवादुङमा गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको तिवारी भञ्याङ–च्याङ्ग्रे–मानेडाँडा अधेँरीघाट ३५ किलोमिटर सडक मध्ये १३ किलोमिटर स्तरोन्नतिको काम तोकिएको समयमा सम्पन्न गर
धरान । धरानको बर्षौदेखिको खानेपानीको समधान गर्छु भनेर निर्वाचिन जितेका हर्क साम्पाङले धरानेहरुलाई खानेपानी सहज रुपमा खुवाउनका लागि प्रयास गरिरहेका छन् । कहिले जलाधार क्षेत्रको सरसफाई, मुहानमा काम नलाग्ने पाइप फेर्ने, कहिले पिलुवा खोलामा पुगेर जनश्रमदान गर्न आवहान गर्ने काममात्र हैन धरानको भूमिगत स्रोतको रुपमा रहेको धरान ८ मा रहेको पम्पिङ साइडमा पुगेर खानेपानीको आपूर्तिमा समस्याको जडबारे बुझ्ने लगायतका कामहरु गरिरहेका छन् । कोशीको पानी नै धरानेहरुको दीर्घकालीन समस्या समाधान देखेका मेयर साम्पाङ पछिल्लो समय विज्ञहरुसंग कोशीमै पुगेका छन् । सप्तकोशीबाट पानी ल्याउने एजेन्डा नै बोकेर निर्वाचनमा हो
धरान । उदयपुरका एक युवकलाई साथीको हत्या गरेको नौ महिनापछि प्रक्राउ गरिको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगाका गम्भीरबहादुर दनुवार रहेका छन् । १९ वर्षीय किशोर चित्रकुमार मग्रातीको हत्या गरेर उनी फरार रहेका थिए । सुनसरी जिल्ला अदालतले हत्या गरेको फैसला सुनाउदै दनुवारलाइ २० वर्ष कैद फैसला सुनाएको थियो । फैसला सुनाए पनि उनलाई पक्राउ गर्न सकिएको थिएन । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गत १० गते पक्राउ गरेको हो । दुई महिनाको प्रयासपछि सुनसरी प्रहरीले बानियाटार काठमाण्डौबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले पक्राउ परेका दनुवारलार्ई कैद भुक्तानका ला
धरान । टिभिएस अपाचे आरटिआर १६० ४–भी आरटिएफआईको औपचारिक बिक्री विक्री सुरू भएको छ । नेपालमा रहेका डिलरबाट लञ्च गरेसँगै सोमबारबाट सो मोटरसाइकल बजारमा विक्रीका लागि खुल्ला गरिएको हो । इटहरीस्थित पारस अटो मोवाइल्सलमा एक कार्यक्रमको आयोजना कोशी मिडिया प्रा.लिका प्रबन्ध निर्देशक योगेशबाबु काफ्ले र सञ्चालक लिला लुइटेलले मोटरसाइकलको संयुक्त उद्घाटन गरेसँगै पूर्वका विक्रेताका लागि विक्री खुल्ला गरिएको हो । यो बाइकमा रेन, अर्बन र स्पोर्ट गरी तीन राइड मोडहरू रहेको पारस अटोमोवाइल्लसका सञ्चालक लिला लुइटेलले बताए । उनले यो विशेषताले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउने बताए । उनका अनुसार
धरान । मोरङको रंगेली नगरपालिका ७ मा रहेको अस्पताल परिसरबाट मोटरसाइकल चोरी भएको छ । रंगेली ८ बेलचोक घर भएका सन्तोष नेपालको को १५ प ८२०७ नम्बरको प्यासन मोटरसाइकल आइतबार दिउँसो चोरी भएको हो । अस्पतालमा कार्यरत अहेव नेपालको रंगेली अस्पतालमा राखेको मोटरसाइकल एक घण्टाको फरकमा हराएको थियो । दुई बजे डिउटीमा आउदा पार्किङमा राखेको मोटरसाइकल ३ बजे बाहिर निस्केर हेर्दा हराएको पीडित नेपालको भनाई छ । मोटर साइकल चोरी भएपनि उनले प्रहरीलाई खवर गरेका छन् । ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक शौलेश न्यौपानेले हराएको मोटरसाईकलको खोजिकार्य भइरहेको बताए ।
धरान । पाँचथरको फाल्गुनन्द गाँउपालिका ३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आइतबार बेलुका सवा ४ बजे झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे १ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ७०० मिटर तल झरी दुर्घटना हुँदा कार चालक झापा जलथल ५ का ४५ बर्षीय प्रकाश बुढाथोकीको घटनाथस्लमानै मृत्यु भएको र घाईते भएका पाचँथर फालेलुङ गाँउपालिका १ का ३५ बर्षीय भिष्म केरुङको बिएनसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
धरान । चुलाचुली गाउँपालिकाले पहिलोपटक ‘बुहारी शिक्षा’ कार्यक्रम ल्याएको छ । पालिकाको १० औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा पालिका भित्रका शिक्षाबाट वंचित बुहारीहरुलाई ‘बुहारी शिक्षा’ कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आफ्नै पालिका र अन्यत्र गाउँपालिकाबाट विवाह गरी आएका बुहारीहरुले औपचारिक शिक्षा लिन चाहेमा सबै खर्चको व्यवस्थापन गाउँपालिकाले गर्ने नीति लिएको छ । त्यस्तै गाउँपालिकाभित्रका माध्यमिक तह उत्तीर्णमध्ये उत्कृष्ण १ छात्र र १ छात्रालाई एमबीबीएस, इन्जिनियरिङ, कृषि जेटीए, भेटेरीनरी, एच ए, स्टाफ नर्स, अहेव, ओभरसियर, ल्याब असिस्टेण्ड लगाय
धरान । विराट आदर्श साहित्य मञ्चको आयोजनामा ‘स्रष्टा र सिर्जना’को सातौं शृंखला शनिबार सम्पन्न भएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा धनकुटाका युवा कवि उत्तम लिम्बू प्रस्तुत भए । उनले ‘मुलुकलाई तँ चाहिएको छ’, बग्दै–बग्दै जाने रहर’, ‘म त्यही हुनेछु’, ‘कण्डम फुटेपछि’, ‘म कवि भएँ’, ‘यसरी कसरी’, ‘युगका स्वर’, ‘तर तिमी आएनौ’, ‘ठूलीले जाँड बेच्न छाडिन्’, ‘बूढो रुख’ र ‘चरिमाया किराँती’ शीर्षकका कविता प्रस्तुत गरे । युवाहरु आबद्ध मञ्चले साहि
धरान । सुनसरीका उद्योगी, व्यवसायीहरुको छाता संगठन सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनलाई व्यापारी व्यवसायीहरुले महत्वका साथ हेर्ने गरेका छन् । यो निर्वाचिनलाई व्यवसायीहरुले स्थानीय निर्वाचन जत्तिकै महत्वका साथ हेर्ने गर्छन् । व्यापारी व्यवासायीको हक अधिकार तथा व्यवसायिक सुनिश्चता प्रदान गर्ने नेतृत्व छान्ने भएकोले पनि यो निर्वाचनलाई सुनसरीका उद्योगी, व्यवसायीहरुले महत्वपूर्ण रुपमा हेर्ने गरेका हुन् । उद्योगी, व्यवसायीहरुको हकहित र व्यवसायिक सुरक्षाको दायित्व बोकेको कारण उनीहरुले यो निर्वाचनलाई महत्वका साथ हेर्ने गरेका हुन् । उद्योगी व्यवसायीहरुको अधिकार संरक्षणका लागि वि.सं. २०१९ सालमा तत्