धरान । केही समय अगाडि सरकारले स्वास्थ्य विमामार्फतको रकम भुक्तानी नभएको भन्दै सेवा बन्द गर्ने निर्णय गरे पनि सेवा सुचारु गरेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः सार्वजनिक सूचना प्रकाशित गर्दै आगामी असार २० गतेदेखि स्वास्थ्य विमा कार्यक्रमलाई स्थगित गर्ने जनाएको छ । प्रतिष्ठानाले सोमबार एक सूचाना जारी गर्दै विमा कार्यक्रमको सरकारसँग ३४ करोड भुक्तानी लिन बाँकी रहेको र बाँकी रहेको रकम नदिएकै कारण वीपी सञ्चालनमा कठिनाई भएको भन्दै वीमा कार्यक्रमलाई स्थगन गरिएको जनाएको छ । विमा बोर्डबाट बीपीले दाबी गरे अनुरुपको रकम नआएपछि प्रतिष्ठानका कर्मचारी, चिकित्सक लगायत प्रतिष्ठानमा
धरान । सोमबारदेखि आएएको अविरल बर्षाका कारण खोलामा बाढीले बगाउदा मोरङमा ठूलो धनजनको क्षति भएको छ । अविरल आएको बाढीले बगाएर सुन्दरहरैचा नगरपालिकाामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस्तै मोरङकै सिंघिया खोलामा आएको बाढीले १ सय ७५ परिवार विस्थापित भएका छन् । विराटनगर र कटहरी गरी १ सय ७५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १ सय ३० परिवार विस्थापित भएका छन् । विराटनगर–८ मा २५ र विराटनगर–२
धरान । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । प्रमुख कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहित १९ वटै वडाका वडाध्यक्षहरूको उपस्थितिमा बसेको बैठकले बर्खे विदामा कटौती गर्ने गरी तीन दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए
धरान । मोरङको रंगेलीमा मंगलबार दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ भने एक बालिका गम्भिर घाइते भएकी छन् । रंगेली–७ स्थित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले दिउँसो करिब साढे तीन बजेतिर सोही विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई किचेको थियो । विद्यालय छुट्टी भएपछि विद्यार्थीहरु बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रित भएर किच्दा रंगेली–७ का महादेव मण्डलका छोरा ४ वर्षीय रिपिक मण्डलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी पाँच वर्षीया छोरी सोनमकुमारी मण्डल गम्भिर घाइते भएकी छिन् । उनको व
धरान । महिला आरक्षणको कुरा नेपालको संविधानमै उल्लेख छ । हरेक क्षेत्रमा महिलाको आरक्षणको व्यवस्था गरिएको छ तर अहिले महिलाहरु भूमि र बासको लागि आन्दोलन गर्नुपर्ने अवस्था रहेको छ । भूमिहीन महिलाहरुले भूमि र बासको सुनिश्चिताको माग गर्दै आइतबार पदयात्रामा निस्किए भने सोमबार प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाए । नेपाल महिला एकता समाज धनकुटा, सुनसरी, झापा र मोरङको व्यानरमा भूमिहीन सुकुम्बासी महिलाहरुले भूमि र बासको अधिकार माग गर्दै पद यात्रा शुरु गरेका हुन् । पदयात्रा मार्फत प्रदेश १ मन्त्रालय र भूमि मन्त्रालयमा सोमबार ज्ञापनपत्र बुझाएका छन् । भूमि र बसोबास पहिलो आवश्यकता रहेको भएपनि सरकारी स्तरबाट क
धरान । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक फर्मुला वान इन स्कूल्स कार्यक्रम शुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ्गले सो कार्यक्रमको आइतबार एक समारोवीच शुभारम्भ गरेका छन् । नेपालका १० वटा इन्जिनीयरिङ्ग , साइन्स र ब्यबस्थापन कलेजका सय जना गल्र्स छात्राहरु सहभागी सो कार्यक्रममा दिपक थापा , मन्चन तिवारी , विपिन गौतम , आशिष लामिछाने , सुयोग खनाल लगायतले फर्मुला वान, कार्ट्स रेसिंग , स्पोर्ट्स म्यानेजमेन्ट, सडक सुरक्षा र व्यक्तित्व विकास जस्ता विषयमा अभिमुखीकरण तथा तालिम दिएका थिए । मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फिफाको सहयो
धरान । कतिपय ठाउमा ठेकेदारहरुले समयमै काम नगरेर बद्नाम भएका घट्नाहरु धेरै सुन्न र पढ्न पाइन्छ । तर भोजपुरमा भने समयमै गुणस्तरीय काम गरेको भन्दै ठेकेदारहरुलाई सम्मान गरिएको छ । भोजपुरको पौवादुङमा गाउँपालिकाले तोकिएको समयमै गुणस्तरीय काम गरेको निर्माण व्यवसायीलाई सम्मान गरेको हो । गाउपालिकाले तोकिएको मापदण्ड अनुसार निर्धारित समयमै काम सम्पन्न गरेको भन्दै राउत कन्स्ट्रक्सनका सञ्चालक कुल बहादुर राउतलाई सम्मान गरेको छ । पौवादुङमा गाउँपालिकाको मुख्य सडकको रुपमा रहेको तिवारी भञ्याङ–च्याङ्ग्रे–मानेडाँडा अधेँरीघाट ३५ किलोमिटर सडक मध्ये १३ किलोमिटर स्तरोन्नतिको काम तोकिएको समयमा सम्पन्न गर
धरान । धरानको बर्षौदेखिको खानेपानीको समधान गर्छु भनेर निर्वाचिन जितेका हर्क साम्पाङले धरानेहरुलाई खानेपानी सहज रुपमा खुवाउनका लागि प्रयास गरिरहेका छन् । कहिले जलाधार क्षेत्रको सरसफाई, मुहानमा काम नलाग्ने पाइप फेर्ने, कहिले पिलुवा खोलामा पुगेर जनश्रमदान गर्न आवहान गर्ने काममात्र हैन धरानको भूमिगत स्रोतको रुपमा रहेको धरान ८ मा रहेको पम्पिङ साइडमा पुगेर खानेपानीको आपूर्तिमा समस्याको जडबारे बुझ्ने लगायतका कामहरु गरिरहेका छन् । कोशीको पानी नै धरानेहरुको दीर्घकालीन समस्या समाधान देखेका मेयर साम्पाङ पछिल्लो समय विज्ञहरुसंग कोशीमै पुगेका छन् । सप्तकोशीबाट पानी ल्याउने एजेन्डा नै बोकेर निर्वाचनमा हो
धरान । उदयपुरका एक युवकलाई साथीको हत्या गरेको नौ महिनापछि प्रक्राउ गरिको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगाका गम्भीरबहादुर दनुवार रहेका छन् । १९ वर्षीय किशोर चित्रकुमार मग्रातीको हत्या गरेर उनी फरार रहेका थिए । सुनसरी जिल्ला अदालतले हत्या गरेको फैसला सुनाउदै दनुवारलाइ २० वर्ष कैद फैसला सुनाएको थियो । फैसला सुनाए पनि उनलाई पक्राउ गर्न सकिएको थिएन । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गत १० गते पक्राउ गरेको हो । दुई महिनाको प्रयासपछि सुनसरी प्रहरीले बानियाटार काठमाण्डौबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले पक्राउ परेका दनुवारलार्ई कैद भुक्तानका ला
धरान । टिभिएस अपाचे आरटिआर १६० ४–भी आरटिएफआईको औपचारिक बिक्री विक्री सुरू भएको छ । नेपालमा रहेका डिलरबाट लञ्च गरेसँगै सोमबारबाट सो मोटरसाइकल बजारमा विक्रीका लागि खुल्ला गरिएको हो । इटहरीस्थित पारस अटो मोवाइल्सलमा एक कार्यक्रमको आयोजना कोशी मिडिया प्रा.लिका प्रबन्ध निर्देशक योगेशबाबु काफ्ले र सञ्चालक लिला लुइटेलले मोटरसाइकलको संयुक्त उद्घाटन गरेसँगै पूर्वका विक्रेताका लागि विक्री खुल्ला गरिएको हो । यो बाइकमा रेन, अर्बन र स्पोर्ट गरी तीन राइड मोडहरू रहेको पारस अटोमोवाइल्लसका सञ्चालक लिला लुइटेलले बताए । उनले यो विशेषताले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउने बताए । उनका अनुसार