समाचार

    Showing 4,391-4,400 of 8,532 items.
  • दुई बर्ष कोरोनाको कारण बोलबम मेला लागेन: यो बर्ष भक्तजन बढ्ने

    धरान । यस बर्ष बोलबम मेला लाग्ने भएको छ । मेलाको तयारीमा स्थानीय सरकार, पिण्डेश्वर बाबाधाम समिति, जुटेका छन् । स्थानीय सरकार र पिण्डेश्वर बाबाधाम समितिले सुरक्षा निकाय, स्वास्थ्य संस्था लगायतका अन्य संघसंस्थासँग छलफल अगाडि बढाएको छ । प्रत्येक साउनको सोमबार प्रदेश नंं १ का शिवालयहरुमा जल चढाउने भक्तजनहरुको भीड लाग्ने गरेको छ । विगत दुई बर्ष कोरोना संक्रमणका कारण मेला लाग्न सकेको थिएन । स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी नेपाल सरकारले लगाएका लकडाउनका कारण मन्दिर सुनसान थियो तर यो बर्ष सहज अवस्था भएकै कारण बोलबम मेला भव्यताका साथ लगाउने तयारीमा जुटेका हुन । धरान उपमहानगरपालिका वडा नं. १४ ले बोलब

    • प्रकाशित मितिः साउन १, २०७९
    • 736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फलफूलका विरुवा वितरण

    धरान । धरान उपमहानगरपालिका वडा न.. १४ ले सर्वसाधारणलाई उन्नत जातको फलफुलको विरुवा वितरण गरेको छ । वडाले आफ्नै लगानीमा ६ सय ३० वटा आप तथा लिच्चीका विरुवा सर्वसाधारणलाई वितरण गरेको हो । एक घर एक विरुवा अभियान अभियान अन्तर्गत वडाले प्रत्येक घरलाई आप र लिच्चीको विरुवा वितरण गरेको हो । पछिल्लो समय जनघनत्व बढ्दै जादा जग्गाको क्षेत्रफल समेत खुम्चिएपछि वातावरण प्रदुषित भएकोले सर्वसाधारणलाई आप र लिच्चीका विरवा वितरण गरेको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । एनले रुख विरुवा नहुदा जंगली जनावर तथा पशुपंंक्षी समेत लोप हुदै गएको बताउदै वातावरणसँरक्षण सँगै जनावरको संरक्षण गर्न पनि फलफूलका वि

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 922 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल विजनेश कलेजद्वारा फरक ढंगको शिक्षण सिकाइ

    धरान । नेपाल विजनेश कलेजले वि.वि.ए सातौं सेमेष्टरका विद्यार्थीहरुका लागि फरक ढंगको शिक्षण सिकाई अभ्यास प्रयोग गरेको छ । वि.वि.ए सातौं सेमेष्टरमा पढाई हुने इभेन्ट मेनेजमेन्ट विषयको, सैद्धान्तिक ज्ञान सेमेष्टरका विद्यार्थीहरुलाई कक्षा कोठामा दिइएको थियो भने, व्यावहारिक ज्ञानका लागी कक्षा कोठा भन्दा विल्कुल फरक विराटनगरका विभिन्न स्थानहरुमा लगातार ४ दिन सम्म कार्यक्रम सञ्ंचालन भएको थियो । कार्यक्रम अषाढ २१ गते देखि अषाढ २४, २०७९ साल सम्म सञ्चालन भएको थियो । इभेन्ट मेनेजमेनट विषयसँग सम्बन्धित शिक्षण सिकाइाको श्रीमति सिमा कर्णले संयोजन गर्नु गरेकी थिइन् ।

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाङ्लो रेस्टुरेन्टमा आगलागी

    धरान । विराटनगरको एक रेस्टुरेन्टमा आगलागी भएको छ । विराटनगर २ मा नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको हो । इश्वर बास्कोटले संचालन गरेको रेस्टुरेन्टमा अचानक विहीबार दिउँसो १२ बजे आगलागी भएको थियोे । आगलागी भएर रेस्टुरेन्ट पूर्ण रुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगर महानगरपालिकाको २ वटा दमकलले आगोलागी भएको दुइ घण्टापछि आगो नियन्त्रणमा लिएको लिइएको थियो । होटलको ग्यास सिलेन्डरको पाइपल लिकेज भएर आगोलागी भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 799 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किरात राई यायोख्खाद्वारा आन्दोलनको घोषणा

    धरान । नामाकरणको राजनीतिक छलफल चलिरहेको प्रदेश १ मा किरात प्रदेशको पक्षमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । इतिहास, सस्कृति, भूगोल र सभ्यताको आधारमा प्रदेशको नाम किरात राख्न दवाब दिने उद्देश्यले किरात राई यायोक्खाले जनप्रदर्शन, मोटरसाइकल र्‍याली, मुख्यमन्त्री र प्रदेश सभाको कार्यालय घेराउ गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । धरानमा पत्रकारसम्मेलन गर्दै यायोक्खाले असार ३१ मा मोटरसाइकल र्‍याली, साउन २ गते धरान, इटहरी हुँदै प्रदेश राजधानी विराटनगर पुगेर मुख्यमन्त्री र प्रदेश सभाको कार्यालय घेराउ गर्ने साथै कोणसभा गर्ने, साउन ३ गते मुख्यमन्त्री, पार्टीका सम्सदीय दलका नेता,

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 1,220 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघको पदस्थापना सम्पन्न: कार्यक्रममा रुस, युक्रेन र श्रीलंकाको चर्चा

    धरान । सुनसरी उद्योग वाणिज्य सघ धरानको नवनिर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम विहीबार सम्पन्न भयो । देशको अर्थतन्त्रसँग सरोकार राख्ने संघको कार्यक्रममा अथिति पनि आर्थिक क्षेत्रमा रहेर काम गर्नेहरु उपस्थित थिए । संघका उपाध्यक्ष राजेश अग्रवालले सञ्चालन गरेको कार्यक्रममा अधिकांश वक्ताहरुले मुलुकको गिर्दो अर्थतन्त्रको विषयमा चर्चा गरे । उनीहरुले रुस र युक्रेनको युद्धले संसारलाई पारेको प्रभावसँगै श्रीलंकामा भएको ‘इकोनोमिक्स क्राइसिस’ को विषयमा चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डीराज ढकालले पछिल्लो समय युक्रेन र रुसको युद्धक

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 1,015 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महासङ्घ अध्यक्षमा पुनः परदेशी

    धरान/ विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समिति अध्यक्षमा सुरेन्द्र लिम्बू परदेशी पुनः सर्वसम्मतरूपमा चयन भएका छन् ।भानुजयन्ती तथा गुरु पूर्णिमाको अवसरमा बुधबार जुममा आयोजित भर्चुअल कार्यक्रमबाट उनी अध्यक्षमा छानिएका हुन् । नवगठित समितिका वरिष्ठ उपाध्यक्षमा डा लेखनाथ काफ्ले (ताइवान), उपाध्यक्षहरूमा डेन्जोम साम्पाङ (अमेरिका), विजय हितान (बेलायत) र गोविन्द गौतम (रसिया) छानिएका छन् । यस्तै, समितिका महासचिवमा सुनिता राई कन्दङ्वा (इजरायल), सचिवमा डा मनमूर्ति भुर्तेल (रसिया), सहसचिवमा डा नाज सिंह (रसिया) र कोषाध्यक्षमा के.बी. पौडेल (नेपाल) लाई छानिएको छ । यसैगरी, दामोदर ढकाल दीपक (न

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसइइ स्पिकर सिजन २: उपाधि चतराकी एङ्लिसा थापालाई

    धरान । र्‍याडिकल लाइट नेपाल प्रा.लि. धरानले आयोजना गरेको एसइइ स्पिकर २०७९ सिजन २ को उपाधि चतराकी एङिलासा थापाले जितेकी छन् । धरान १३ वडा सञ्जालको प्रागरणमा बुधबार भएको फाइनल प्रतिष्पर्धामा फष्ट रनर अप–बिष्णु मेमोरियल मा.बि.कि प्रतिष्ठा श्रेष्ठ, सेकेन्ड रनर अप–हिबिस्कस बोर्डिङ स्कुलकी सिसम गुरुङ र सान्त्वना–भरोल बाल मन्दिरका दिमन गिरी भएका छन् । प्रतियोगितमा बिजेता, उपविजेता, तृतीय हुने र सान्त्वना हुनले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित धरानका विभिन्न कलेजमा अध्ययनका लागि छात्रबृति पाउने भएका छन् । यसैगरी प्रतियोगितामा बेस्ट पर्फमेन्स–कोशी बोर्डिङ

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 652 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दु–खर्दु बाट बिजुली: मेयर साम्पाङको महत्वकांक्षी योजना

    धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धराने जनताको खानेपानी समधान गर्न अनेक प्रयास गरिरहेका छन् । उनले खानेपानी समस्या समाधन गर्ने हेतुले धरान ८ मा रहेको पम्पिङ साइडमा निरीक्षण गर्ने, सर्दु जलाधार क्षेत्रमा गएर पुरानो पाइप फेर्नेमात्र हैन धरान २० स्थित पकुवा खोलाबाट पानी ल्याएर वडा ११ र १७ का बासिन्दालाई खुवाउने उद्देश्यले जनश्रमदानको आवहान गरे । उनलो गरेको आवहानलाई सहयोग गर्न हातेमालो गरे । धरानको वातावरण सफा र सुन्दर राख्न हरेक शनिबार वृहत वृक्षरोपण अभियानमा लागेका उनी प्रत्येक शुक्रबार धरानलाई लागू औषधिमुक्त सहर बनाउन विभिन्न चौकमा गएर प्लेकार्डसहित सचेतना कार्यक्रम गर्ने गर्छन्

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 970 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘देश र जनता बचाऔं’ अभियान

    धरान । नेपाल बसोबासा बस्ती संरक्षण समाजले ‘देश र जनता बचाऔं’ अभियान चलाएका छन् । अभियान अन्तर्गत समाजले बुधबार धरानको भानुचौकमा प्लेकार्डसहित धर्ना कार्यक्रम गरेको छ । करिब ३५ जना सहभागी सो अभियानमा मूल्यवृद्धि फिर्ता गर्नुपर्ने, भिभिआइपीहरुको सेवजा सुविधा खारेजी गर्नुपर्ने, सुकुम्बासीलाई विना शर्त लालपूर्जा वितरण गर्नुपर्ने, शिक्षा र स्वास्थ्यमा जनतालाई निःशुल्क गर्नुपर्ने लगायतका माग राखी धर्ना दिएका हुन् । समाजका केन्द्रीय अध्यक्ष कुमार काकीले गरिब तथा सहायहरुको जीवनस्तर कष्टकर बन्दै गएपछि ायो अभियान चलाएको बताएका छन् । उनले भने–‘महंगीका कारण गरिब तथा असहाय खान नपा

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 446 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved