समाचार

    Showing 4,391-4,400 of 10,028 items.
  • महिला स्वरोजगार वृद्धि गर्न वरमाला बनाउने तालिम

    धरान /देशको समृद्धिका लागि महिलाहरु उद्यमी हुन आवश्यक भएको कोशी प्रदेश सभा सदस्य यसोदा कायस्थले बताउनुभयो । सिद्धि नेवाः परिषद्को आयोजनामा २०८० असार १० सोमबार देखि ७ दिने वरमाला बनाउने, नरिवल सुपारी सजाउने तालिमको अनुगमनको क्रममा प्रदेशसभा सदस्य कायस्थले देशको आर्थिक वृद्धिका लागि महिलाहरु उद्यमी हुन आवस्यक रहेको बताउनु भयो । धरान ७ स्थित सिद्धि नेवाः परिषदमा संचालित तालिममा धरानका विभिन्न वडाका १८ जना महिलाहरु सहभागी भएका थिए । धरानका महिलाहरुलाई सशक्तिकरण गर्न र उनिहरुमा सीप बिकास गरी स्वरोजगर तथा व्यवसायी बनाउने उद्देश्यले तालिमको अयोजना गरिएको सिद्धि नेवाः परिषद्का अध्यक्ष राज विमल

    • प्रकाशित मितिः असार १४, २०८०
    • 1,013 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरघरमा तुलसीको बिरूवा सारिँदै, विशेष पूजा आराधना

    सुनसरी/ हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि  देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।  सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। एक वर्षमा २४ एकादशी पर्छन्। यस वर्ष भने  २६ एकादशी परेका छन्। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकाद

    • प्रकाशित मितिः असार १४, २०८०
    • 1,134 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खेलकुदको विकासमा महानगरपालिका गम्भीर छ : मेयर कोइराला

    विराटनगर / प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा बुधबारदेखि विराटनगरमा प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय हरेक क्षेत्रमा विराटनगर पछि पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले विगतमा विराटनगरले प्रशस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको स्मरणसमेत गर्नुभयो । उहाँले खेलकुदको विकासका लागि महानगरपालिका सधैं लागिपर्ने बताउनुभयो । मेयर कोइरालाले खेलकुदका माध्यमबाट आर्थिक र आणविक रुपमा जतिसुकै शक्तिशाली राष्ट्रल

    • प्रकाशित मितिः असार १४, २०८०
    • 884 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको दलित महिला संजालमा सुनिता सुन्चौरी

    धरान / धरानमा रहेको विभिन्न संघसंस्थाका दलित महिलाहरुको प्रतिनिधित्व रहने गरि गठन भएको दलित महिला संजालको अध्यक्षमा पुनः सुनिता सुन्चौरी चयन भएकी छिन् । वुधबार दलित महिला संजालको पुनर्गठन तथा कानुनी अभिमुखिकरण कार्यक्रममा सुन्चौरीको अध्यक्षतामा गठन गरिएको हो । संजालको उपाध्यक्षमा पवित्रा सिवा,सचिव चन्द्रकला वराईली र कोषाध्यक्षमा यशोदा घिमिरेलाई चयन गरिएको छ । ४० जनाको कार्यसमितिमा २० वटाको दलित महिला जनप्रतिनिधि पदेन सदस्य रहनेछन् भने विभिन्न संघसंस्थामा आबद्ध दलित महिलाहरुको प्रतिनिधि हुनेछन् । संजालको पहिलो बैठकले २० वटै वडाको प्रतिनिधिहरु थप गरि समितीलाई पुर्णता दिने अध्यक्ष सुन्चौ

    • प्रकाशित मितिः असार १४, २०८०
    • 986 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रशासन सुधार कार्यदलले बुझायो प्रतिबेदन

    विराटनगर / प्रशासन सुधार कार्यदलले कोशी प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको छ । कार्यदलले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहका बीच मुख्यमन्त्री हिक्मत कार्कीलाई प्रतिवेदन बुझाएको हो । कोशी प्रदेश सरकारले चार महिना अघि २०७९ माघ ६ गते पूर्व सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यहरुमा पूर्व प्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालका शासकीय सुधार महाशाखाका सचिव रहनु भएको थियो । कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदन मार्फत दिएका राय सुझावहरुलाई आगामि आर्थिक वर्षको न

    • प्रकाशित मितिः असार १३, २०८०
    • 849 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बहुमतको आधारमा आर्थिक वर्ष २०८१ / ८२ को बजेट पारित

    काठमाडौं / सरकारले गत जेठ १५ गते संसदमा पेश गरेको आर्थिक वर्ष २०८० र ८१ बजेटप्रति प्रतिपक्ष दलले संशोधनको प्रस्ताब पेश गरे पनि हुबहु बुधबार पारित गरेको छ । प्रतिपक्षी साँसदहरुले मात्रै नभएर सत्तारुढ दलकै नेताहरुले पनि आलोचना गर्दै संशोधनको माग गरे गरेका थिए तथापी बुधबार कुनै संशोधन नगरी पारित गरेको हो। प्रतिनिधिसभाको बुधबार बैठकमा मतदान हुँदा बहुमतका आधारमा आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । आगामी आर्थिक वर्षको बजेट पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १ सय ४७ मत परेको थियो भने विपक्षमा १ सय ८ मत परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २ सय ५५ जना सदस्यहरु रहेका थिए । प्रस्तावको विपक्षमा

    • प्रकाशित मितिः असार १३, २०८०
    • 943 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • समन्वय समिती महासंघ कोशी प्रदेशका पदाधिकारिले लिए शपथ

    विराटनगर । समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन भएसँगै पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् । जिल्ला समन्वय समितिको कार्यलाई सहजीकरण गरी काममा एकरूपता ल्याउनको लागि जिल्ला समन्वय समिति महासङ्घले यसअघि गर्दै आएको अभ्यासलाई निरन्तरता दिइएको हो । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशमा रहेका समितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १४ जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख कार्यक्रममा सहभागी थिए। नव गठित समन्वय समिति महासङ्घ कोशी प्र

    • प्रकाशित मितिः असार १३, २०८०
    • 818 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज यस्तो छ सुनचाँदी को भाउ

    सुनसरी/ बुधबार नेपाली बजारमा  सुनको भाउ घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार (आज) प्रतितोला ६ सय रुपैयाँ घटेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।  बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थिय

    • प्रकाशित मितिः असार १३, २०८०
    • 1,016 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दाइजो मागेको आरोपमा दुहबीका अनुराग रौनियार पक्राउ

    सुनसरी / दाइजो मागेको आरोपमा सुनसरीको दुहबी नगरपालिकाका अनुराग रौनियार पक्राउ परेका छन् ।काठमाडौंको वडा नम्बर १३ ताहाचल बस्दै आएका रौनियारलाई बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी वृत्त काठमाडौंले जारी गरेको विज्ञप्ति अनुसार बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो माग्दै उपलब्ध नगराएको खण्डमा विवाह नै रद्द गर्ने धम्की दिए पछि बिवाहको मन्डपबाटै पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानबाट पटक पटक गरी बेहुली पक्षबाट २२ लाख रुपैयाँ लिइसकेको पनि खुलेको छ । विवाह समारोहमा जन्तीलाई उचित स्वागत नभएको र मागेजति दाइजो नपाएको भन्दै बेहुला पक्षले गाली बेइज

    • प्रकाशित मितिः असार १३, २०८०
    • 1,185 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विषाक्त च्याउ खादा पाँचथरका ९ जना बिरामी

    पाँचथर / विषाक्त च्याउ खाँदा पाँचथर कुम्मायक गाउँपालिका र फिदिम नगरपालिका ९ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका-१ का ४ जना र फिदिम नगरपालिका-११ लक्सीबोटेका एकै परिवारका ५ जना बिरामी परेका हुन् । कुम्मायक-१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन्। उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ।

    • प्रकाशित मितिः असार १३, २०८०
    • 863 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved