झापा । झापाको दमक नगरपालिका-१ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार लागुऔषध ब्राउनसुगर बिक्री वितरण भईरहेको छ भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लुकाईछिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउन सुगर फेला पारेको थियो । पक्राउ पर्नेमा २० बर्षीय शैलेश कुमार मगर, २३ बर्षीय एनोस राई, दमक २ का २८ बर्षीय मदन बहादुर मगर, २५ बर्षीय हेम श्रेष्ठ र दमक ६ का २० बर्षीय अन्जान मगरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
धरान । कोशी प्रदेशमा ५० जना चालकहरुमा लागुऔषध सेवन चेकजाँच गर्दा १८ जना पोजिटिभ देखिएका छन् । प्रदेशका विभिन्न जिल्लाका ५० स्थानमा गरिएको चेकजाँचका क्रममा कोशी प्रदेशमा १८ जनाले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको भेटिएको छ । ट्राफिक सप्ताह अन्तर्गत आइतबार कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा प्रदेश भरीनै अभियान संचालन गरेको छ । अभियान अन्तर्गत बस, टेम्पो र सफारीका चालकको कीट मार्फत जाँच गरिएको थियो । किटको ब्यवस्थापन धरान उपमहानगरपालिकाले गरिदिएको थियो । सवारी दुर्घटना न्युनीकरणको लागि लापसे जाँच गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरान
धरान । तेस्रो पटक सम्म बिबादित बनेको धरान उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक कार्यपालिका बैठकले अनुमोदन गरेको छ । गत असार १० गते उदघाटन गरि स्थगित भएको नगरसभा आज २ बजे देखि बस्दैछ । नगरसभामा पेश हुने नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक कार्यपालिकाले अनुमोदन गरेको छ । अघिल्लो नगरसभामा नीति तथा कार्यक्रमलाई संशोधन सहित पेश गर्न नगरसभा सदस्यहरुले माग गरेका थिए । संशोधन सहित कार्यपालिकामा पेश भएको नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक अनुमोदन गरेको छ ।
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको समेत उतिकै रहने बताएका छन । विराटनगर स्थित सन्सारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले हरेक महानगरवासीहरुको साथ र सहयोगले मात्रै विराटनगरलाई भावीपुस्ताले गर्व गर्ने लायक बनाउन सकिने बताए । उनले सबैको सामूहिक प्रयास र प्रयत्नबाट विराटनगरलाई सफा,सुन्दर, उज्यालो र व्यवस्थित साथै विकसित शहर बनाउन सकिने अभिव्यत्ती राखेका छन ।“आफ्नो घर अगाडिको फोहोर मैलालाई व्यवस्थीत गर्ने, समयमा
सुनसरी / कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा हेर्न नभ्याइने सुचिमा परेपछि आइतबार हुने भनिएको सुनुवाई पछि सरेको छ ।आइतबार सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी तोकिएको थियो । समय अभावका कारण आजको पेशी हेर्न नभ्याइने सूचिमा परेको हो । आज मुख्यमन्त्री विरुद्धको पेशी दसौं नम्बरमा थियो । कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो।
बिराटनगर / सेन्ट्रल लियो कल्ब बिराटनगरले नोबेल मेडिकल कलेजको सहकार्यमा लाइफ सपोट तालिम सम्पन्न गरेको छ । नोबेल मेडिकल कलेजमा आयोजित तालिमको उद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ C का डिस्टृक गभर्नर बिजयहरी शर्माले गर्नु भएको थियो । तालिममा नोबेल मेडिकल कलेजका डाक्टर रुपक , डाक्टर बन्दना , डाक्टर शुभम , डाक्टर रोशन , डाक्टर पारशमणी , डाक्टर सागर , डाक्टर मोनिका, डाक्टर सन्जय, डाक्टर निलम , डाक्टर शेरिना , डाक्टर शैलेश , डाक्टर राजिब र डाक्टर दिनेश सहितको टोलिले लियोका सद्स्यहरुलाई तालिम प्रदान गर्नु भएको थियो । तालिमका बारेमा प्रष्ट पार्
विराटनगर/ नवगठित कोशी प्रदेशको मन्त्रीमण्डलमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री उद्धव थापाले आज तीन जना मन्त्री थपेका छन् । थापाले माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन । उनिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ भने अरु विनाविभागीय छन् ।ध्चष्तभ तय म्ष्लभकज न्बवmभच
धरान /बोट विरुवा मानिसको जीवनसँग जोडिएको एक अंग हो भन्दा फरक पर्दैन । यसले मानिसमा अक्सिजन प्रदान गर्छ भने बोट विरुवाले मानिसबाट कार्वोनडाइअक्साड लिने गर्छ । एक अर्कामा परिपुरक भन्दा फरक पर्दैन । तर जहाँतही भएका यस्ता बोट विरुवाले दुर्घटना पनि निम्त्याउन सक्छ । विशेष गरी सहरका बीच बजारमा रहेका यस्ता बोट विरुवाले दुर्घटनाको जोखिम बढाउने गरेको छ । यसलाई मध्यनजर गरी धरान १ पुरानो अस्पताल अगाडि रहेको बर र पिपलको रुखका हाँगा छाट्ने काम गरिएको छ । धरानका बीचमा रहेका रुखका हाँगाहरु छाट्ने कामलाई तिब्रता दिइएको छ । बीच बजारमा रहेका यस्ता रुखले विगतमा धेरै दुर्घटना निम्त्याएकोेले दुर्घटना न्य
धरान / धरानकै पुरानो समुदायिक विद्यालय धरान १६ को भगवती आधारभूत विद्यालयमा वातावरण मैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय प्रांगरणभित्र वृक्षरोपण शुरु गरिएको छ । यो विद्यालय २०१० सालमा स्थापना भएका हो । धरानकै पुराने विद्यालय भगवानी आधारभूत विद्यालय कक्षा ८ सम्म पढाई हुन्छ । नीजि विद्यालयतर्फ अभिभावक तथा विद्यार्थी आकर्षित भएका कारण यो विद्यालयमा न्यून विद्यार्थी संख्या रहेको छ । यो विद्यालयमा १ सय ५० हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न धेरै प्रयास गरिरहेको बेला वातावरणमैत्री विद्यालयको अवधारणा अनुरुप विद्यालय वरिपरि वृक्षर
धनकुटा/ स्थानीय तहहरुले कृषिमा आश्रित परिवारलाई प्राथमिकतामा राखेर काम गर्ने गरेका छन् । धनकुटा कृषिको उर्भर भूमि मानिन्छ । यसलाई मध्यनजर सहिदभूमि गाउँपालिका धनकुटाले कृषकलाई मिनिटिलर वितरण गरेको छ । गाउँपालिका भित्रका विभिन्न कृषि समुह, कृषि फर्म र कृषि सहकारीमा आवद्व कृषकलाई १३ थान मिनिटिलर वितरण गरेको कृषि शाखा प्रमुख दिनेन्द्र राइले जानकारी दिए । उनले भने–‘कृषिमा आधुनिकरणको खाँचो छ, परम्परागत कृषि प्रणालीबाट माथि उठाउन पनि गाउँपालिकाले मिनिलिटर प्रदान गरेको हो । पालिकाको कृषि यान्त्रिकीकरण तर्फ ५० प्रतिशत अनुदान कार्यक्रम मार्फत ९ लाख ७५ हजारको मिनिटिलर वितरण गरि