धरान/ यो बर्षको साउन महिना एक महिनाभरि मलमास रहेको छ । मलमासको प्रभाव धरान १४ विजयपुरमा रहेका मठमन्दिरमा परेको छ । मलमासका समयमा पूजाआजा गर्दा शुभ नहुने जनविश्वास रहेका कारण मठ मन्दिर सुनसान भएका हुन् । साउनको महिना बोलबमको महिना । अन्य बेला धरान १४ विजयपुरमा रहेका मठमन्दिर भरिभराउ हुन्थे । पूजाआजा गर्ने र बलि चढाउनेको लाइन त्यतिकै हुन्थ्यो तर यो बर्ष त्यस्तो छैन । मन्दिरहरु सुनसान छन् । सधै पूजाआजा र बली चढाउनेको भीड रहेको बुढासुब्बा मन्दिर यस बर्ष मलमास र साउनको समयमा बलि चढाउन बन्देज लगाएका कारण सुनसान देखिएको हो । मन्दिरका पूजारी पुष्प आलले मगरले बुढासुब्बा मन्दिरमा साउनभरि
धरान/ तेह्रथुम जिल्लाको लाली गुराँस नगरपालिकाले विस्तारै विकासको फड्को मार्दै गएको छ । सडक सञ्जालले छोएपछि यो ठाउँमा पर्यटनलाई मुख्य आधार बनाएर पर्यटक भित्र्याउने अभियानलाई नगरपालिकाले अगाडि सारेको छ । यसैलाई मध्यनजर गरी लिम्बु सँस्कृतिलाई नजिकबाट नियाल्न सकिने चोत्लुङ पार्क निर्माण गरिएको छ । यसले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुर्याएको छ । साविकको बसन्तपुर गाविस लालीगुरास नगरपालिका बनेपछि कृषि र पर्यटनलाई बढी प्राथमिकतामा राखेर अगाडि बढाइएको छ । सडक सञ्जालले छोएपछि विकासको मुख्य स्रोतको रुपमा पर्यटनलाई बनाइएको छ । यसैलाई मध्यनजर गरी ४ बर्ष अगाडि अर्थात २०७६ सालमा लालीगु
विराटनगर/ युवा साहित्यकार मीनकुमार नवोदित कोशी प्रदेश सरकारबाट ‘उत्कृष्ट साहित्य पुरस्कार’बाट पुरस्कृत भएका छन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री प्रदीप सुनुवारले दोसल्ला ओढाएर नगद ५० हजार राशि र सम्मानपत्र प्रदान गरे । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदित यसअघि संघीय सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा वर्ष मोती पुरस्कारबाट समेत विभूषित भइसकेका छन् । नवोदितका ‘फूलबारीभित्रका भमराहरु’ ९२०५७०, &
धरान/ धरान वडा नम्बर १९मा रहेको किराँतेश्वर माध्यमिक विधालयले यस बर्ष देखि कक्षा ११ र १२ मा कानुन र व्यवस्थापन बिषयमा नयाँ भर्ना सुरु गर्ने भएको छ । पछिलो समय विद्यार्थीहरुको रोजाईमा पदै गएको कानुन बिषय धरानको सामुदायीक बिद्यालयमा पढाई नहुदा अधिकास विद्यार्थी कानुनको बिषय अध्य्ययन गर्न धरान बाहिर जानु पर्ने बाध्यता हटेको छ । बिद्यार्थीहरुले रुचाएको बिषय पढन धरान बाहिर जानु नपरोस भनेर किराँतेश्वर मा।वि ले यस बर्षबाट कानुन र व्यवस्थापन बिषयमा नयाँ भर्ना सुरु गरेको बिद्यालयका प्रध्यानाध्यापक योगेन्द्र पालुवाङले बताए । कानुन एकदमै महत्वपुर्ण बिषय भएकाले यसको ज्ञान सबैले बुझनु पर्ने हुदा अब
धरान / मोटर साइकल चोर्दाचोदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डबाट एकजनालाई ड्युटीमा खटिएका सेक्युरिटी गार्डले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । मोरङ केराबारी ८ का बर्ष २५ का अर्जुन चौधरीलाई गाइनो वार्ड अगाडि मोटरसाइकल चोर्दाचोर्दे गरेको अवस्थामा बीपीका सेक्युरिटी गार्डले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका हुन् । आज विहान ४ः३० बजेको समयमा गाइनो वार्डमा को २१ प २२०० नम्बरको १५० सिसीको रातो पल्सर र को २६ प २५७१ नम्बरको निलो पल्सर चोर्ने प्रयास गरिरहेको अवस्थामा डियुटीमा खटिएका सेक्युरिटी गार्ड गौरव श्रेष्ठ, रत्न नेम्बाङ र सनम राईले पक्राउ गरी इलाका प्रहरी क
धनकुटा / नगरप्रमुखले बहुमत सदस्यहरुको मागलाई वेवास्ता गरेको भन्दै धनकुटामा सदस्यहरुले नगरपरिषद्को बैठक बहिष्कार गरेका छन् । धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले आफूहरुको माग सम्बोधन नगरेसम्म नगरपरिषदको बैठक बहिस्कार गर्ने चेतावनी दिएका हुन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वावाचित जनप्रतिनिधिहरुले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् । नगरप्रमुखले बहुमत सदस्यहरुको मागलाई अपहेलना गरेको उनीहरको आरोप छ । प्रेस विज्ञप्ती प्रकाशित गर्दै उनीहरुले धनकुटा नगरको विकास र सम्मृद्धीका लागि कार्यपालिकाको बैठकबाट प्रस्ताव तथा निर्णयहरु गर्ने गराउने र नगरवा
धरान । विशेष गरी वृक्षारोपण गर्दा पायक पर्ने र खुल्ला ठाउँमा रोपिने गरिएको छ । तर धरान उपमहानगर वडा नं. ३ ले भने आफ्नो वडामा रहेका सडकका दुवै भागमा वृक्षरोपण शुरु गरेको छ । वायु प्रदर्शनलाई न्यूनिकरण गर्ने अभिप्रायले वृक्षारोपण शुरु गरिएको वडाले जनाएको छ । धरान उपमहानगर वडा न. ३ ले आफ्नो वडामा रहेका कालोपत्रे भएका र कच्ची सडक वरिपरि वृक्षारोपण शुरु गरेको हो । ३ नं. वडा समितिका अध्यक्ष विद्या शाक्यले प्राय ः गरेर जंगल तथा पायक पर्ने स्थानमा वृक्षारोपण गरे पनि वायु प्रदूषणलाई कम गर्नकै लागि वडाले सडक वरिपरि वृक्षारोपण गरिएको् बताउनुभयो । उहाँले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खोला, ख
विजयपुर / धरान वडा नम्बर १० ले गत सालबाट घर –घरमा वृद्वाभता वितरण गदै आएको छ । यस बर्ष पनि वडामा रहेका असक्त, वृद्वा उमेरका समुह र एकल महिला भत्ता घरमा नै पुगेर नविकरण गर्दै बितरण गरेको छ । साउन एक गते बाट सु्विधा घरमा पुगेर दिन सुरुगरेको वडा अध्यक्ष बिवेक राईले बताए । गत सालबाट वृद्वाभत्ता,जेष्ठ नागरिक र एकल महिलालाई दिने गरेको सुविदा निरन्नतर आफनो कार्यकाल भरी घरमा पुगेर सेवा प्रदान गर्ने अध्यक्ष राईले बताए । उनले गरेको काम प्रती धरान वडा नम्बर १० का नागरिकहरुले खुशि ब्यक्त गरेका छन् । वडाले पहिलो पल्ट महिलाहरुको लागि सकारात
उर्लाबारी /नेपाल प्रेस युनियन मोरङ शाखाले जिल्लाका ६ जना पत्रकारलाई सम्मान गरेको छ । मोरङको बिराटचौकस्थित सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भएको ११ ओैं अधिवेशनमा ६ जना पत्रकारहरूलाई सम्मान गरिएको हो । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार लिलाबल्लभ घिमिरेलाई , शैलजा आचार्य महिला पत्रकारिता पुरस्कार करुणा बस्नेतलाई ,गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बिनोद भण्डारीलाई ,बाबुराम निरौलालाई गिरिजाप्रसाद कोइराला युवा पत्रकारिता पुरस्कार , विक्रम निरौलालाई रमाप्रसाद – मायादेवी रिजाल पत्रकारिता पुरस्क
विराटनगर / स्थानीय बजार प्रवर्द्धनका लागि भन्सार नाकामा कडाइ गर्न विभिन्न सरोकारवाला निकायसित विराटनगर महानगरपालिकाले समन्वय मात्रै गरेको स्पष्ट पारेको छ । विज्ञप्ति जारी गर्दै महानगरले स्थानीय व्यापारी, उद्योगी, व्यवसायीले स्थानीय प्रशासन, प्रहरी, भन्सार, राजस्वलगायतका निकायसित समन्वय गरी भन्सार नाकामा कडाइ गरिदिन पटक–पटक आग्रह गरेअनुसार महानगरले समन्वय गरिदिएको जनाएको छ । “स्थानीय व्यापारीले विराटनगरको व्यापार धाराशायी भएका कारण पलायन हुनुपर्ने अवस्था आएको, महानगरसहित राज्यलाई तिर्नुपर्ने कर तिर्न नसक्ने अवस्था सिर्जना भएको, मजदुर र कर्मचारीको तलब दिन गाह्रो भएको भन्दै पटक