समाचार

    Showing 4,251-4,260 of 8,528 items.
  • मेयर कोइरालाले गरे अनुगमन :वडाको काम चुस्त नभएको र स्वास्थ्य चौकीमा औषधि नभएको सर्वसाधारणको गुनासो

    धरान । स्वास्थ्यचौकी तथा वडाहरुको काम कारबाही चुस्त नभएको व्यापक जनगुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सोमबार अनुगमन गरेका छन् । अनुगमनका क्रममा मेयर कोइरालाले कमीकमजोरीलाई सुधार गरेर सेवाग्राहीलाई छिटो–छरितो सेवा प्रवाह गर्न वडाध्यक्षसहित कर्मचारीहरूलाई निर्देशन दिए । निर्वाचित भएर आएलगत्तै डुबान समस्या, फुटपाथ खाली गर्ने र चौपाया नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको महानगरपालिकाले वडा र महानगर मातहतका स्वास्थ्यचौकीको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने अभियान सञ्चालन गर्ने उद्देश्यले मेयर कोइरालाले अनुगमन गरेका हुन् । उनले अनुगनमा क्रममा विराटनगर वडा नम्बर १५ र

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 300 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दू जलाधार विवादः दल र पहल समिति छलफल ‘अध्ययनबिना बोल्न मिल्दैन’

    धरान । सर्दू जलाधारका विषयमा धरानका राजनीतिक दल उदासिन देखिएका छन् । तर पनि दलका प्रतिनिधिले जनताको दुहाई दिन भने छाडेका छैनन् । सर्दू जलाधारका नाममा धरान १३ र ४ का शहरी क्षेत्रमा पर्ने जग्गा मालपोत कार्यालयले रोक्का गरिदिएपछि स्थानीय पीडित छन् । पीडितद्वारा गठित ‘साविक बाँझागरा ९ क फुकुवा तथा सिमाङ्कन पहल समिति’ सँगको छलफलमा सर्दू जलाधारको नाममा जनताले दुःख पाएको विषयमा दलका प्रतिनिधिले अनभिज्ञता प्रकट गरे । सर्दू जलाधारको विवादबारे दल र पहल समितिले धरान १३ वडष समितिको कार्यालयमा गरेको संयुक्त छलफलमा अध्ययनबिना आधिकारिक धारणा राख्न नमिल्ने दलका प्रतिनिधिले अभिव्यक्ति दिए । सावि

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 557 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बोलबम मेला सम्पन्न: मेलामा सबैभन्दा बढी फाइदा खुद्रे व्यापारीलाई

    धरान । आज बोलबम मेलाको पाचौ हप्ता । आजबाट बोलमेला सकिएको छ । बोलबम अवधिभरि जल चढाउन भक्तजनहरुलाई लक्षित गरी स्वास्थ्य शिविर, विभिन्न संघ संस्थाबाट निःशुल्क पानी, सर्वतपानी, फलफूल वितरण गर्नेको लाइन पनि अत्याधिक थियो । यो मेला अवधिभर व्यवसायहरुको व्यवसाय पनि राम्रोसँग चलेको थियो । मेलामा ठूला व्यापारीलाई भन्दा पनि खुद्रे व्यापारीलाई भने आम्दानीको दह स्रोत बनेको थियो । नेपाल भारत बोर्डर पर्ने रक्सौलबाट व्यापारकै लागि आउनु भएका बोलु साहले पाँच हप्ताको अवधिमा मनग्ये आम्दानी गरेको बताछन् । मेलामा खुद्रा विक्री गर्दै आएका उनले सोमबार विहानदेखि १० बजेको समयसम्म २ हजार भन्दा बढी आम्दानी गरेको बताए ।

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 784 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोपाइ जात्रामा अस्थायी साधन वितरण

    धरान । गाइजात्रा अन्तर्गतको रोपाइ जात्रा धनकुटामा परिवार नियोजिनको अस्थायी साधन वितरण गरेर मनाइएको छ । रोपाई जात्राको अवसर पारेर नेपाल परिवार नियोजन संघ धनकुटा शाखा ले प्रत्यक वर्ष झै यो वर्ष पनि १३ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा मञ्च धनकुटा र सामाजिक विकासका लागि युवाको प्रयास (यस्ड) क्लबसँग सहकार्य गरेर परिवार नियोजनको अस्थायी साधन वितरण गर्दै मनाएको हो । जनचेतना मुलक सुचना प्रवाह गर्दै रोपाई जात्रा शनिबार मनाएको धनकुटाकी युवा संयोजक आकृती राईले जानकारी दिइन् ।  

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 712 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिशिर विश्वकर्मा र अमिशा चौधरीले जिते उपाधि

    धरान । ड्रिम मोडलिङ्ग एजेन्सी सिजन २ ले आयोजना गरेको जुनियर मिस्टर एण्ड मिस धरान सिजन टुको उपाधि शिशिर विश्वकर्मा र अमिशा चौधरीले जितेका छन् । धरान १३ स्थित धरान वेन्क्युटमा शनिवार आयोजित ग्राण्ड फिनालेमा जुनियर मिस्टर एण्ड मिस धरान सिजन टुको विजेता विश्वकर्मा र चौधरी भएका हुन् । यसैगरि जुनियर मिस्टर तर्फ फस्ट रनरअप आशिष नेपाली र सेकेण्ड रनरअप जेसन आचार्य घोषित भए । जुनियर मिस धरान तर्फ फस्ट रनरअप श्रृष्टि विश्वकर्मा र सेकेन्ड रनरअप नामसाङ राई घोषित भए । जुनियर मिस्टर एण्ड मिस धरानका विजेताले क्राउन सहित जनही १५ हजार, प्राइम लाईफ इन्स्योरेन्सको ५ लाख वरावरको इन्सोरेन्स, ट्रफी , प्रमाणपत्र र

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 604 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको गोकुण्डेश्वर मावि प्रयोग विहीन

    धरान । सदरमुकाम धनकुटामा रहेको गोकुण्डेश्वर मावि प्रयोगविहीन भएको छ । लाखौ रुपैया खर्चिर निर्माण भएको सो भवन प्रयोग विहीन बनेको हो । धनकुटाको सल्लेरी वन नजिक नेपाल सरकारको ६८ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको हो । भवन बनेको लामो समय भएपनि प्रयोग नभएको स्थानीय ज्ञानबहादुर थापाले बताए । उनले भवन निर्माण भएको लामो समय भएपनि प्रयोग भएको नदेखेको बताए । उनले भने–‘कतिपय ठाउँमा भौतिक संरचना नभएर विद्यार्थीहरुलाई चौरमा राखेर पढाउनुपर्ने अवस्था छ, तर यो विद्यालय भने निर्माण भइसक्दा पनि प्रयोगविहीन छ ।’ २०७२ सालको भूकम्पपछि निर्माण भएको ४ कोठे भएको पक्की भवन दुई वर्षसम्म प्रयो

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 649 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्घटना न्यूनिकरणमा जुटे सरोकारवाला पक्ष

    धरान । सडक दुर्घटना बढ्दै जादा पछिल्लो समय धरानमा स्थानीय सरकार, ट्राफिक र सर्वसाधारण मिलेर न्यूनिकरण अभियानमा जुटेका छन् । सडक सागुरो, त्यसमाथि सवारी चालकले तिब्र गतिमा सवारी साधन चलाउदा दुर्घटनाको जोखिम बढ्ने भन्दै धरान १६ ले जिल्ला ट्राफिक कार्यालय सुनसरीसँग सहकार्य गरेर सवारी साधनको गति नियन्त्रणका लागि व्यारिकेट राखेको छ । धरान १६ मा रहेको विविक्युले स्थानीय धरान १६ लाई व्यारिकेट प्रदान गरेपछि धरान १६ गणेशमान सिंह चौक र केही माथि दुईवटा व्यारिकेट राखिएको हो । धरानको सडक साँगुरो भएकै कारण वडा नं. २ र ३ का वडाध्यक्षहरुले ट्राफिकसँग सहकार्य गरेर सडकको एकापटिमात्र पार्किङ शुरु गरेलगत्तै धरा

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 731 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मंगलबारेको अस्पतालमा अनियमिता भएको आरोप: कारबाहीको माग गर्दै मन्त्रीलाई देखाए कालो झण्डा

    धरान । मंगलवारे युवा क्लब उर्लाबारीले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ भवनमा व्यापक अनियमिता भएको भन्दै भ्रष्टारीलाई कारबाहीको माग गरेको छ । क्बलबले सेन्टरको ओपिडी भवन निर्माणमा अनियमिता भएको भन्दै विरोध जनाएपनि आइतबार उद्घाटन गर्न मन्त्रि आएपछि युवाहरुको समूहले मन्त्रीलाई कालो झण्डा समेत देखाएका छन् । क्लबका अध्यक्ष पिलराज गिरीको नेतृत्वको टोलीले आइतबार अस्पतालको आपिडीको उद्घाटन गर्न आएका प्रदेश नं.१ का स्वास्थ्य मन्त्री जयराम यादवलाई कालो झन्डा देखाएका हुन् । उर्लाबारी—३ मंगलबारेमा रहेको सेन्टरको ओपिडी भवन निर्माण गर्दा व्यापक भ्रष्टाचार भएको भन्दै आवाज उठाउदै आएको थियो ।

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 427 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अपरिपक्व विवाह एक वर्ष पनि टिक्दैन

    धरान । सानो उमेरमा विवाह गर्दा युवतीहरु हिँसामा पर्ने घट्ना धेरै बाहिर आएका छन् । सानै उमेरमा आमा बन्दा स्वास्थ्यमा समस्या त छँदैछ, पारिवारिक द्वन्द्धले विक्षिप्त मनस्थितिमा उनीहरु बाच्नुपर्ने अवस्था रहेको छ । इलामको सन्दकपुर गाउँपालिकाकी एक किशोरीले १६ वर्षको उमेरमा विवाह गरिन । स्थानीय एक युवासँग विवाह गरेकोे एक वर्ष नबित्दै छोरीको आमा पनि बनिन् । छोरीको आमा भएको छ महिना नबित्दै श्रीमानको हिंसाको शिकार बनिन् । दिनदिनै हिंसाको शिकार बनेकी किशोरी श्रीमानसँग बस्न नसक्ने अवस्थामा पुगिन । भागेर सानैमा विवाह गरेकाले माइतीले पनि वास्ता गरेनन । डेढ वर्षकी छोरीसहित विस्थापित भएकी किशोरीलार्ई मानवअधि

    • प्रकाशित मितिः साउन ३०, २०७९
    • 847 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • पर्यटकीय क्षेत्र भेडेटारमा बर्षौदेखिको खानेपानीका समस्या समाधान: १ सय ४७ घरधुरी लाभान्वित

    धरान । प्रदेश नं. १ को प्रमुख पर्यटकीय क्षेत्र धनकुटाको सागुरीगढी नगरपालिकामा पर्ने भेडेटारमा विगतदेखि नै खानेपानी अभाव थियो । खानेपानी समस्याका कारण यहाँका सर्वसाधारणलाई समस्या त छँदैथियो त्यसमाथि पनि पर्यटन सम्बन्धी व्यवसाय चलाउन कठिन रहेको थियो । तर अहिले भने भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा १० वर्षअघि सुरु भएको भेडेटार खानेपानी आयोजना सञ्चालनमा आएको हो । खानेपानी आयोजनाको प्रदेश १ सरकारका खानेपानी तथा ऊर्जा मन्त्री रामकुमार राई उदघाटन गरेका छन् । खानेपानीको समस्या हटेसँगै अहिले भेडेटारका १ सय ४७ घरधुरीले लाभान्वित छन् । २

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 522 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved