युवा साहित्यकार नवोदित ५० हजार राशि सहित पुरस्कृत

  • साउन ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  युवा साहित्यकार मीनकुमार नवोदित कोशी प्रदेश सरकारबाट ‘उत्कृष्ट साहित्य पुरस्कार’बाट पुरस्कृत भएका छन् ।

विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री प्रदीप सुनुवारले दोसल्ला ओढाएर नगद ५० हजार राशि र सम्मानपत्र प्रदान गरे ।

नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदित यसअघि संघीय सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा वर्ष मोती पुरस्कारबाट समेत विभूषित भइसकेका छन् ।

नवोदितका ‘फूलबारीभित्रका भमराहरु’ ९२०५७०, ‘झरीले रुझेको गाउँ’ ९२०७०० र ‘समयको बयान’ ९२०७८० गरी तीनवटा कवितासंग्रह प्रकाशित छन् ।

एक दर्जनभन्दा बढी साहित्यिक र सामाजिक संघसंस्थामा आबद्ध नवोदित तीन दर्जनभन्दा बढी संघसंस्थाबाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।

कार्यक्रममा नवोदितसहित भाषा, साहित्य, संस्कृति, कला, संगीतलगायतका क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved