समाचार

    Showing 401-410 of 8,369 items.
  • युवा पुस्ताका ढुकढुकी जोन चाम्लिङ आज एक्स्पोमा

    धरान । युवापुस्ताका ढुकढुकी जोन चाम्लिङले आज विजिनेश एक्स्पोमा आफ्नो ब्याण्ड सहित प्रस्तुति दिन भएको छ । जोन एण्ड दि लोकल्सका ५ जना आज साँझ ७ बजे एक्स्पोको मञ्च उक्लिनेछन् । धरानका यी युवा गायकका संसारभरी मरिहत्ते गर्ने लाखौँ फ्यानहरु छन् । धराने यी युवा गायक जोनको धरानमा हुने हरेक कन्सर्टमा दिनदुइगुना रात चौगुना दर्शकहरु बढिरहेको र जोनलाई सुनेर हेरेर धरानेहरु कहिल्यै नअघाउने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आफुले धरानमा धेरै सांगीतिक कार्यक्रमहरु गरिरहेको भएपनि हरेक पटक जोनको माग भइरहेको उनले बताए । श्रेष्ठले भने जोनका हरेक गीतहरुले युटुवमा लाखौँ भ्युज प

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 289 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाथीभरामा गुराँसका रूख काटिन थाल्यो

    इटहरी/ करिब तीन सय बर्ष अघिदेखि हुर्काइएका गुराँसका रुखहरु फुल्ने सिजनमै केबलकार निर्माण कम्पनीले धमाधम कटान थालेको छ । प्राकृतिक रुपमा महत्व बोकेका यस्ता ऐतिहासिक रुखहरु विकासका नाममा धमाधम कटान हुँदा पहिचानवादी बाहेक अन्य सरोकारवालाहरु मौन बसेका छन् । सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिए लगत्तै केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको हो। रुख कटानसँगै सरकार बल प्रयोग गरेरै अब अगाडि बढ्ने बुझिएको छ । बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रूख मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ। यसअघि गत जेठको पहि

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 4,854 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी एक्सिलेन्स अवार्डमा धरानका ज्वाला सम्मानित हुने

    धरान । इटहरीमा फागुन ७ गते नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी तीव्र पारेको छ । प्रदेश खबर दोस्रो वर्ष पूरा गरेर तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा इटहरीमा भव्य कार्यक्रम गरी कोशी प्रदेशमा पहिलो पटक कोशी एक्सिलेन्स अवार्डको तयारी गरेको हो भने अवार्ड र सम्मानको लागि छनोैट गर्ने कार्य तीब्र भई रहेको मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले बताए । सम्मानित हुनेमा धरानबाट अग्रज पत्रकार एवम् मजदुर नेता भीम राई ज्वाला पनि छनौट भएका छन् । सम्मानित हुने  राई यातायात मजदुरबाट उदाएर पत्रकारिता हुँदै हाल केन्द्रिय स्तरका

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 343 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कालोमोसो दलेर कुटपीट गर्नेलाई पक्राउ गरिने

    धरान/ धरानमा नो केवलकार पक्षधरले केवलकारको विरोध गर्दै सामाजिक सन्जालमा बोल्नेलाई पत्रकार सम्मेलनमा नै आइतबार कालोमोसो दलेर कुटपीट गरेका छन् । ताप्लेजुङको पाथीभरामा केबलकार बन्नु पर्छ भनेर अभिव्यक्ति दिएको भन्दै पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दली कुटपिट भएको हो । ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान–९ स्थित पुतली लाइनमा कुटपिट गरी कालोमोसो दलेका हुन्। माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबुलकारको बिरो गर्नेहरूलाई गाली गलौज गरेको भन्दै कालोमोसो दलेर सचेत गराइएको नो केवलकारका पक्षधरका अ

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 1,827 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको जरा अभियानका लागि अभिमुखिकरण उद्घाटन

    इटहरी । आगामी निर्वाचनहरु मार्फत देशको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि नेकपा ९एमाले० ले सञ्चालन गरिरहेको तीनमहिने जरा केन्द्रीत अभियानमा परिचालन गर्ने पार्टीका नेता कार्यकर्ताहरुलाई एमालेले इटहरीमा अभिमुखिकरण गर्दैछ । आज (आइतबार) इटहरीस्थित लायन्स क्ल्ब इटहरीको सभाहलमा जिल्लाभरका करिव १ हजार २ सय अभियन्ताहरुलाई राखेर अभिमुखिकरण गर्न एमाले उपमहासचिव प्रदिप ज्ञवालीले उद्घाटन गरिसक्नुभएको एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराउनुभयो । प्रमुख प्रशिक्षकका रुपमा अभिमुखिकरण गर्नुहुने ज्ञवालीसंगै कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 210 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा हात्तीको त्रास

    प्रत्येक वर्ष हिउँद याम लाग्नासाथ बराहक्षेत्र नगरपालिकाका बासिन्दाहरूलाई एउटै पीरले सताउँछ– जंगली हात्तीको आतंक । भारतबाट मेची नदी पार गरी झापा हुँदै मोरङका जंगल पार गरेर सुनसरीका विभिन्न क्षेत्रसम्म आइपुग्ने हात्तीहरूले बराहक्षेत्रका गाउँहरूमा त्रासको माहोल सिर्जना गर्ने गरेका छन् । यस क्रममा हात्तीले जंगल छेउका गाउँहरूमा प्रवेश गर्दा बाली नष्ट गर्ने, गोठ भत्काउने र जनधनको क्षति पुर्‍याउने घटना बारम्बार हुने गरेका छन् । पछिल्लो तिन वर्षमा मात्रै जंगली हात्तीले दुई स्थानीयको ज्यान लिइसकेको छ भने केही स्थानीयहरु घाइते समेत भएको पाइन्छ । बराहक्षेत्रमा जंगली हात्तीको आक्रमणबाट २०७९ म

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 427 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्र जिल्लाकै उत्कृष्ट,धरान चौथो,इटहरी लास्ट

    सुनसरी/ सुनसरीका १२ वटा पालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा वराहक्षेत्र नगरपालिका जिल्लाकै उत्कृष्ट नगर घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार वराहक्षेत्र नगरपालिकाले ६७.० अंक प्राप्त गर्दै सुनसरीकै उत्कृष्ट नगरपालिका घोषित भएको हो। आन्तरिक आम्दानी, कोषमा दाखिला भएको रकम, बजेट खर्च व्यवस्थापन, बेरुजु नियन्त्रण, आवधिक योजना, शिक्षा र स्वास्थ्यजस्ता सूचकहरूको आधारमा यो मूल्यांकन गरिएको नगरपालिकाका सूचना अधिकारी गौरी रायले जानकारी दिए। अन्य नगर र गाउँपालिकाहरूको मूल्यांकन: # वराहक्षेत्र नगरपालिका – ६७.० अंक# इनरुवा नगरपालिक

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 723 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रिमियर लिग: उपाधि यात्रामा चार टिम, सुपरलिगमा फुटबलको महाभिडन्त!

    धरान/ कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको समूह चरण सकिएसँगै उपाधि होड थप रोमाञ्चक बनेको छ। आयोजक कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले शनिबार धरान रंगशालामा पत्रकार सम्मेलन गर्दै सुपरलिग खेल तालिका सार्वजनिक गरे। ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागिता रहेको लिगमा चार समूहबाट शीर्ष चार टिम सुपरलिगमा प्रवेश गरेका छन्। समूह ए बाट पाँचथर युनाइटेड,बी बाट गाईघाट फुटबल क्लब(उदयपुर),सी बाट देउराली युथ क्लब (धनकुटा), रडी बाट बुइपा–११ (खोटाङ) अन्तिम चरणमा प्रवेश गरेका हुन्। तालिका अनुसार फागुन ४ गते बुइपा–११ र पाँचथर युनाइटेड भिडन्त गर्नेछन्, भने दोस्रो ख

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 297 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुमेधा वक्तृत्वकला: धरान-मेघाकी क्याथरिन योन्जन चम्किँदा शिक्षा सन्देशकी देवका कार्की दोस्रो

    धरान/ सुमेधा वक्तृत्वकला प्रतियोगिताको फाइनलमा धरान-मेघा हिमालयनकी क्याथरिन योन्जन प्रथम भएकी छन्। उनले नगद रु. १५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारिन्। र्याडिकल लाइट नेपाल प्रा.लि., धरानले धरान-८ स्थित सहिद स्मृति मा.वि.को सभाहलमा आयोजना गरेको प्रतियोगितामा शिक्षा सन्देश सेकेन्डरी बोर्डिङकी देवका कार्की दोस्रो भइन्। उनले नगद रु. ८ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। तेस्रो स्थानमा एम्स एकेडेमीकी अदिति झा रहँदा उनले रु. ४ हजार नगदसहित ट्रफी र प्रमाणपत्र जितिन्। सान्त्वना पुरस्कार पब्लिक मा.वि., फुस्रेका बालकुमार राईलाई प्रदान गरियो, जसले रु. २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 345 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयका विद्यार्थीहरुलाई निशुल्क ब्रान्डेड ल्याप्टप वितरण

    धरान/सुनसरीको धरानमा रहेको युएन नवोदयबाट प्लस टु पास गरी हाल  बि एच एम प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई निशुल्क डेल ब्रान्डका ल्यापटप बितरण गरेको छ।  कलेजले शुक्रबार कलेज परिसरमा भव्य कार्यक्रमको आयोजना गरि उक्त ल्यापटप वितरण गरेको हो । कलेजका निर्देशक ज्ञानेश्वर झा,कलेज प्रमुख डम्बर तुम्बापो,एचएम प्रमुख गगनमान श्रेष्ठ,नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले सहितले विद्यार्थीलाई बधाई तथा शुभकामना सहित प्रदान गरेका हुन् । ल्यापटप वितरण पछि विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदैं कलेृज प्रमुख तुम्बापोले अबको समय सुचना र प्रविधि, च्याट जि पि टि, ए आई र डिप सिकको समय

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 879 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved