बालबालिकाको सुरक्षामा जोड: इनरुवामा विद्यालय बस चालकलाई ट्राफिक सचेतना

  • वैशाख १३, २०८३
  • कोशीपत्र/संवाददाता
alt -चन्दन रौनियार

सुनसरी/विद्यालय जाने बालबालिकाको सुरक्षित यात्रालाई सुनिश्चित गर्ने उद्देश्यसहित इनरुवामा विद्यालय बस चालक र सहचालकलाई लक्षित ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

इनरुवा नगर प्याब्सनको आयोजनामा तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको सहकार्यमा सखुवा गाछीस्थित लक्ष्मी पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा निजी विद्यालयका बस चालक–सहचालकलाई सडक सुरक्षा, ट्राफिक नियम र बालबालिकाको सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक विकास थपलियाले चालकको सचेतता नै दुर्घटना न्यूनीकरणको मुख्य आधार भएको उल्लेख गर्दै आधारभूत ट्राफिक नियम, सुरक्षात्मक मापदण्ड तथा सुरक्षित ड्राइभिङबारे प्रशिक्षण दिएका थिए।

उनले विद्यालय बसमा आवश्यक सुरक्षात्मक उपकरण अनिवार्य राख्नुपर्ने र कुनै पनि प्रकारको लापरबाही नगर्न आग्रह गरे।

इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईंले विद्यालय बस चालक–सहचालकको जिम्मेवारी प्रत्यक्ष रूपमा भविष्यका पुस्तासँग जोडिएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

उनले विद्यालय, अभिभावक र प्रहरीबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

जिल्ला प्याब्सन सुनसरीका सह–सचिव मनोज यादवले पनि सुरक्षित विद्यालय वातावरणका लागि चालक र सहचालकको सचेतता अत्यावश्यक रहेको बताए।

कार्यक्रममा विद्यालय सञ्चालक, शिक्षक, प्रहरी अधिकारी तथा बस चालक–सहचालकको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमले आफूहरूलाई थप जिम्मेवार र सचेत बनाएको प्रतिक्रिया दिएका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved