समाचार

    Showing 3,971-3,980 of 8,519 items.
  • समानुपातिकमा नाम परिवर्तन

    विजयपुर / निर्वाचन आयोगले समानुपातिक विजेता उम्मेदवार नाम सच्याएर पढाएको छ । नेकपा एमालेले रोलक्रमलाई मिचेर समानुपातिक उमेद्वारको नाम आयोगमा पेश गरेको भन्दै नाम सच्याएर पठाउन निर्वाचन आयोगले पत्राचार गरेपछि नेकपा एमाले समानुपातिक उम्मेदवार नाम लिष्ट सिफारिस गरे पढाएको छ । आयोगले समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाउन दोस्रो पटक पत्राचार गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १, प्रदेशसभा सदस्यतर्फको समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाएका थिए । ओलीको हस्ताक्षर रहेको आयोगलाई पठाएको पत्रमा अल्पसंख्यकतर्फ लहरु माया जिमी (याक्खा)को सट्टा उनीभन्दा अघिल्लो क्रममा रहेको यशोदा कायस्थको

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 451 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरलाई डुबानमुक्तका लागि सम्भाव्यता अध्ययन

    मोरङ / विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीवी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ । महानगरलाई वैज्ञानिक रुपमै डुबानबाट मुक्त गर्न एडीवीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको मेयर नागेश कोइरालाले जानकारी दिए । मेयर कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ । आरयूडीपी प्रोजेक्टअन्तर्ग

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 470 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •  चौथो मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता हुने

    विजयपुर / चैत पहिलो साता चौथो मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता धरानमा हुने भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत ३ र ४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको हो । आयोजक एलाइनेट जिमले मंगलबार धरान १८ बुद्धचोकस्थित एमसी क्याफेमा पत्रकार सम्मेलन गरेको थियो । आयोजक संंस्थाका अध्यक्ष बिक्रम लिम्बुले प्रतियोगितामा ५० जनाले सहभागिता जनाउने बताए । उनले भने–‘या हाम्रो २० औं प्रस्तुति हो, चौथो मिस्टर शारीरिक सुगठन प्रतियोगितामा साविकको कोशी अञ्चलका ५० जना खेलाडीहरु सहभागी हुने छन् ।’ उनले प्रतियोगिताको विजेताले नगद

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 469 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • विद्यार्थीलाई तीन लाखको सहयोग

    मोरङ  / जाडो बढ्दै जाँदा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई समस्या नहोस् भन्ने अभिप्रायले नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले मोरङको एक आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेका छन् ।शर्माले सुन्दरहरैंचा नगरपालिका ९ मा रहेको राम आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका हुन् । डा.शर्माले वैवाहिक बर्षगाँठको अवसर पारेर व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीन वटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् । सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबर

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 556 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहाडी क्षेत्रका स्वास्थ्य केन्द्रमा उपकरण पुग्यो

    धरान : ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भए पनि आवश्यक पर्ने मेनपावर नहुँदा बिरामीहरुले मार्कामा पर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ खोटाङको जिल्ला अस्पताल । उपकरण भएपनि दुई रेडियोग्राफर बिदामा बसेपछि जिल्ला अस्पतालमा एक्स–रे सेवा बन्द भएको छ । दुवै रेडियाोग्राफर बिदामा बस्दा जिल्ला अस्पतालमा उपचारमा आउने विरामी मर्कामा परेका छन् । उपचार गर्दा आवश्यक पर्ने रेडियोलोजी अन्तर्गतको एक्स–रे नै सञ्चालनमा आउन सकेको छैन । स्थानीयहरुले अहिले प्रभावकारी रुपमा उपचार गराउन पाएका छैनन् । दुई रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि छिमेकी मुलुक भारत गएको र अर्का पारिवा

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 366 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक रोजगारीबाट फर्केका स्वदेशमै रोजगारी खोज्दै

    इलाम : सीप र व्यवसायिक ज्ञान नहुँदा धेरै युवाहरु वैदेशिक रोजगारीमा गएर पैसा कमाए पनि स्वदेशमा वेरोजगार नै बस्नुपर्ने अवस्था छ । वैदेशिक रोजगारीमा जाँदा सिकेका सीपलाई प्रयोग गर्न सके नेपालमै स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण प्रसस्त छन् । तर उनीहरुको सीपलाई नेपाल सरकारले प्रवद्र्धन र बजारको खोजी नगरिदिँदा व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आउने गरेका छन् । इलामको चुलाचुली गाउँपालिका ५ चपेटकी सम्झना राई मलेसियाबाट फर्केर बङ्गुर पालन गर्न थालिन । नौ वर्ष मलेसिया बसेर स्वदेशमै केही गरौँ भन्ने सोच बनाउँदै गर्दा युवा सशक्तीकरण समूह मार्फत स्वरोजगारको लागि सीप विकास तालिम सञ्चालन हुन लागेको थाहा

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 1,313 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • पूर्वाञ्चलमा टेक फेस्ट आयोजना हुने

    धरान : इङ्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पस धरानको कम्प्युटर संकायको विद्यार्थी समाज (एसेस)ले बृहत् टेक्निकल फेस्ट एसेस ५ आयोजना गर्ने भएको छ । एसेस टेक फेस्टको पाँचौँ संस्करण पुस ३ गतेबाट ६ गते सम्म चल्ने आयोजकले बताएको छ । काठमाडौँबाहिर रहेको इन्जिनियरिङ क्याम्पसमध्ये पूर्वाञ्चल क्याम्पस पूर्वको केन्द्र धरानमा अवस्थित जिम्मेवारी प्राविधिक संस्थान भएकोले शिक्षा र प्रविधिको परिधिलाई बृहत्तर बनाउने उद्देश्यले सुरु गरिएको आयोजकले बताए । एसेस टेक फेस्ट कार्यक्रमबाट दुई हजार बढी विद्यार्थीहरुले प्रत्यक्ष र अनलाईन मार्फत बिस हजारभन्दा बढी विद्यार्थीहरुले देशभरिबाट लाभान्वित हुने छन् । टे

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 604 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘तीन जिल्लामा हिंसाका घटना बढे’

    खोटाङ : राष्ट्रिय मानव अधिकार आयोगले पूर्वका तीन जिल्लामा हिँसाका घट्ना बढेको तथ्यांक सार्वजनिक गरेको छ । आयोगले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा हिंसाका घटना बढको तथ्यांक सार्वजनिक गरेको हो । आयोगले ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३१ औं लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसरमा खोटाङमा आयोजित कार्यक्रममा आयोगको प्रदेश १ शाखा कार्यालय दिक्तेलले तीन जिल्लामा सम्बन्ध बिच्छेद, महिला हिंसा, घरेलु हिंसा, बाल हिंसाका घटना बढिरहेको जानकारी दिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित कार्यक्रममा मानव अधिकार अधिकृत नेत्र गौतमले हत्याका घटना बढिरहेको बताए । उनले पूर्वका

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 704 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा साप्ताहिक सरसफाई

    रंगेली / अस्पतालजस्तो संवेदनशील क्षेत्रमा फोहोर हुन नदिन रंगेली अस्पताल परिषरभित्र साप्ताहिक रुपमा सरसफाई शुरु गरिएको छ । शनिवारबाट शुरु गरिएको सरसफाई गरिएको हो ।रंंगेली नगपालिका ७ मा रहेको सो अस्पतालमा साप्ताहिक सरसफाई शुरु गरिएको अस्पताल सञ्चालक समितिले जनाएको छ ।  अस्पताल वरपर उम्रिएको झारपातले अस्पतालको वातावरणलाई प्रदूषित बनाएको भन्दै झारपात उखेल्ने र फोहोर व्यवस्थापन गर्ने काम समितिले गरेको छ । सरसफाइमा रंगेली नगरपालिका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, विभिन्न बडाका बडा अध्यक्ष, अस्पताल समितिका अध्यक्ष देवमणि कटुवाल, पुर्साेतम काफ्ले, अस्पतालका चिकित्सक , कर्मचारी, नेपा

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 659 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • शिक्षादीपद्वारा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत

    मोरङ /  विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने व्यवस्थापन संकायका विद्यार्थीलाई पुरस्कृत गरेको छ । कलेजमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम वीच पुरस्कृत गरेको हो । कलेजले सञ्चालन गरेको परिक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई आकर्षक छात्रवृति प्रदान गर्नुका साथै नगद पुरस्कार प्रदान गर्ने गरेको जानकारी कलेजका व्यवस्थापन संकायक को–अर्डिनेटर शंकर भट्टराईले बताए । यसैबीच कक्षा ११ र १२ मा प्रथम, दोस्रो र तृतीय हुने सन्दिप चौधरी, नितेश यादव, रुची चौधरी, सौगात क्षेत्री, रोसन कुमार सहनी, समिक्षा न्यौपाने, श्

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 470 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved