नमुना कलेजका बिद्यार्थीले गरे म्याजिक फुटवेयरको शैक्षिक अवलोकन भ्रमण

  • असोज १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ बिराटनगरको मधुमारा स्थित नमुना कलेजका बिद्यार्थीहरुले शैक्षिक अवलोकन भ्रमण गरेका छन । कलेजका कक्षा ११ का बिद्यार्थीहरुले चप्पल उत्पादक कम्पनी म्याजिक फुट वेयरको भ्रमण गरेका हुन।

बिद्यार्थीलाई सैद्धान्तिक सगै प्रयोगात्मक ज्ञानको समेत बिकास होस भनेर भ्रमण गराइएको कलेजका प्रधानाध्यापक शिव अधिकारीले जानकारी दिनु भयो ।

भ्रमणमा चप्पल उत्पादन देखि प्याकेजिङ सम्मको तयारीका बारेमा उधोगका कर्मचारीहरुले जानकारी गराएका थिए । साथै जुत्ता चप्पल भारतमा समेत निर्यात गर्ने , कच्चा पदार्थ प्रयोग पछि बाकी सामाग्री पुन प्रयोग गरिने , गुणस्तरको नियमित चेक जाँच गरिने कम्पनीका कर्मचारीले जानकारी गराएका थिए ।

बिद्यार्थीहरुले यस्तो शैक्षिक अवलोकन भ्रमण यस अघि आफुहरुले नगरेको र नमुना कलेजमा आएको केही समयमा नै यस किसिमको भ्रमण भएकाले आफुहरुले धेरै कुरा सिक्न पाएको र यो ज्ञानले जीवन मा राम्रो प्रभाव पर्ने भन्दै खुसी ब्यक्त गरे ।

यसै बर्ष स्थापना भएको कलेजले बिद्यार्थीको चौतर्फी बिकासका लागि शैक्षिक अवलोकन भ्रमण खेलकुद , सङ्गीत जस्ता पाठ्यक्रम भन्दा बाहिरका बिषय बस्तुलाई समेत बिद्यार्थीलाई उपलब्ध गराउने कलेजका को अर्डिनेटर आर के मण्डलले जानकारी दिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved