इटहरी / आइतबार इटहरीमा रहेको चिजन्स प्यालेस मन्टेश्वरीले प्रयोगात्मक कार्यलाई प्राथमिकता राखेर विद्यार्थीको शैक्षिक प्रदर्शनी गरेको छ ।कक्षा एक देखि ५ सम्म सहभागी विद्यार्थीहरुले विभिन्न विधामा शैक्षिक प्रदर्शनी गरे । विद्यालयले कक्षा कोठामा मात्र सीमित सैद्दान्तिक ज्ञानलाई प्रयोग गर्दै प्रयोगात्मक रुपमा उक्त शैक्षिक प्रदर्शनी गरेको हो । विद्यार्थीको ज्ञानलाई प्रत्यक्ष र प्रयोगात्मक रुपमा अवलोकन गर्न पाउँदा अभिभावक खुसी देखिएका थिए । मन्टेश्वरीले किताबी अध्ययनमा मात्र सीमित रहेर पठनपाठन गराउँदा पछिल्लो समय विद्यार्थीहरुले आफ्नो सामाजिक चालचलन, परम्परा र मौलिकता विर्सिदै गएका छन् । यही क
सुनसरी / ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले १३ औ संस्करणको कन्टोल इटहरी गोल्डकपमा सहज जीत हात पारेको छ । इटहरी रंगशालामा सोमबार सम्पन्न खेलमा पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । मच्छिन्द्रको जीतमा कप्तान अफिज ओलावालले ह्याटिक सहित ४ गोल गरे । अर्को गोल बिजय भुजेलले गरे । पहिलो गोल ३९ औ मिनेटमा गरेका ओलावालले ६१, ६६ र ८८ औ मिनेटमा गोल गर्दै आफ्नो गोल संख्या ४ पुर्याए । त्यसअघि बिजय भुजेलले ६४ औ मिनेट गोल गरेका थिए । कञ्चनजंघाका अनिश राईले २ गोल गरेपनि हार टार्न सकेनन् । खेलको १५ औ मिने
खोटाङ / फागुन १७ गते बहुमतद्वारा प्रदेश नं. १ को नाम पारित भएपछिका दिनमा पहिचानवादीहरु निरन्तर आन्दोलनमा होमिएका छन् ।उनीहरुले प्रदेश नं. १ मा ठाउँ ठाउँमा प्रदर्शन गर्ने मात्र हैन कोशी प्रदेशको राजधानी विराटनगर केन्द्रित आमसभा, कविता गोष्ठी लगायतका कार्यक्रमलाई केन्द्रित गरेका छन् । पहिचानवादीहरु एक ठाउँमा उभिएका छन् । प्रदेश न. १ पुन नामकङ्कन संयुक्त संघर्ष समिति बनाएर उनीहरु आन्दोलनमा होमिएका छन् । सोमबार भने कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीमाथि नै ओखलढुंगामा आक्रमणको प्रयास भएको थियो । कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री कार्कीले कार्यक्रममा ९० प्रतिशत सांसदको समर
धरान / कोशीराजमार्गको धरानस्थित तीनकुने जिरोप्वाइन्ट सडक खण्डका विषयमा राजनीतिक दलहरुले आधिकारिक धारणा सार्वजनिक गर्न ढिलाइ गरिरहेका बेला नेपाली काङ्ग्रेसले रायसुझाव सङ्कलन गरेको छ । अन्तरक्रियामा बोल्दै अधिकांश सहभागीले बजार क्षेत्रबाट राजमार्ग लानु हितकर नभएको धारणा राखेका थिए । धरान १३ का स्थानीय कुमार भण्डारीले २ अरबको आयोजना आएर ६÷७ अरबको जनताको सम्पत्ति खेर फाल्न नहुने विचार राखे ।’ सडक छेउ बस्ने स्थानीय अपराधी होइनन्, स्थानीय सर्वस्वहरणमा पर्ने सम्भावना छ,’ स्थानीय भण्डारीले भने, ’कोशी राजमार्ग यकिन नभएको अवस्थामा मदन भण्डारी राजमार्गमा मर्ज गर्दै चत
भोजपुर/ यस वर्षको पहिचान पुरस्कार भोजपुरको चखियामा तीनजना स्रस्टालाई प्रदान गरिएको छ । देशकै प्रतिष्ठित र ठूलो धनराशीको पुरस्कार यस वर्ष ‘श्रीजङ्गगा, फाल्गुनन्द र इमानसिङ चेम्जोङका लेखोट’ का लेखकद्व्य अर्जुन माबुहाङ, अमित थेवे र ‘गुरु’ उपन्यासकी लेखक कविता राईलाई संयुक्त रूपमा प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् कवि तथा गीतकार भूपाल राईले सो पुरस्कार वितरण गरेका थिए । पुरस्कार कोषका संस्थापक काङमाङ नरेश राईले फेटा गुथेर पुरस्कृत स्रस्टाहरूलाई सम्मान गरेका थिए । त्यसैगरी कवि हाङयुग अज्ञातले मेडल प्रदान गरेका थिए । पु
इलाम / इलामको रोङ गाउँपालिका ३ चामे टारका ७० वर्षीय कमल बहादुर खवासको दैनिकी राजमार्गसँग जोडिएको छ । २०५२ सालदेखि नै राजमार्गमा साग बेच्दै आएका खवासको राज मार्ग सँगको सम्बन्ध नङ र मासुको झैँ बनेको छ । उनी सुत्न मात्र घर जान्छन् । दैनिक रुपमा राग मार्गमा पर्यटक र ग्राहकको पर्खाइमा बसेका खवासको उमेर ७० वर्षको भयो । उमेरले डाँडो काटे पनि उनीमा जाँगर हराएको छैन । एक मुठाको पचास पैसा हुँदा देखि राजमार्गको छेउमा बसेका कमल अहिले पनि त्यही राजमार्गमा छन । सधैँ एक घण्टाको बाटो धाएर व्यापार गर्न आउने खवास ७० वर्षको हुँदा पनि त्यो बाटो हिँड्न छोडेका छैनन् । रोङ गाउँपालिकाको पाथीभरा र त्यसैमा रहेको हाँस
धरान / धरान–१६ अन्नपुर्ण चोक स्थित नबोदय बिद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।नया सुविधा सम्पन्न भवनमा स्कुल सरे पछि पहिलो पटक विद्यालयले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । युनिभर्सल पिस फेडेरेसनको संयोजन र सूर्य आई केयर धरानको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरबाट विद्यालयका अभिभावक र स्थानीयबासी गरी २५० जना लाभान्वित भएको यु.एन. नबोदय हेल्पिङ ह्यान्डका संयोजक राम बहादुर लिम्बुले जानकारी दिए । धरान उप–महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुरारी भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । शिविरमा
धरान / विद्यार्थीहरुले नेतृत्व चयनका लागि मतदानमा भाग लिएका छन् । धरानमा समेत तीन क्याम्पसका ७ हजार बढी विद्यार्थी आफ्नो नेतृत्व चयन गरेका छन् । २०६५ सालपछि स्ववियु निर्वाचन नियमित रूपमा हुन सकेको थिएन । विगतमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत हुने स्ववियु निर्वाचन समानुपातिक प्रणालीबाट हुँदै छ । यो पटक २८ वर्ष उमेरभित्रका विद्यार्थीमात्र उम्मेदवार बन्न पाउने व्यवस्था रहेको छ ।बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको थियो । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको हो । धरानमा रहेका तीन आङ्गिक क्याम्पसमा निर्वाचन भएका भन
मोरङ / प्रदेश नं. १ को नाम ‘कोशी’ भएपछि पहिचानवादीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । पहिचानवादीहरुले संयुक्त रुपमा आन्दोलनलाई निरन्तता दिएका हुन् ।यसै क्रममा पहिचानवादी शक्तिहरुले आइतबार कोशी प्रदेशको राजधानी विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश नं. १ पुन : नामाकरण संयुक्त समितिको नाममा उनीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनलाई दबाउन प्रहरीले अश्रुग्याससँगै हवाइफायर गरेको थियो । आन्दोलनकारीहरुले निषेधित क्षेत्र तोर मुख्य मन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने क्रममा अश्रुग्याँस र हवाई फायर गरेको आन्दोलनमा समावेश एक पहिचानवादी नेताले बताए । सोही क्रममा प्र
धरान / स्वकीय सचिवको हस्ताक्षर गरी अनधिकृत व्यक्तिले वडाध्यक्षहरुलाई निर्देशनात्मक पत्र काटेको विषयमा अवरुद्ध धरान कार्यपालिकामा थप तनाव देखिएको छ ।कार्यपालिका भाँडेको आरोप लगाउँदै धरान १० का वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण पत्र काटेपछि वडाध्यक्ष र कार्यपालिका सदस्यहरु आन्दोलित भएका छन् । असन्तुष्ट वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर साम्पाङले माफी माग्नु पर्ने माग राख्दै २४ घण्टे अल्टिमेटसँगै ५ बुँदे मागपत्र प्रस्तुत गरेका छन् । विवादित पत्र काटेको विषयमा गत १ चैत्रमा कार्यपालिका बैठकमा वडाध्यक्षहरुले आपत्ति जनाएपछि मेयर साम्पाङले ’मैले अह्राएको’ भन्दै जिम्मा लिएका थिए