ईटहरी / ईटहरीमा कोशि प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलन गरिएको छ। प्रदेश नं.१ को नाम ‘कोशी’ भएपछि पहिचानवादीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् पहिचानको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु {लाजेहाङ} को शव परिक्रम तथा श्रद्धाञ्जली सभामा निषेधित क्षेत्रमा प्रवेश गर्दा प्रहरीले रोक्ने क्रममा दुवैतर्फ झडप भएको् थियो। विराटनगर प्रशासनले दमन गरेको हुदा आन्दोलन गरिएको पहिचानबादीहरूले बताए।‘ ठूलो मात्रामा आन्दोलनमा सहभागी संख्या भएका कारण सुरक्षाकर्मी पनि बाक्लो मात्रामा परिचालन गरिएको छ,’ डीएसपी माधवप्रसाद काफ्लेले भने, ‘उच्छृङ्खल गतिविधि हुन नदिनका
धरान / धरान–८ शहिद स्मृति माध्यामिक विद्यालयले यस वर्षदेखि कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा संचालनको लागि स्विकृति प्राप्त गरेको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सोमवार स्विकृत प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले जानकारी दिएका छन् ।केही दिन अघि वसेको मन्त्री स्तरीय वैठकले स्कुललाई स्विकृति दिने निर्णय गरेको थियो । शिक्षा मन्त्री अशोक कुमार राईले पनि सो कार्यक्रमका लागि विशेष चासो देखाउदै आउनु भएको थियो । कार्यक्रम स्विकृतिका लागि गणेश राईले विशेष पहल गर्दै आउनु भएको थियो ।प्रधानाध्यापक विष्टका अनुसार यसै शैक्षिक सत्रबाट
धरान / धरान १ मा रहेको स्पार्क फाइभ अस्पताले ९ औं वार्षिकोत्सवको अवसरमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।शिविरमा १ सय २० जना सर्वसाधारणले निःशुल्क परीक्षण गराएका थिए । डा. सुनिलकुमार पौडेलको प्रमुख आतिथ्य तथा देवरत्न शाक्यको अध्यक्षतामा अस्पतालकै प्रांगरणमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।शिविरमा प्रमुख अतिथि समेत रहेका बेलायत र अमेरिकामा समेत स्वास्थ्य क्षेत्रमा काम गरिसकेका डा.सुनिलकुमार पौडेल र डा. तारा भुजेलबाट चेकजाँच गरिएको थियो । विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म भएको शिविरमा ढाँड, कम्मर, गर्धन, जोर्नी दुख्ने, नशा च्यापिएको लगायतका समस्या भएका विरा
धरान / धरान माध्यामिक विद्यालय (धरान उच्च) को २४ औं वार्षिक उत्सव कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको छ ।धरान कलेज अफ मेनेजमेन्टको प्राङगणमा भएको कार्यक्रमा कक्षा ११ र १२ को आन्तरीक परिक्षा र विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालयका अध्यक्ष शिव नारायण साह, विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल तारा वहादुर निरौला, सहयाक प्रिन्सिपल सुरेश घिमिरे, विज्ञान संकायका इन्चार्ज सुनिल भगत, कलेजका संचालक डा. गोविन्द तुम्वाहाङ, चन्द्र बहादुर फोम्वो लगायतले विद्यार्थीहरुलाई मेडल र प्रमाण– पत्र वितरण गरेका थिए । उच्चले गुुणस्त
धरान / धरानमा दीर्घकालीन खानेपानी आयोजना सम्पन्न भएर बोर्डमा आइसक्दा पनि धरानमा खानेपानी अभावको समस्या जस्ताको तस्तै रहेको छ । ०७९ को स्थानीय निर्वाचनपछि खानेपानीको मुख्य एजेन्डा बोकेर आएका स्वतन्त्र उमेद्वार हर्क साम्पाङ निर्वाचित भएसँगै खानेपानी समस्या समाधानमा दिनरात खटिए पनि दीर्घकालीन खानेपानी समस्या समाधानभन्दा पनि अल्पकालीन योजना अगाडि बढाउँदा अहिले पनि धरानमा खानेपानीको समस्या चुलिएको हो । शुक्रबार धरान ३ मेरीगोल्ड स्कुल छेउमा खानेपानी थाप्न लाइनमा रहेका सर्वसाधारणले तीन दिनदेखि खानेपानी धारामा नआएको बताए थिए । यस्तै धरान १५ मा ११ दिनदेखि खानेपानी नआएको भन्दै सामाजिक सञ्जा
मोरङ / पहिचानको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु (लाजेहाङ) को शव परिक्रम तथा श्रद्धाञ्जली सभामा निषेधित क्षेत्रमा निषेधित क्षेत्रमा प्रवेश गर्दा प्रहरीले रोक्ने क्रममा दुवैतर्फ झडप भएको् थियो । झडपमा परी ६ जना प्रहरी र चार जना पहिचानवादी घाइते भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा झडप भएको थियोे । झडपमा परी तीन जना प्रहरी र ६ जना आन्दोलनकारी पनि घाइते भएको पोखरेलले जानकारी दिए । निषेधित क्षेत्रमा प्रवेश गरेपछि पहिचानवादीविरुद्ध प्रहरीले ८१ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । दोहोरो झडपमा एक जना प्रहरीको टाउकोमा चोट
इटहरी । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको छ। यद्यपी, ठेकेदार कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको छ। उपहानगरपालिकाले सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्दता सार्वज
सुनसरी / मातातीर्थ औसीको अवसरमा सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले ८० जना आमाहरुलाई सम्मान गरेको छ । संस्थामा भएका सेयर सदस्य तथा सेयर सदस्यको एकाघरमा बस्ने ७० बर्ष या सो भन्दा बढी उमेरका आमाहरुलाईरुलाई संस्थाको कार्यलय बालग्राममा खादा, अविर र सम्मा पत्र सहित सम्मान गरिएको हो । सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक, संस्थापक, कर्मचारी तथा संस्थापक अध्यक्ष र सल्लाहाकारहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष चुडामणि लम्सालले ३४ जनाले स्थापना गरेको सहकारीले ठूलो फड्को
धरान / अहिले तराईमा ह्वात्तै गर्मी बढेको छ । सर्वसाधारणहरु चीसो ठाउँको खोजीसँगै रमणीय स्थलको खोजीमा हुन्छन् । रमणीय स्थलसँगै चीसो मौसमका कारण धनकुटाको भेडेटार धनकुटा घुम्न जानेहरुको रोजाईमा पर्छ । तर पछिल्लो समय भेडेटारको विकल्प धरान २० चिण्डे डाँडा बन्दै गएको छ । नजिकको दूरी रमणीय स्थल भएकै कारण अहिले यस स्थानमा आन्तरिक पर्यटकहरु आउन थालेका छन् । धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरी पार गरेपछि धरान उपमहानगरपालका वडा नं. २० मा पर्ने चिण्डेडाँडा पुग्न सकिन्छ । यो ठाउँ पछिल्लो समय रमरणीय स्थलको रुपमा परिचित बन्दै गएको छ । प्याराग्लाडिङ यस ठाउँबाट उड्नेमात्र हैन यो डाँडाबाट धरान लगा
मोरङ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको अपीलमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको हो । कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका (रानी भन्सार नाका)मा अटुट रुपमा एन्टिजेन्टको परीक्षण भइरहेको समेत अपीलमा उल्लेख छ । “विराटनगर–१५ स्थित रानी अस्पताल, विराटनगर–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र र विराटनगर–१९